511 HIKES and counting

Top Stories

archana

HIKE

Nepalese blogger’s link under one roof

लौ आयो नेपाली ब्लगरको लिन्क एउटै साइट्मा । नेपालीका लगभग १७० वटा ब्लग रैछन । के गर्नु आफुले पाउनु दु ख पाइयो, एसो फुर्सदमा ब्लग हेर्न पर्‍यो कि अरुको ब्लगमा गएर लेफ्ट साइड्मा क्लिक गर्न पर्ने । मेरै ब्लगमा (archana.com.np/blog) पनि सबै को लिन्क राख्न खोजेको ब्लग नै भरियो हा हा… अब त्यही टेन्सननै टेन्सनमा यो साइट बन्यो साइट को नाम www.bloggers.com.np हो । जस्मा तपाईंहरुले बिस्व भरिका नेपाली …

ब्लगरको लिन्क पाउनु हुनेछ ।

साइट लाइभ भएको …आज २ दिन भयो ……बिहान इमेल खोलेर हेर्दा त ब्लग submit …गर्नेको ताती थियो आज लगभग ४0 जना जती ब्लगरको लिन्क थपियो एक्छिन को लागि त आम्मै कति रैछन नेपाली ब्लगर जस्तो पनि लायो तर सबैको उत्साहजनक सहभागी देखेर धेरै खुशी पनि लाग्यो हामी नेपाली जे जस्तो भए पनि एउटै छानामुनी मिलिजुली बस्न रुचाउने रैछौ । के मधेश , के पहाड्, के शहर सबै साझा नेपालमा रम्न चाहने र परि आएमा सबै एक जुट पनि हुन सक्ने रैछौ (अस्तिन को १९ दिन को जन्आन्दोलन देखेर भनेको) लौ मलाई त अरु भाषानै एक्स्प्रेस गर्न आएन ।

ब्लग सबमिट गर्नेमा CEO , डकटर, ज्योतिश, पत्रकार र अरु प्रोफेस्नलका देखि लिएर कलेज पढ्ने बिद्याथि सम्म छन र मधेस, पहाड, शहरिया र बिदेशमा बसेका दाजुभाइहरु पनि छन । ब्लग पनि अनेक थरिका रैछन, कोहिको पढेर हासो पनि उठ्ने, कोहिको दुखका कुरा पढेर मन खिन्न पनि हुने तर एउटा कुरा चाँही मैले याद गरेको सबै जनाको ब्लगमा कतै न कतै आफ्नो मातृभुमी प्रती अगाभ माया देखियो, चाहे उ नेपालमा होस् या नेपाल बाहिर होस् ।

Last but not the least, एउटा कुराले चाँही मेरो मन कुटुकुटु खाइ रहेछ त्यो के भने नि महिला ब्लगर को लिन्क त तेती भेटिएन नि लौन अब नारीहरु पनि जाग्नु पर्‍यो । अब ब्लगर दाजुभाइहरु ले नै आफ्नो दिदी बहिनी, गर्लफ्रेन्ड र श्रीमतीलाई सिकाउने हो कि?