Top Stories

Dovan Rai

HIKE

Kantipur features women in IT: my subjective review

Falgun 7, Anniversary of Kantipur daily , anniversary special supplementary issue with theme “New Nepal” , on the last page is an article on new age women in new jobs, women in IT.

As I read the article, I was caught in confusion: whether I should get glad for being featured as new spirit of woman or feel foolish for being used for sensational purpose.

I was confused:

Would the author have made similar description of physical attributes like length of hair and shade of lipstick had

Dovan been a guy not a girl?
(The writer gave me the explanation that he mentions such descriptions for male subjects too to make the article more personal. But, there is tendency of male reporters to describe the appearance and clothing of female subjects. Is it to make the article more vivid or are there other interests too?)

Were the lines from vagina Monologues in Kathmandu with real concern for women’s voice or just for sensational purpose?

Are conventional male writers fair, unprejudiced and compassionate enough while addressing women’s issues?

Though the author had asked permission to borrow the lines from my article, I had no idea that they will be appended in the article on “women in IT” .
Honestly, I was damn worried thinking how my 6th grade cousin and 69 years old grandpa would interpret reading the phrase “we should talk about ‘vagina’”. I was embarrassed not because I flinch on my beliefs but without proper context and sufficient explanations, the lines had great chance to get misinterpreted. But luckily, my family and relatives liked my poem and appreciated my views.

Also, I found the name joke worthless. Besides bad joke and some mistranslation (sexuality was translated as लैगिकता which should have been यौनिकता ; sex= लिङग and यौन and it as the latter one in my article), language and style were fine.
But writers should not only rely on their gift for words and focus on appeal. Responsible journalists of reputed magazine as Kantipur should be more resourceful. They should write with compassion for their subjects.

I must applaud the writer’s effort for bringing women’s issues in limelight. But let’s come up with sincerely serious articles and solid actions for “women’s plight and their fight”.

Original article
_____________________________________________________________

आमाले नसोचेका आईटीका केटी – दिनेश वाग्ले

नयाँ जमानाका केटीहरुले अघिल्ला पुस्ताले सोच्नसम्म नसक्ने नयाँ काम नयाँ ढंगमा गरिरहेका छन्

women_in_nepali_it_1.jpg

‘मिस्टर दोभान र्राई’ लेखिएका खामहरु पाउदा सुश्री दोभान र्राईलाई अनौठो लाग्न छाडिसक्यो । ‘मेरो विहेको निम्तो पाउनेहरुले समलिङ्गी विवाह भन्ठान्छन् होला,’ एउटा इन्टरनेट कुराकानीमा उनले भनिन्- ‘सानोमा नरमाइलो लाग्थ्यो, अहिले सामान्य ।’ लामो कपालभएकी, हल्का लिपस्टिक लगाउने र प्राय जिन्स पहिरिने २३ बर्षो दोभान निश्चयै केटी हुन् जसमा ‘फेमिनिजम’ (महिलावाद)को गहिरो प्रभाव छ । ‘किनकी हामी महिला अझै हाम्रो लैगिकताप्रति लाजमान्छौं, दुराचारी अंकलहरुको परिचय खुलाउन डराउछौं, दुर्व्यवहार गर्ने यात्रीको प्रतिवाद गर्न हिच्किचाउछौं, हिंस्रक पतीहरुबारे मौन रहन्छौं, हाम्रै शरिर र लैगिकताको सम्मान, रक्षा र उल्लास गर्न डराउछौं,’ केही महिना अगाडी राजधानीमा आयोजित ‘योनी मनोवाद’ नामको कार्यक्रम हेरेपछि दोभानले एउटा वेब र्साईटमा लेखेकी थिइन्- ‘हामीले (यसको) उत्सव मनाउनु पर्छ ।’ ‘मौनता तोड्न गरेको प्रयास’वापत आयोजकको प्रशंसा गर्दै युवतीले यसरी कुरा टुङ्ग्याएकी छिन्-

‘आजित भएर, क्रुद्ध भएर
मेरो मनमा बाधिएका मर्यादाका पराया साङ्ला
अनि मेरो पेवा शरिरमाथि तेर्सिएका लाजका ताल्चा
सबै तोडेर
मैले मेरो नयाँ परिचय बनाएको छु
निर्लज्ज, चरित्रहीन अनि स्वतन्त्र’

चिन्नुभयो दोभान र्राईलाई ? कविताबाहेक अंग्रेजी भाषाको त्यो लेख मुनी गर्मागर्मी बहस छ जसमा केशव नामका एकजना भन्छन्- ‘वाह दोभान, तिमी साच्चै उत्कृष्ट छौं । म तिम्रो साहसको कदर गर्छु । तिमी नयाँ जमानाकी महिलाकी आत्मा हौ- निर्लज्ज, चरित्रहीन अनि स्वतन्त्र ।’ केही व्यंग्यात्मक लाग्ने प्रतिक्रियामा केशवले दोभानको अर्को परिचय दिएका छन्- ‘स्पिरिट अफ न्यू एज उमन’ । आइओईबाट स्नातक गरेपछि १८ महिना अघि क्रिएटिभ इन्जिनियरिङ् थालेकी दोभान सफ्टवेयर इन्जिनियर हुन् जो एउटा अमेरिकी सूचना प्रविधि कम्पनीको फैलिदो काठमाडौं कार्यालयमा दैनिक १० घन्टा किबोर्डसँग विताउछिन् । ‘म गाउँबाट एसएलसी गरेर काठमाडौं आएकी,’ टिचिङ् हस्पिटलमा नर्सको करिअर पछि हालै नर्सिङ् क्याम्पसमा पढाउन थालेकी दोभानकी आमा ललिताले सम्झिइन्- ‘उतिबेला कम्प्युटर के टाइपर्राईटर पनि हत्तपत्त पाइन्थेनन् ।’ २०४१ सालको कुरा, एक बर्षगाडी दोभान जन्मेकी थिइन् । घर र माइतीमा पैसा माग्नु नपरोस भनेर ललिताले नर्सिङ् रोजेकी थिइन् र त्यतिबेला काम सजिलै पाइन्थ्यो । तर, ललितालाई थाहा छ, उनी र छोरीका पालामा आकाश जमिनको फरक छ, बीचमा कम्प्युटर छ, इन्टरनेट छ, जिन्स छ र कर्पोरेट संस्कृती छ ।

‘यो सूचनाको यूग हो,’ ‘नयाँ यूगकी केटी’ले भनिन्- ‘कृषि पछिको औद्योगिक यूगमा पूवाधारको चुनौती थियो । यसमा सीमा छैन । अमेरिकाको पुस्तकालयका किताव यहीबाट पढ्न सकिन्छ । अमेरिकी कम्पनी (र उतैका ग्राहक) का लागि यही बसेर काम गर्न सकिन्छ ।’ बोस्टनमा आधारित डीटू हकआई र्सर्भिसेजको विशालनगर कार्यालयमा त्यसरी कामगर्नेहरु मध्ये डेढ दर्जन इन्जिनियर केटी छन् जो वितेका केही महिना या बर्षा कलेज जिन्दगीबाट कर्पोरेट संसारमा छिरेका छन् । त्यो स्रक्रमणसँगै उनीहरुले ‘केटा मात्र किन ? केटी पनि सक्छन्’ भन्ने प्रमाणित गरेका छन् । ‘परम्परागतरुपमा धेरैजसो नीति निर्माता केटा नै हुन्छन्,’ आइओईमा स्नातक गरेपछि १८ महिना अगाडी काम थालेकी ‘जाभा डेभलपर’ स्मृती श्रेष्ठले भनिन्- ‘उनीहरु ‘केटीसँग चाहिनेजति बुद्धी हुन्छ र ?’ भन्ने गर्दथ्ये । (त्यस्तो) दृष्टिकोण बदलिइरहेको छ ।’(डीटूका इन्जिनियरिङ् निर्देशक राज ठकुरीले कम्पनीले कुनै पनि किसिमले लैङ्गिक भेद नगर्ने र कार्यरत केटीहरुले दक्षताका कारण काम पाएको बताए ।)

स्वागत छ, नयाँ नेपालको नयाँ अर्थतन्त्रमा जहाँ २० चानचुनका नयाँ जमानाका केटीहरु अघिल्लो पुस्ताले कल्पनासम्म नगरेको नयाँ काम गरिरहेका छन् । विहानै जस्तो घरबाट निस्कने, दिनभरी संसारको अर्को भागका ग्राहकका लागि कम्प्युटरमा काम गर्ने र साझ अबेला फर्किने यी केटीलाई त्यो सबै प्रकृयामा कुनै न कुनै बेला ‘आफू को हु’ र ‘कहा छु’ भन्ने वास्तविकताले पछ्याइरहन्छ । हेरक कुरामा पुरुषहरुको बोलावाला रहेको नेपाली समाजमा ‘नयाँ काम गर्ने नयाँ जमानाकी केटी’ हुन कहा सजिलो छ र ?

‘काम पश्चिमा शैलीको,’ कसमस कलेजबाट १७ महिना अघि स्नातक गरेपछि ‘सी प्लस प्लस’मा काम गर्ने सुप्रिया शाक्यले भनिन्- ‘गर्ने र बस्ने समाज पूर्वीया ।’ कामको प्रकृती अनुसार अफिस समय भन्दा बढी खट्नु पर्ने तर त्यसो गर्दा घरमा ‘छोरी किन ढिला आई’ भन्दै चिन्तित हुनेहरुलाई प्रष्टिकरण दिनुपर्ने र गलेको शरिरलाई पुनर्ताजगी गराउने मौका पनि नमिल्ने सुप्रिया र साथीहरुको अनुभव छ । ‘एक घन्टा ढिला हुने भयो भने घरमा फोन गर्नुपर्छ,’ ‘न्यू एज गर्ल’को औसत समश्यालाई उनले प्रस्तुत गरिन्- ‘यता म्यानेजरलाई कुरा बुझाउनु पर्छ । ढिलासम्म काम गर्दा थाकेपछि रिल्याक्स गर्न पाइयोस् न । केटाहरुचाहि काम सकिएपछि -अवेर साझमा) रमाइलो गर्न निस्कदा केही भनिदैन ।’ आइओईबाट स्नातक गरेपछि दुइ बर्षअघि ‘डट नेट’ मा सीप बढाएकी शैली गोर्खालीले साथीको भावनाको प्रतिध्वनी गरिन्- ‘काम गर्न थालेपछि केटी भएको थाहा पाए ।’ स्मृतीको दृष्टिकोण- ‘केटीहरुले आफूलाई एउटा निकै राम्रो ‘प्याकेज’कारुपमा हुर्काउनु (पर्ने बाध्यता छ) । आफूलाई राम्रोसँग प्रस्तुत गर्नु पर्यो, घरका काम सिक्नै पर्यो, राती घर पुग्दा छिमेकीले के भन्लान् भन्ने सोच्नै पर्यो । त्यो सबै कुराले ध्यान विकेन्द्रित हुन्छ (र काममा केटाहरुको जस्तो एकाग्रता नहुन सक्छ) । त्यसो हुदाँ एउटै तहको काममा केटीलाई केटाले उछिन्छन्, उनीहरुको एकमत थियो, केटीले भनेजस्तो व्यवसायिक सफलता पाउन सक्दिन ।

तुलनात्मकरुपमा नयाँ अर्थतन्त्र मानिने सूचना प्रविधिका महत्वपूर्ण कामहरुमा विश्वव्यापीरुपमै पुरुषहरुको बाहुल्य छ जसमा नेपाल अपवाद छैन । त्यसैले सफ्टवेयर इन्जिनियर भन्नेवित्तिकै धेरैको कल्पनामा कीबोर्डसँग संघर्षरत पुरुषको आकृती आउन सक्छ । एप्पलदेखि माइक्रोसफ्ट, गुगलदेखि यूटयूव, र मर्कन्टाइलदेखि वर्ल्ड लिङ्कसम्मका कम्पनी पुरुषले स्थापना र सञ्चालन गरेका हुन् । सिलिकन भ्यालीदेखि काठमाडौं भ्यालीसम्म आईसीटीमा पुरुषकै बहुमत । मोडलिङ् जस्ता अपवाद बाहेक प्राय सबै क्षेत्रमा केटीहरुले केटालाई पछ्याइरहेका छन् । ‘कुरालाई हेर्ने केटाहरुको दृष्टिकोण फरक हुन्छ,’ डीटू हकआइकी प्रबन्धक अन्जना श्रेष्ठले भनिन्- ‘दे आर मोर इन्टू रियल थिङग्स् (उनीहरु बढी वास्तविक कुरामा सामेल हुन्छन्) । हामीचाहि अमूर्तकुरा र भावनात्मकतामा बाच्छौं । दिमागी संरचना नै त्यस्तो लाग्छ ।’ त्यसैले, अन्जनाले भनिन्, सफ्टवेयर कोडिङ्को उपल्लो तहमा केटीहरुको कम उपस्थिती हुन्छ । उनीहरु आयोजना प्रबन्धन या अन्य पक्षमा बढी पाइन्छन् । कम्प्युटरका कुनैपनि क्षेत्रमा केटाभन्दा कम क्षमतावान भएको यी न्यूएज केटीहरुले के स्विकार्थे ! केटालाई प्राथमिकता दिने सामाजिक संरचनाविरुद्ध तीखा मत व्यक्तगर्ने सर्न्दर्भमा उनीहरु एक भए । ‘मनोबैज्ञानिकरुपमा चाहि त्यस्तो भएको होला,’ साढे पाच महिना अगाडी डट नेटमा काम थालेकी केयूकी स्नातक मिनाल कोइरालाले भनिन्- ‘केटीलाई जन्मेदेखि नै प्रतिबन्ध छन् । केटालाई खेल्न जा, स्कुल जा भनिन्छ । उनीहरु ठूला कुरा सोच्न सक्छन् । केटीहरु सानो सीमामा हुर्केका हुन्छन् ।’ केयूबाटै स्नातक गरेर तीन महिना अगाडी डेटा म्यानेजमेन्टमा काम थालेकी दिप्ती खनालले थपिन्- ‘केटालाई पहिलो प्रश्न ‘कहाँ पढेको’, दोस्रो ‘कहाँ काम गर्छ’ र तेस्रो ‘कुन तहमा’ सोधिन्छ । केटीलाई चाहि दोस्रोमै ‘विहे भयो?’ सोधिन्छ । तह के, कामकै बारे पनि सोधिन्न । केटीलाई काम भेट्टाउनु नै ठूलो कुरा भएको जस्तो हुनजान्छ ।’

उसो त सीडीमा ऐना हेरेर कपाल मिलाईरहेका केटीहरुको त्यो प्रख्यात तस्बिर इन्टरनेटमा धेरै ठाउमा भेट्टाइन्छ जसले उनीहरु ‘वास्तविकता’ भन्दा ‘भावनात्मकतामा’ बाँच्ने तर्कलाई र्समर्थन गर्छ । ‘के महिलाहरु कम्प्युटर विज्ञान जस्ता प्राविधिक कुरामा फरकढंगले ‘सोच्छन्’ ?’ युनिभर्सिटी अफ मेरिल्यान्डको वेब साइटमा लेखिएको छ- ‘यो रमाईलो जीवशास्त्रीय र समाजशास्त्रीय प्रश्न हो तर ‘हो’ या ‘होइन’ले कम्प्युटर विज्ञानमा महिलाहरुको कम प्रतिनिधित्व भएको तथ्यमा खासै प्रभाव पार्दैन ।’ -रमाइलो संयोग, कम्प्युटर र गणित जस्ता विषयमा सोच्ने क्षमता अपुग भएकाले केटीहरु महत्वपूर्ण पदमा पुग्न या बैज्ञानिक हुन सक्दैनन् भन्ने लरेन्स र्समर्सले गत बर्षराजिनामा दिएपछि खाली भएको हावार्ड विश्वविद्यालयको अध्यक्ष पदमा ३७१ बर्षे इतिहासमा पहिलोपटक गत साता ड्रिउ गिल्पिन फस्ट नियुक्त भएकी छिन् ।)

प्रतिनिधित्व कम भएपनि केटीहरुले कम्प्युटरको काम रमाइलो मान्दैनन भन्ने होइन । निश्चयै, नाफा-घाटामा चल्ने प्रतिस्पर्धी कर्पोरेट संसारको जिन्दगी ‘ह्या, जान्न आज त्यो सरको बोरिङ् क्लासमा’ भन्दै ‘बङ्क’ गरेजस्तो स्वतन्त्र कहाँ हुन्छ र ? केटीहरुले कुरा बुझेका छन्, फरक महशुस गरेका छन् । त्यसैले त भन्छन, काम गरेपछि केटी भएको महशुस गरे † अनेकौ पृष्ठभूमी र रंगका विरामी र विद्यार्थीसँग व्यवहार गर्ने ललिता र्राईलाई आफ्नी छोरीको जतिबेला पनि कम्प्युटर अगाडी बस्नु पर्ने काम ‘असामाजिक’ र ‘भावना नपोखिने’ लागेपनि दोभान र उनका साथीले काममा रमाइलो मानेको बताए । (अर्न्तक्रिया र भावना बुझ्न ललिताले वेब र्साईटमा प्रकाशित छोरीका लेख र कविता पढ्नै पर्ला । अहिलेलाई मिनालका कुरा सुनौ ।) ‘सफ्टवेयर निर्माणमा प्रत्येक दिन नयाँ चुनौती आउछन्,’ मिनालले भनिन्- ‘जसका समाधान फरक हुन्छन् ।’ दिप्तीले थपिन्- ‘चाडै नयाँ कुरा सिक्न पाइन्छ ।’ नयाँ युगका आत्माहरुले नयाँ जमानाको काममा नयाँ कुरा नसिके के नयाँ कुरा भयो र ? हैन त मिस्टर, आच्या, मिस दोभान र्राई ?