D2 मा बिताएका जिन्दगीका केही दिन, सिकेका धेरै कुरा, अनि कमाएका थुप्रै साथीहरु

Posted by: Sadhana Sharma

” यहाँ हेर त, D2 ले Vacancy Announce गरेको रहेछ, Apply गर्ने होइन ?” क्यान्टिनमा पवित्रा र म बसिरहेका बेलामा पवनले आएर सोध्यो । “Apply!!! आहिले? पहिले Fourth year त सकौं न, अहिले नै हामीलाई कसले Job दिन्छ र?” उसलाई नपत्याउँदै हाँस्दै भनें मैले । “Apply गर्दैमा के बिग्रन्छ र? गरुँ न ” उसले भन्यो, अनि त्यही दिन, हामीले D2 मा Apply गर्यौं । साथीले भनिहाल्यो गरिदिउँ न त, भनेर मात्र मैले गरकी थिएँ त्यो Apply , त्यहाँबाट आफूलाई बोलाउने विश्वास भने अलिकति पनि थिएन मलाई । त्यसको दुई तीन हप्ता पछि होला, त्यहाँबाट फोन आयो, Exam दिनको लागी बोलाइएको थियो । म छक्क परें, त्यहाँबाट त्यसरी बोलाउलान् भन्ने त मैले सोचेकीपनि थिइन । ख्याल ख्यालमैं जाँचपनि दिएँ, र त्यो जाँचमा म पास पनि भएँ । पहिलो इन्टरभ्यु सकिउन्जेल सम्ममा म दुई पटक D2 मा गइसकेकीथिएँ । त्यहाँको वातावरणले नजानिंदो किसिमले निकै आकर्षित बनाईसकेको थियो मलाई, त्यतिन्जेलमा D2HawkEyeServices परिवार को एउटा सदस्य हुने सपना मेरो आँखाभरि बसिसकेको थियो । अनि मैले त्यहाँ, Trainee बन्ने मौका पनि पाएँ ।
जिन्दगी निकै रमाइलो थियो त्यहाँ, १६ जना साथीहरुको ठूलो समूह, सहयोगी भावना भएका दाइ-दिदीहरु अनि राम्रो वातावरणपनि । Trainee period, सोचे भन्दा र भने भन्दा निकै लम्बिरहेको देखेर दिक्क पनि लागेको थियो एउटा समयमा, तर पनि त्यहाँको वातावरण र साथिहरुको साथले हौसला भनें दिइरहन्थ्यो । शुरुमा Data अनि Engine Department मा बसेर, प्रकाश दाइ, बिनय दाइ, प्रशान्त दाइ, मनिष दाइ अनि मनिन्द्र दाइबाट मैले धेरै धेरै कुरा सिक्ने मौका पाएँ ।
आज म त्यो वातावरणबाट निकै टाढा छु, तर पनि, Database management का कुराहरु पढ्दा मलाई त्यहाँ सिकेका कुराहरु झल्झली याद आउँछन् , त्यसले गरेर पढ्नमापनि निकै सजिलो भएको छ । त्यहाँ भेटेका साथीहरुको त झन् के कुरा गर्नु, बिर्सने त प्रश्नै आउँदैन म उनीहरुलाई हरपल सम्झिरहन्छु । म बिर्सन सक्दिन सीताका प्रश्नहरुलाई, भद्र नताशालाई, मिलनसार मोनिकालाई, गफाडि सन्जितलाई, मीठो कुरा खाँदापनि मुख बिगार्दै खाने सन्तोषलाई, सबैलाई थर्काउने रोजालाई, चुपचाप बस्ने श्वेतालाई अनि पिउसलाई, (सुदीप)२ लाई, रघुलाई, निरोजलाई, सुरेसलाई, उज्जवललाई, अमितालाई, यी सबै सबै साथीहरुलाई । जुन साथीको कारणले D2 मेरो आँखाभरि सपना बनेर बस्यो, आज उ पनि त्यहीं छ, तर म त्यहाँ छैन ।
Engine Department मा मनिष दाइ र मनिन्द्र दाइको बीचमा बसेर काम गर्नुको रमाइलोलाई म कहिले पो भुन्न सक्छु होला र !! फेरि पनि जिन्दगीमा त्यस्तै वातावरणमा, त्यस्तै सहयोगी मिलनसार सहकर्मीहरुका माझ बसेर काम गर्न पाइएला, नपाइएला, भविष्यमैं थाह होला, तर D2 मा बिताएका मेरा थोरै दिनहरुलाई, सिकेका धेरै कुराहरुलाई अनि कमाएका अनमोल निधि, मेरा साथीहरुलाई, म जिन्दगीमा सँधै सँधै सम्झिरहने छु ।

http://sadhanasharma.blogspot.com

D2 मा बिताएका जिन्दगीका केही दिन, सिकेका धेरै कुरा, अनि कमाएका थुप्रै साथीहरु was last modified: February 7th, 2008 by Sadhana Sharma
 

Blog Comments

  1. Sadhana

    :grin: That is not a mistake Sanjit. U r indeed very guffadi. Being guffadi is not a bad thing ni, u made us laugh, and we had fun hoina ta ?

  2. Sanjit Pandey

    every thing is good, but there is some typing error in front of my name :D . any ways I also forget no body……..not because I don’t want but because I can’t. They were too goood to forget. And, Kabiyeatri Sadhana ji Keep on writing……..

Post Your Comments:

Your email address will not be published. Required fields are marked *