517 HIKES and counting

Top Stories

Jitu

HIKE

EU Friday Laughter 3

eu_laughter_inner1
थुप्रै ग्राहक कपाल काट्न पालो पर्खिरहेको हजामको पसलको ढोकाबाट चियाउँदै एक जना मानिस : कपाल काट्नु पर्ने कति समय लाग्ला –
हजाम अरु ग्राहक गन्दै : लाग्ला दुई घण्टा जति ।
हजाको कुरा सुनेर त्यो मानिस फर्केर गएछ ।
केही दिन पछि फेरी त्यहि मानिस उहि हजामाको पसलमा आएर : कपाल काट्नु पर्ने कति समय लाग्ला ?
हजाम : आज त धेरै कर्र्नु पर्दैन होला, लगभग एक घण्टा जति ।
हजामको सुनिसके पछि त्यो मानिस फर्केर गएछ र एक घण्टा सम्म पनि कपाल काट्न आएन छ ।
पुनः केही दिन पछि त्यहि मानिस त्यहि हजामाको पसलमा आएर : कपाल काट्नु पर्ने कति समय लाग्ला भनेर सोधेछ ?
दुई तीन पटकसम्म पनि कपाल काट्न कति समय लाग्ला भनेर सोधेछ पछि कपाल काट्न नआउँने त्यो मान्छे देखेर हजाम अलि रिसाउँदै : लाग्छ तीन घण्टा । त्यतिकैमा नजिकै बसिरहेको एक जना साथीलाई हजामले भनेछ ः ए हरि यो मानिस कता जान्छ जा त हेर ।
केहि छिन पछि हरि र्फेकेर हजामलाई : किन र त्रि्रो घरमामा पनि कपाल काट्ने काम हुन्छ र ? त्यो मानिस त तेरो घरमा पस्यो त ।

****************************************

गृहमन्त्रीको छोरा जहाँ गएपनि आफ्नो बाबुको धाक लगाउने पछि नपर्ने खालको थियो । एक चोटी विकुरामसँग भेट भएछ र गृहमन्त्रीको छोरा आफ्नो बाबुको धाक देखाउँदै : तँपाईलाई थाहा छ म कस्को छोरा भनेर ?
विकुराम छक्क पर्दै : ल तपाइलाई अहिलेसम्म थाहा छैन र तपाई कस्को छोरा भनेर ?

****************************************

विरामी भएर थला परेकी श्रीमतीलाई एक कप चिया पकाउन भान्छामा छिरेको विकुराम चियापत्ती नपाएर रनथनिदै भान्छाबाटै : ओ बुढी यो घरमा त कुनै काम गर्न खोज्यो भने चाँहिने सामान भेट्नै गार्‍हो बा । चियाको पत्ती कता छ हो ?
श्रीमती नरम स्वरमा : यो बुढा आफ्नो काम गर्ने ढङ्ग छैन खाली कराउँन मात्र जानेको छ बा । चियाको पत्ती त्यो पिठो राख्नेको बट्टाभित्र बाहिर नून भनेर लेखेको सिसिमा छ हर्र्नुस् न ।