514 HIKES and counting

Top Stories

Vishnu Kshettri

HIKE

हरियाली

उत्कृष्ट चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग
विना गर्जन मेघको पनि बर्षदैन झरी
यसैको अभावमा कम हुन्छ हरियाली
त्यसैले कोही नाची देओस झम्कनछन परेली
सराहनिय हुनेछन ती छम छम अंग तरंगी
रंगीबिरंगी सरस प्रवेश हुनेछन मन भरी
अनी उमंगको यो भेलमा नाची दिनेछन अघी सरी
उत्कृष्ट चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग

आफ्नो बोझ आ-आफै बोकी लिउ
यो बोझ भोली कस्ले बोक्ने हो आज हुँदैन भेउ
थाहा हुँदैन कसैलाई जिन्दगी कसरी लाग्छ छेउ
बन्न नपरोस कसैलाई यो भब्य यात्रा को लेउ
सुन्दर, शान्त र विशाल हृदयको मालिक बनी रहु
सुगन्धित पवनको स्पर्शमा अनुबन्धित होस् यो जिउ
यस्तै यस्तै चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग