514 HIKES and counting

Top Stories

Administrator

HIKE

नारीकै पक्षमा डम्फु – डा. कृष्णबहादुर रानामगर

पाठक मञ्चमा साँखुकी लुमन्ती श्रेष्ठले लेख्नुभएको ‘लौ सुनौं कारुणिक आवाज’ -२७ मंसिर) शीर्षक लेख पढ्दा म कलम समाउन बाध्य भएँ ।

‘जग्गा बेचेर खान नपुगेपछि मेरो कपडासमेत बेच्न बाँकी राखेनन्’ भनेर उहाँले तारा आचार्यको ब्यथा लेख्नुभएको रहेछ । तर गुल्मीकी ५७ वषर्ीया खिमकुमारीले अत्यधिक मादक पदार्थ सेवन गरी काठको आग्लोले हानेर श्रीमान् मानबहादुर सिंजालीलाई खुत्रुक्कै पारेको तथ्य लेख्न किन बिर्सनुभएको ? रक्सी, गाँजा सेवन गर्ने पतिलाई ‘बौलाहा दानवीय चरित्र’ को संज्ञा दिने लेखिकासँग मेरो प्रश्न छ- ‘मादक पदार्थ सेवन गरेर आफ्नो पतिलाई सीधै यमराजकहाँ पठाइदिने पत्नीलाई के संज्ञा दिनुपर्ला ?’ घरपरिवारमा हिंसा र आतंक मच्चाउन श्रीमतीहरू श्रीमान्भन्दा कम छैनन् ।

आफ्नै अफिसमा हराएको सामान खोज्दै जाँदा गंगारामको टेबुलमा पुगेँ । खेस्रा कागजमा लेखिएको रहेछ-
‘भारतीय सारी किन्दिऊँ भने मुखै बाङ्गो ।
हङकङ बैंककको किन्दिऊँ भने आफैं नाङ्गो ।।’

यस्ता मानसिक पीडाले समाजमा गंगारामलाई मात्र सताएको छैन । ०३४/३५ सालतिरको कुरा हो इन्जिनियरिङ कलेजमा ५ वर्ष एउटै कक्ष्ाामा पढेका साथी र मेरो कार्यालय जाँदा प्रायः रत्नपार्कमा भेट हुन्थ्यो । उनी र म नङ र मासुजस्तै मिल्थ्यौं । उनी आफ्ना तीता-मीठा कुरा मलाई सुनाउँथे । एक दिन श्रीमतीले भन्छिन्- ‘तिमी केको इन्जिनियर, इन्जिनियरको त बंगला हुन्छ, कार हुन्छ, तिमीसँग त एउटा साइकल पनि छैन ।’ श्रीमतीको कटु वचनले हृदयमा ठूलो चोट लाग्यो, उनको मन छिया-छिया भयो ।

श्रीमतीको अनावश्यक इच्छा पूर्ति गर्न साथीले जीवनमा पहिलोपटक छ हजार रुपैयाँ घूस खाए । उनका हाकिम तत्कालीन प्रधानमन्त्री नजिकका थिए । ठेकेदारले आफूले घूस दिएको तथ्य हाकिमलाई बताइदिएछ । साथीमाथि घूसखोरीको कारबाही हुने भयो । पानीबिनाको माछाजस्तै छटपटाउन थाले उनी । न रातमा निद्रा न दिनमा भोक । दिन बित्दै गयो, महिना बित्यो । मानसिक रूपमा उनी बिक्ष्ािप्त बन्दै गए । फाट्टफुट्ट बेसुरको कुरा गर्न थालेपछि उनलाई सुटुक्क राँची अस्पताल पुर्‍याइयो । उपचारको दौरानमा आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरे उनले । यसप्रकार श्रीमतीको बोलीको गोलीले श्रीमान्हरू सदाका लागि भुइँमा ढलेका छन्, माटोमा मिसिन पुगेका छन् ।

०१८ सालमा त्रिपुरेश्वर घरेलुबाट मेरा आफ्नै दाजु पाल्पाको घरेलुमा शाखा प्रमुख भएर गए । आफ्नै शाखामा कार्यरत युवतीमाथि आँखा गड्यो उनको । फलस्वरूप १०/१२ वर्षभित्र चार छोरी र एक छोरा जन्मिए । एक दिन घरमा मामुली ठाकठुक पर्‍यो । घरमा बच्चा छाडेर भाउजू माइती गइन् । कसलाई थाहा थियो र उनी कहिल्यै नर्फकने गरेर उता गएकी हुन् भनेर । छ महिना पछि भाउजूले अर्कै श्रीमान् रोजिन । यता दाजुले सबै लालाबालालाई हुर्काए, छोरालाई अंश दिए, पढाए, लेखाए, बेलायत पठाए । सबै छोरीलाई आफ्नै हातले विवाह गरिदिए । विवेक र करुणाले भरिएर अनन्त क्ष्ाितिजमा फैलिएको पुरुषको विशाल हृदयलाई नारीले कहिले बुझ्ने ?

लुमन्ती बहिनी ! तपाईंले त केवल श्रीमान्का कारण टाउकोमा चोट, आँखामा रगत जम्ने गरी घोचेको, ओठमा टाँका लगाएको तर औषधि उपचार गरे निको हुने घाउको दुःख व्यक्त गरिदिनुभएको रहेछ । मेरो दाजुको घटना सुनिसकेपछि श्रीमतीले श्रीमान्लाई कहिल्यै निको नहुने गहिरो मानसिक घाउ पार्दारहेछन् भन्ने सत्य स्वीकार्न सक्नुहुन्छ ?

तपाईंले लेखमा सौताको कुरा उठाउनुभएको रहेछ । मेरो आफ्नै ब्यथा पोख्छु यहाँ । घटना ०४१ तिरको हो । क्यानेडियनहरूले नेपालगन्ज कागज उद्योगको डिजाइन एवं अध्ययनमा मलाई संलग्न गराए । क्यानेडियनको कार्यालयमा एक युवती सेक्रेटरी पदमा काम गर्थिन् । उनले मेरो रिजनल कलेजबाट डिस्टिङसनसहित उत्तीर्ण सिभिल इन्जिनियरिङको स्नातकोत्तर उपाधिको फोटोकपी कार्यालयको दराजमा राम्ररी राखेकी थिइन् । तीन महिनाभित्र मलाई आफ्नै हातले गनेर मैले काम गरेबापत पाउने रकम ११ लाख रुपैयाँ बुझाएकी थिइन् । अफिसमा जाँदा चिया दिएर उनी मलाई मीठा-मीठा कुरा गरेर निकैबेरसम्म अलमल्याउँथिन् । उनी मेरो विद्या र पैसा कमाउने क्ष्ामताबाट अतिशय लालायित भइसकेकी रहिछिन् । मलाई पत्तै भएन । उनले एक दिन दिलको कुरा यसरी पोखिन्, ‘म मुटुभरिको माया दिन्छु, मर्दकी १२ वटी हुन्छन्, म एउटीलाई आश्रय दिएर हजुरलाई के फरक पर्छ र ?’ मैले उनलाई घरमा श्रीमती भएको बताएँ । तैपनि बारम्बार टेलिफोन गरिरहन्थिन् । पछि मेरी श्रीमतीले उनको सातो लिएपछि बल्ल थन्किएर बसिन् । लुमन्तीजी सुख शान्तिले बसेका घरमा सौता बनेर राँको लगाउन को जाँदोरहेछ ?

अचेत हुँदासमेत श्रीमान्ले वस्तुसरह प्रयोग गर्छन् भनेर लेख्नुभएको रहेछ । चाणक्य नीतिमा नारीहरू पुरुषभन्दा ६ गुणा साहसी र आठ गुणा कामी हुन्छन् भनेर लेखिएको छ । ती नारी सचेत हँुदा आठ गुणा काम बासना बढी भएकाले श्रीमान्लाई कति सताएका होलान्, यो सत्य लेख्न किन बिर्सनुभएको ?

यही समाजमा श्रीमान् एसएलसी पास मात्र, श्रीमती बीए पास जागिरे र रूपकी धनी पनि । श्रीमतीले हरदिन दैनिक घरायसी कार्य गराउन युद्ध हारेको जर्नेलजस्तो मौन बनाएर आफ्नो सामुन्ने उपस्थित गराउँथिन् श्रीमान्लाई । घरधन्दा बालबच्चा श्रीमान्कै थाप्लोमा हालेकी थिइन् तिनले । एकाध बच्चा श्रीमान्को होला, बाँकी बच्चाको त श्रीमान्ले न्वारनमात्र गरे । बाली लगाउने अर्कै छ । हरपल अन्तर वेदनामा डुबेर धर्तीमा जीवनयापन गर्न विवश थिए ती विचरा श्रीमान् ।

यसरी बाटो बिराएर हिँडेका नारीलाई कसले सुमर्ने ? कसले तह लगाउने ? कहाँ छ देशमा कानुन ? कहिले बन्छ, कसले बनाउने ? जुनसुकै सरकार आए पनि फरियामुनि गुम्सेर बसेका छन् । नारीकै पक्ष्ामा डम्फु बजाएर भजन गरिरहेछन् ।

– डा. कृष्णबहादुर रानामगर
सिनामंगल, काठमाडौं