गजल
By: Mabi Singh
November 03, 2006 | Join the discussion (1)
Times Viewed
काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न निल्नु न थुक्नु अमृत घांटि सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिउंदो जाग्दो सामु बुढो गिद्द पर्खि रह्यो ।
एकै पटक मात्र मर्छु भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
डुब्नु उत्रनुको दोसाँधको जहाज देखी
बेदनामा समुन्द्री सतह चर्कि रह्यो ।
सुनामीले सोत्तर पारेको आँगनमा
पानी तर्काउन जमीन फेरी थर्कि रह्यो ।
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/190Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
Comments
I recycled this ghazal.
By: mabi | November 3, 2006 01:05 PM