Made in Nepal on Nepal Rastriya Saptahik by Narendra Raule

Posted by: Administrator

नौ वर्षअघि अमेरीकाको बोस्टन सहरमा खोलिएको थियो, डीटूहकआई कम्पनी । कम्प्युटर इन्जिनियर रुद्र पाण्डे र अमेरीकी नागरकि क्रिस क्राइडरले सुरु गरेका डीटूहकआईले स्वास्थ्यसँग सरोकार राख्ने अमेरीकी कम्पनी र संस्थाहरूका लागि सफ्टवेयर बनाउँछ, जसले अहिले काठमाडाँैमा पनि जरा गाडिसकेको छ । बानेश्वरको एउटा कोठामा बनेको योजनाबाट सुरु भएको यो कम्पनी आज नेपालकै सबैभन्दा ठूलो सफ्टवेयर उत्पादकमध्येको होला भनेर स्वयं रुद्रले पनि सोचेका थिएनन् । हात्तीसारमा पाँचतले भवनमा सञ्चालित डीटूहकआईमा नेपालका महँगा २ सय ८० ‘आईटी प्रोफेसनल’सहित तीन सय कर्मचारी कार्यरत छन् ।
यसको मुख्य सफ्टवेयर बजार अमेरीका नै हो । यसले त्यहाँका मेडिकल कम्पनी, उद्योग, संघसंस्था तथा व्यक्तिहरूको मागबमोजिम सफ्टवेयर उत्पादन र वेब डिजाइन गर्छ ।
यो कम्पनीले उत्पादन गरेको पछिल्लो ‘चेक स्क्यान सफ्टवेयर’ हो, जसले घरमै बसेर ब्यांक खातामा पैसा जम्मा गर्न चाहनेहरूलाई सहयोग गर्छ । यो सफ्टवेयर अहिले अधिकांश अमेरीकीहरूको अभिन्न प्रविधि बनेको छ । नेपालमा बनेको यो प्रविधिले अमेरीकामा गत वर्ष पि्रजन्ट्स सफ्ट अवार्ड नै जित्यो । स्वास्थ्य सल्लाह लिन अमेरीकामा प्रख्यात मानिएको वेब पोर्टल ‘प्यारेन्ट्स रभ्ियु’ पनि डीटूहकआईकै उत्पादन हो । यसबाट घरमै बसीबसी आफूलाई लागेको रोगको समाधान गर्न सकिन्छ । आईएमई, मर्ज प्यानलजस्ता चर्चित सफ्टवेयर पनि डीटूहकआईकै उत्पादन हुन् ।
वेब डेभल्पमेन्ट र कन्टेन्ट म्यानेजमेन्टका लागि नेपालको अर्को चर्चित कम्पनी हो, सर्भिङ् माइन्ड्स । आठ वर्षअघि स्थापित यस कम्पनीले २५ हजारभन्दा बढी कम्पनीहरूको वेब डिजाइन गरसिकेको छ । भारत, अमेरीका, बेलायत, अस्टे्रलिया र क्यानाडामा यसका प्रतिनिधि कम्पनीहरू छन् । यसले पाँच सय डलरदेखि ५० हजार डलरसम्म पर्ने सफ्टवेयर पनि बनाउँछ । सर्भिङ् माइन्डस्का प्रोजेक्ट म्यानेजर रोशन प्रधान, २९, का अनुसार हरेक वर्ष सूचनाप्रविधिका एक दर्जन विद्यार्थीले यहाँ रोजगार पाउँछन् । र, त्यत्तिकै संख्यामा काम सिकेर बाहिरनिे पनि छन् ।
नेपाली आईटी बजारमा छुट्टै परचिय बनाएको अर्को कम्पनी हो, योमरी । यसले नेपाल टेलिकम, वल्र्ड ब्यांकलगायत यूएनडीपी, युनिसेफजस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरूको वेब डिजाइन र कन्टेन्ट म्यानेजमेन्ट गरेको छ । योमरीले तयार गरेको सफ्टवेयर ह्युरसिलाई स्वास्थ्य मन्त्रालयले ७५ वटै जिल्ला अस्पतालमा प्रयोग गरेको छ । कम्पनीको आईटी डिपार्टमेन्टका प्रमुख सरोज राजभण्डारीका अनुसार, गत साउनबाट सिंहदरबार प्रवेशमा अपनाइएको ई-गेट पास सफ्टवेयर पनि यसैको उत्पादन हो । अर्थ मन्त्रालयले प्रयोगमा ल्याएको ई-मोनिटरङि्, स्थानीय मन्त्रालयको भाइटल इभेन्ट रजिस्टे्रसन सिस्टम, अस्टे्रलियामाबाट सञ्चालित स्टडी एन्ड वर्क पोर्टल, संविधानसभाको वेब पोर्टल, कतारको रेमिट्यान्स ट्रयाकिङ् र नेपालरेमिट सफट्वेयर पनि योमरीकै उत्पादन हुन् ।
