
Posted on
February 29th, 2008 by
nabaraj

Loading ...
लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा,
चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा।
बुझिकन नबुझे झै गर्ने तिमी उस्तै,
पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म।
.
आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु,
मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु।
जहाँ गए नि, यादमा सधैं आउने तिमी उस्तै,
तिमी हिंड्ने प्रत्येक मोडमा धाउने उस्तै म।
.
हरेक रात सपनिमा बारम्बार आयौ,
तिमीले पनि शायद मेरो झझल्को पो [...]

Posted on
February 12th, 2008 by
nabaraj

Loading ...
माया नै मायाको ओईरो बिचमा
अभाब तिमीले देख्यौ कहाँ?
बरु आफु रित्तिदिन्थेँ
तिमीलाई भरिदिन्थेँ।
.
कदम कदमको मेरो साथमा
अन्धकार तिमीले देख्यौ कहाँ?
बरु आफु जलिदिन्थेँ
तिमीलाई प्रकाश छरिदिन्थेँ।
.
जनम जनमको माया पोख्दा
दु:ख तिमीले देख्यौ कहाँ?
बरु आफु आशु पिउथेँ
तिमीलाई खुशी दीइ जिउथेँ।

Posted on
January 26th, 2008 by
nabaraj

Loading ...
अष्ट्रेलिया आएको सुरुका दिनहरु सम्झन लाएकका छन्। साँघुरो अनी चारवटा दुई तले खाटहरु भएको कोठामा बसाइ थियो। तुलनात्मक रुपमा सस्तो भएपछि अलि अलि अप्ठयाराहरु त सहनै पर्यो। शुटकेसबाट आफुलाई चाहिने सामान झिक्ने ठाउँसम्म थिएन। शहर शहर भौँतरिने शोख भएका यात्रिहरुलाई लक्षित गरेर बनाइएका होस्टलजस्ता यस्ता सस्ता आवासहरुलाई Backpackers भनिदो रहेछ। हामी नेपालबाट चारजना आएका थियौ। [...]

Posted on
September 15th, 2007 by
nabaraj

Loading ...
जीवनको गोरेटोमा बाधा अनि अड्चनहरुमाझ
अल्झिएर पछारीनु त छँदैछ साथी
चर्किन सक्छ, चोइटिन सक्छ यो मन
….तर मन त पत्थरकै जाती।
.
प्रहार त पक्कै सहनु पर्छ, समयको नियतिको भाग्यको
चोट सहनुपर्दा चोटै चोट माथि
कुच्चिन सक्छ, टुक्रिन सक्छ यो मन
….तर मन त पत्थरकै जाती।
.
सुखै सुख त कसलाई पो लेखेको होला र
अनेकौ ब्यथा कष्ट र पिडाले पाउँदा सास्ती
डढ्न सक्छ, पग्लन सक्छ यो [...]

Posted on
August 5th, 2007 by
nabaraj

Loading ...
बिहान नौ बजेको क्लास लिनु थियो। राती अबेरसम्मा एकजना नेपालि दाई कहाँ गएर बसिएको थियो। वहाँ नेपाल जादै हुनुहुन्थ्यो। आकाश आफ्नो पुरानो मोबाईल र अष्ट्रेलियामा नाम चलेका चर्चित ब्रान्डका चक्लेटहरु कोसेलिको रुपमा आफ्नो घर पठाउदै थियो। राती अबेरसम्म गफगाफ गरी घर आएर सुत्त्ने तर्खर गर्दा २ बजिसकेको थियो।
बिहान साँढे सात बजेको अलार्मले हामीलाई ब्युझायो। मन नलागी [...]