522 HIKES and counting

Top Stories

Kapil Raj Pandey

HIKE

शुक्रबार आउने भावनाहरु

मरेतुल्य जीवन आँखा छोपिदेउन बिन्ती होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती सुन्यताको कोलाहल्मा बौलायेको जिन्दगी कर्णप्रीय तिम्रो श्वोर सुनाइदेउन बिन्ती होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती अस्तित्वको खोजाइमा बिलाएको जिन्दगी घरको तिम्रो बाटो आज देखाइदेउन बिन्ती होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती   निर्दोसिताको फैसलामा अड्किएको जिन्दगी मुक्ती पाउछु मेरै दोष भनिदेउन बिन्ती होस् गुमाउ […]

Kapil Raj Pandey

HIKE

बहिस्कृत

तिम्रै अहँकार जोगाउन म नै तिरस्कृ्त निभाउँदा पनि सारा कसम म नै बहिस्कृत उपस्थितिको महत्व आँखामा देख्दा पागल हुन्थे आज बेवास्थाको सुचिमा पहिलो म नै पुरस्कृत निभाउँदा पनि सारा कसम म नै बहिस्कृत झाल झेलमा पनि म माया नै देख्थे आज अघाएरै मुक्ती मागे म नै अस्विकृत निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

Kapil Raj Pandey

HIKE

यथार्थ

के खोज्दैछु के पाउनु छ ? के पाई सके के गुमाउनु छ ? लेनदेन त चलिरहन्छ बारम्बार कि जोडनु छ कि घटाऊनु छ तिमी मेरो रे म तिम्रो रे हाम्रो प्रेम अमर छ रे कति दोहोराउछौ यि शब्दहरु कि झुकिनु छ कि झुक्याउनु छ

Kapil Raj Pandey

HIKE

पाप खोज्न मन लाग्यो

मायामा तिम्रो जल्न आज राप खोज्न मन लाग्यो पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो सिमा बाधेर गारिन्न् माया भन्ने हरु सुन उनिसँग पार गरेको दुरिको आज नाप खोज्न मन लाग्यो पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो

Kapil Raj Pandey

HIKE

Kapil Raj Pandey

HIKE

सायद

किन हुँदैछ छटपटि मनमा आज भावनाहरुको युद्ध् हुँदैछ सायद किन एक्लै रुन् मन लागर्दैछ आज मनले मै बिरुद्ध षड्यन्त्र गर्दैछ सायद पग्लेर आँफै शुन्यातामा डुब्न चहान्छु आज मौनतको बाँध् फुट्ने डर लाग्दइछ सायद त्यागेर तिम्रो यादलाई टाढा जान चहान्छु आज आफ्नै अस्तित्व मेटाउने रहर् जाग्दैछ सायद

Kapil Raj Pandey

HIKE

हिजो र आजको म

हिजो जंगलमा पसेर बन्दुक् को राजनीति गर्थे म आज शहरमा बसेर नयाँ नेपाल बनाउदै छु हिजो बेहिसाब रगतको खोला बगाउँथे म आज उहि रगतले प्रगतिपथ को बाटो सजाउँदै छु हिजो कलम हुनु पर्ने हातमा बन्दुक थमाउथे म आज आएर मानवाधिकारको प्रश्न उठाउँदै छु हिजो हाम्रो रक्तरन्जित इतिहँसले नयाँ आकार बनाउछ भन्थे आज आएर सपथ ग्रहणका […]

Kapil Raj Pandey

HIKE

आदत

तिम्रै आकर्शण को राप मा सम्पूर्ण शरिर पगालेर एकै आवाज मा तिम्रो आए पनि दौडेर नसोच्नु कदापि तिम्रो दास् मलाइ तिमि मेरो आदत हुन सक्छौ तर प्रेम होइन बगेकै छ तिम्रो असर मेरो नशा भित्र शत्रु पनि तिमि मेरो तिमिनै मेरो मित्र नसोच्नु रोकिनेछ मेरो धड्कन तिम्रो मुटु बिना तिमि मेरो आदत हुन सक्छौ तर […]

Kapil Raj Pandey

HIKE