Happy New Year 2010 (नयाँ सालमा)

Posted by: msigdel

नयाँ सालमा

हर्षले  मन  रमाउँछ  कि नयाँ  सालमा

किरण सुनौलो उदाउँछ कि  नयाँ सालमा ।

अन्योलतामै अल्झिएको गतिशुन्य जिन्दगी

बिघ्न बाधा  हराउँछ  कि  नयाँ  सालमा ।

झरी काँ छेकिन्छ र ओत लागेर कसैको

आत्मविश्वास जगाउँछ कि नयाँ सालमा ।

हजारौंको भिडमा पनि, म एक्लै  रहेछु

साथ दिने कोही सजाउँछ कि नयाँ सालमा ।

शिखर चुमी सफलताको उत्साह र उमंगको

मन्द पवन बहाउँछ कि नयाँ सालमा ।

- माधव (1st January 2010)

Happy New Year 2010 (नयाँ सालमा) was last modified: January 1st, 2010 by msigdel
 

Blog Comments

  1. msigdel Post author

    May The Year 2010 Bring You All the Happiness, Success and be Filled with Hope, Peace & Togetherness in Your Family & Friends….

    Wishing You a Very Wonderful and Delightful Year 2010….

Post Your Comments:

Your email address will not be published. Required fields are marked *