छ वर्षअघि नेपाली आईटी बजारमा उदाएको कर्भस् एन् कलर वेब डिजाइनिङ्सँगै पर्यटनसम्बन्धी सबैखाले सफ्टवेयर बनाइरहेको छ । यसका २ सय ५० भन्दा बढी सफ्टवेयर सिंगापुर, स्वीट्जरल्यान्ड, भुटान र भारतलगायतका देशमा प्रयोग भइरहेका छन् । नेपाली कम्प्युटर इन्जिनियरहरूले तयार गरेका ३० हजारदेखि २० लाख रुपियाँसम्मका सफ्टवेयरहरू विदेशी बजारमा लोकपि्रय भइरहेका छन् । आन्तरकि राजस्व विभागमा हालसम्म विद्युतीय कारोबार गर्ने ६ सय २६ वटा कम्पनी दर्ता भइसकेका छन् । यी कम्पनीहरूले वाषिर्क ६ करोड २० लाख रुपियाँ नेपाल सरकारलाई राजस्व बुझाउँछन् । अघिल्ला वर्षहरूको भन्दा राजस्वमा वृद्धि भइरहेको तथ्यांक छ । राजस्व विभागका सूचनाप्रविधि शाखाका निर्देशक वीरेन्द्रकुमार मिश्र भन्छन्, “स्थायी सरकार बनेमा नेपालमा आईटीले अझ प्रगति गर्न सक्छ ।”
सन् १९८९ मा डब्लूडब्लूडब्लूडटको अवधारणा ल्याउने बेलायतका कम्प्युटर वैज्ञानिक टिम बनर्स लीले १९९० मा रोबर्ट क्याइलिउसँगको सहकार्यमा आविष्कार गरेको इन्टरनेट प्रविधि १५ वर्षअघि नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान -रोनास्ट)ले नेपाल भित्र्याए पनि त्यसको एक वर्षपछि मात्र सर्वसाधारणले प्रयोग गर्न पाएका थिए । यसबीचमा नेपाली सूचनाप्रविधिले ठूलै फड्को मारेको छ । वेब डेभलप्मेन्ट र सफ्टवेयरको काम गर्ने एक दर्जन ठूला नेपाली कम्पनीको स्थापना यसका प्रमाण हुन् ।
हाल नेपालमा पाँच सयजति आईटी प्रोफेसनलहरू रहेको अनुमान छ । अहिले देशभर खुलेका करबि ३० वटा आईसीटी कलेजमा १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तीमध्ये परीक्षामा राम्रो अंक ल्याउने राम्रा विद्यार्थीलाई ठूला आईटी कम्पनीहरूले हरेक वर्ष रोजगार दिने चलन बसेको छ, जसलाई आशा लाग्दो अवस्था भन्न सकिन्छ ।
अस्टे्रलियाको मेलवर्नस्थित प्रसिद्ध साइट्स एन् स्टोर्स कम्पनीमा आईटी अफिसरका रूपमा कार्यरत अर्चना श्रेष्ठ अहिले राम्रो ‘करअिर’ बनाउन खोज्नेहरूका लागि सूचना तथा सञ्चार प्रविधिको ज्ञान पासपोर्टजस्तै बनेको बताउँछिन् । संसारका जुनसुकै देशका सरकारी वा निजी कार्यालय, अस्पताल, शैक्षिक संस्था, यातायात, ब्यांकहरूमा नेपाली आईटी प्रोफेसनलहरूका लागि अवसरको ढोका खुलेको उनको अनुभव छ । भन्छिन्, “आईटी रोजगार असीमित र विश्वव्यापी बन्ने क्रममा छ, नेपालमा पनि त्यही हो ।”
धादिङ जिल्ला कानाकोटको एउटा निम्न मध्यमवर्गीय परविारमा जन्मेर रुद्र पाण्डे, ४५, अमेरकिाको भेरस्िक हेल्थ कम्पनीका प्रमुख कार्यकारी निर्देशकजस्तो महत्त्वपूर्ण पदमा पुगेका छन् । नर्थइस्टर्न युनिभर्सिटी, बोस्टनबाट अर्थशास्त्रमा विद्यावारििध र इलेक्टि्रकल इन्जिनियरङि्मा बीए स्तरको शिक्षा हासिल गरेका पाण्डे कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रिस क्राइडरपछि ‘सेकेन्ड म्यान’ हुन् । स्वास्थ्यसँग सरोकार राख्ने सफ्टवेयर बनाउने यो कम्पनी अमेरीकामा स्थापित अन्य कम्पनीहरूभन्दा अग्रस्थानमा आउँछ । विश्वका आधा दर्जन मुलुुकमा खोलिएका यस कम्पनीका शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ठूलो परमिाणको कारोबार गर्ने भेरस्िक हेल्थ कम्पनीले नेपालस्थित पाण्डेको डीटूहकआई कम्पनीलाई किनिसकेको छ । काठमाडौँस्थित कम्पनीमा तीन सय कर्मचारीबाट एक हजार पुर्‍याउने लक्ष्य छ पाण्डेको । नेपाली प्रविधिलाई विश्वका अन्य मुलुकमा पुर्‍याउन अथक प्रयासमा छन् उनी । भन्छन्, “नेपाली इन्जिनियरहरू निकै मिहिनेती र इमानदार छन्, त्यसैले अन्तर्राष्ट्रिय आईटीको बजारमा नेपालीहरूले अलग पहिचान बनाएका छन् ।”
