514 HIKES and counting

Top Stories

mid_night_sun

HIKE

रुन देउ मलाई

म घरी चिच्याउन चाहन्छु त घरी रुन चाहन्छु म घरी अट्टहास हाँस्न चाहन्छु त घरी बिस्फोट हुन चाहन्छु म असामाजिक मान्छे सामाजिक हुनपर्ने करले मेरो आफ्नै रहरले न म राम्ररी रुन सक्छु न राम्ररी हाँस्न नै निरशाको बादलले ढाकिदिंदा आशाको घाम नदेखेर रुन खोज्छु घरी घरी तर म त आशावादी मान्छे म कसरी रुन सक्छु […]

mid_night_sun

HIKE

अनन्त बाँदर सिद्धान्त

म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ: “The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, […]

mid_night_sun

HIKE

खोज

उताबाट यता त्यहाबाट यहाँ दौडेको होइन भागेको छैन जोगी हुने चाहना छैन लुक्ने कुनै बहाना होइन एकान्त रात छ जूनको उज्यालो छ घामको पर्खाइ छ तारालाई छुने चाहना छैन कवि हुने बहाना होइन भङालिएको मन छ अङालिने चाहना छ दौतरिको साथ छ भौतारिने बहाना छ पाइला अघि बढ्दो छ क्षितिज अझै टाढा छ शिखर चुम्ने […]

mid_night_sun

HIKE

मुक्तक

बिड फुक्लेर खिया लागेको बारीको कुटो जस्तो खाना पकिसकेपछी भुसे चुल्होमा रहेको ढुटो जस्तो तिमी बिनाको जीवन लाग्दैछ बलिसकेर फिल्टरनेर पुगेको चुरोटको ठुटो जस्तो

mid_night_sun

HIKE

प्याज

ओहो कहाँबाट प्याजको कुरो आयो भन्नुहोला। भैरब अर्यालले आलुको बारेमा लेखे उनी चर्चित भए। म पनि चर्चित भाईहल्छु कि। हुन त प्याजको बारेमा लेख्ने म नै पहिलो कहाँ हुँ र? शंकर लामिछनेले Abstractचिन्तन प्याज लेखे उनले पनि मदन पुरस्कार पाए। यसो हेर्दा लाग्छ म मा पनि चर्चा पाउने भूतपो चलेको हो कि। भैरब अर्यालले जब […]

mid_night_sun

HIKE

मदिरा-प्रेम (?)

मदिरा-प्रेम (?) सुनसान रात त। चकमन्न छ। लाग्छ सबैजना निदाइसके। मलाई किन निद्रा लाग्दैन? म laptop अगाडि एक्लै बसिरहेको छु। तिनै पुरानो फोटोहरु सँग स्‍मृतिको कुनै क्षणमा छु म।

mid_night_sun

HIKE

रहर

राजनीति भाग लागि सके पछी केही शेस भए त हामी पनि रहने थियौ नि हजुर देश भए त कालो कोट लाएरै उपराष्ट्रपती बन्न पाउने भए हामी पनि लड्ने थियौ नि हजुर केस भए त राजनीति त गरिएन समाचार त पढिन्छ नि हामी पनि खेल्ने थियौ नि हजुर चेस भए त पत्रकारिता उ कहाँ पुगिसक्यो त […]