त्यसो त नेपालमै त्यसमाथि पनि कुनै अफिस नखोली मासिक लाखौँ रुपियाँ कमाउने आईटी प्रोफेसनलहरूको संख्या पनि उत्तिकै छ । जस्तो- भक्तपुरका मदनकुमार भुजु वेब डिजाइनका लागि घरैमा बसीबसी विश्वभरबिाट काम लिइरहेका छन् । उनी १ हजार ८ सय डलरसम्मका वेब डेभलप्मेन्टको काम गररिहेकै छन्, आफ्नै कोठामा ।
यति हुँदाहुँदै पनि सूचनाप्रविधिका दक्ष जनशक्ति विदेशिने क्रम बढेको बताउँछन्, कलेज अफ एप्लाइड विजनेसका कम्प्युटर विभाग प्रमुख महेश यादव । यसले नेपालमा दक्ष जनशक्ति उत्पादनको तुलनामा रोजगारको दर वृद्धि हुन नसकेको देखाउँछ । सरकारले कम्प्युटर सूचनाप्रविधिको क्षेत्रमा सुरक्षालगायत अन्य सुविधाको प्रत्याभूति दिलाउन सके यो अवस्थामा तत्कालै सुधार आउने यादव बताउँछन् । हुन पनि आईटीको क्षेत्रमा देशले एक स्तरको प्रगति हासिल गरसिक्दा पनि सरकारले साइबर कानुनसमेत लागू गर्न सकेको छैन ।
साइबर कानुनमा उदासीन बने पनि सरकारले ई-गभर्नेन्सको अवधारणामा भने हातै हालिसकेको छ । यसका लागि प्रधानमन्त्रीको कार्यालयमार्फत एसियाली विकास ब्यांकबाट २५ लाख अमेरकिी डलर लिइसकेको छ, सूचनाप्रविधि उच्चस्तरीय आयोगले । आयोगका सदस्य-सचिव जुद्धबहादुर गुरुङ ई-गभर्नेन्समा सम्पूर्ण सरकारी कामकाज कम्प्युटरबाटै हुने बताउँछन् । भन्छन्, “अब जनताले नागरकिता र पासपोर्ट पनि घरमै बसीबसी लिने छन् ।”
यादवका अनुसार, नेपालमा हाल प्रयोग भइरहेका सीसी प्लस, ओर्‍याकल, विन्डोज अपरेटिङ् सिस्टम र अफिस प्याकेजलगायतका माइक्रोसफ्ट कम्पनीका सफ्टवेयर अनधिकृत हुन् । यस प्रकारका चोरी नियन्त्रण गर्ने नेपाली कानुन अझै बनेका छैनन् । कानुन नहँुदा नेपाली कम्पनीका सफ्वेयर चोरी भए पनि दोषीलाई कारबाही गर्ने आधार छैन । यो स्थितिमा क्षमतावान् नेपाली आईटी प्रोफेसनलहरूमा स्वदेशमै बसेर काम गर्ने उत्साहमा कमी आउनु अस्वाभाविक होइन ।
यस्तो स्थितिमा पनि देशमै बसेर राम्रो आम्दानी गर्नेहरूको जमात बढ्नु एउटा सुखद संयोग भएको छ, नेपाली आईटीको हकमा । दरबारमार्गस्थित कर्भस् एन् कलरमा कार्यरत वेब डिजाइनर निर्मल ज्ञवाली, २३, लाई नै हेरौँ । उनी सानका साथ आफ्नै देशमा मासिक २५ हजार रुपियाँ कमाउँछन् । उनले संसारभर िछरएिका नेपाली आईटी प्रोफेसनलहरूलाई नेटको एउटै जालोमा ल्याउने निर्मलडटकमडटएनपी खोलेका के थिए, जागिरका नयाँ ‘अफर’हरूको ओइरो लागेको छ । भन्छन्, “नेपालमा धेरैलाई राम्रो वेब डिजाइनरको खाँचो रहेछ ।”

Made in Nepal on Nepal Rastriya Saptahik by Narendra Raule was last modified: October 7th, 2009 by Administrator
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *