Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« Peace process towards a 'logical end' | Main | Historic Peace Negotiation: Get Rid of Infantile Disorders and Move Forward »

आकास पाताल - पर्वको अवधिमा देखिएका राष्ट्रिय विकृति


By: Devendra Gautam

November 01, 2006 | Join the discussion (1)   Times Viewed

वहुसंख्यक नेपालीका महान् पर्वहरू दशैं, तिहार, म्हःपूजा, इद र छठ सकिए । द्वन्द्वमुक्त नभए पनि नेपालीले यी पर्व शान्तिपर्ूवक मनाउन पाए । यी पर्वको अवधिमा यो स्तम्भकार पनि ढुक्कैसँग बस्यो । तर पनि व्यवसायिक एवं सचेत नागरिकको हैसियतमा यस अवधिमा भएका महत्वपर्ूण्ा घटना प्रसङ्गबारे आँखा चिम्लिने वा मौन रहने कुरा आएन । अतः तिनै घटना-सर्न्दर्भबारे केही चर्चा गरौं ।

स्रोत: नयाँ करेंन्ट साप्ताहिक - Vol 24, Issue 23

दशैं विदा अगाडि नयाँ करेन्टले फूलपाती बढाइँ समारोहमा सैनिक मञ्चमा श्री ५ महाराजाधिराजको उपस्थितिबारे अन्यौल रहेको समाचार छापेको थियो । नभन्दै, प्रतिनिधिसभा घोषणा-२०६३ बमोजिम नेपाल सरकारको मातहतमा आएको नेपाली सेना, सो वमोजिम बनेको सैनिक ऐन लगायतको सर्न्दर्भ मनन गरेर होला यसपटकको फूलपाती बढाइमा श्री ५ महाराजाधिराज प्रमुख अतिथि बनिबक्सेन, उपस्थित होइबक्सेन । कार्यक्रमका लागि निम्ता पत्र बाँड्नुभएका प्रधानसेनापति रुक्माङ्गत कटुवाल स्वयं प्रमुख अतिथि बन्नुभयो । अर्थात सरकारले नेपाली सेनालाई वेवारिसे जस्तो बनाएको भान भयो । प्रधानसेनापति कटुवाल प्रमुख अतिथि बने पनि उहाँ कार्यक्रम सकिंदा साथ उठेर हिँड्नु भएन, निम्तालुलाई विदाइ पनि गर्नुभयो ।

यसैगरी, सशस्त्र प्रहरी र जनपद प्रहरी दिवस पनि यही अवधिमा मनाइए । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा कार्यक्रम चलिरहँदा, साँझ, अन्धाधुन्ध असिना-पानी पर्यो । दिवस इतिहासमै नव्यहोरेको त्यस्तो आँधी हुरीमा पनि सशस्त्र प्रहरीको कार्यक्रम प्रस्तोताहरू विचलित नभइ कार्यक्रम सम्पन्न गरे । मानौं, उनीहरूले कस्तै आँधीवेहरीमा पनि सशस्त्र प्रहरी विचलित हुँदैन भन्ने सन्देश दिनकै लागि असिना-पानीको प्रवाह गरेका थिएनन् । पर््रदर्शन सकिएपछि कक्टेल डिनर थियो । प्रमुख अतिथि गृहमन्त्री कृष्णप्रसाद सिटौला, अतिथि प्रधानसेनापति लगायत हुनुहुन्थ्यो । विगतमा प्रमुख अतिथि बनाइएका श्री ५ पर््रदर्शनी सकिएपछि कार्यक्रममा सहभागी व्यक्तिहरूसँग घुलमिल गर्ने परम्परा थियो । यसपटकका प्रमुख अतिथिलाई निम्तालुहरूको बीचमा नदेखेपछि महानिरीक्षक वासुदेव वलीसँग स्तम्भकारले सोध्यो- खोई प्रमुख अतिथिज्यू - वलीजीले भन्नुभयो, 'आउनुभएको थियो ।' यसो हर्ेदा उहाँहरू परै पारिवारिक वातावरणमा बसिरहनुभएको देखियो ।

उता जनपद प्रहरीको कार्यक्रममा पर््रदर्शनीका वेला दर्र्ुइर् महिला प्रहरी वेहोस भएर ढले । कार्यक्रममा केही ढिलाइ भएको भए अरु पनि ढल्थे ! महानिरीक्षक ओमविक्रम राणाज्यू ! तपाईं कानुनी बनेर मात्र संगठन बलियो हुँदैन, कार्यकर्ता दह्रा बन्दैनन् है ।

यी कार्यक्रमहरू पछि विराटनगरमा भाइटीका लगाउँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जनपद प्रहरीको टोलीले सलामी दिएको दृश्य टेलिभिजनहरूले देखाए । बन्दुक समाउनै नजान्ने जस्ता जवानहरूले जानी नजानी सलामी त दिए तर अब छिटो केही नीतिगत प्रश्नको जवाफ दिइनुपर्यो- सलामी को-कसलाई दिने - सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको भूमिका के के हो ?

अब कूटनीतिक क्षेत्रतिरका कार्यक्रम-सर्न्दर्भ । यही अवधिमा जर्मन र चीनका राष्ट्रिय दिवस परे । यहाँस्थित जर्मन राजदूतावासले आयोजना गरेको समारोहमा त रमितै भयो । राजदूतावासले कार्यक्रम प्रक्रिया र प्रमुख अतिथिबारे नेपालको परराष्ट्र मन्त्रालयसँग परामर्श लिनुपर्ने रहेछ । परराष्ट्र मन्त्रालयले कार्यक्रममा परम्परा अनुरुप बजाउनुपर्ने नेपालको राष्ट्रिय धुन हाल नभएको जानकारी दिएछ र प्रमुख अतिथि सभामुख सुवास नेम्वाङलाई बनाउन भनिएछ । जर्मन दूतावासले प्रधान न्यायाधीशलाई पनि बोलाएको थियो । मर्यादाक्रममा सभामुखभन्दा प्रधानन्यायाधीशलाई माथि देखेपछि मञ्चको सोफामा दुवैलाई राखेर जर्मनको राष्ट्रिय धुनमात्र बजाइयो ! यही बुझेर चीनको राष्ट्रिय दिवसमा सभामुखमात्र बोलाइयो । त्यहाँ पनि नेपाली राष्ट्रिय धुन नबज्दा सहभागीहरूलाई नियास्रो लाग्यो । राष्ट्रिय धुन खारेज गरेको चार-चार महिना बितिसकेको छ तर आजसम्म किन नयाँ राष्ट्रिय धुन बनाइएको छैन?

जसको राष्ट्रिय गीत र धुन नै छैन, बनाउन पनि सक्दैनन्, त्यस्तालाई किन विश्वास गर्ने - शायद यस्तै सोचेर त होइन नेपाललाई यतिखेरै संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्को अस्थायी सदस्यमा धेरैले भोट नदिएको -! राष्ट्रसंघीय चुनावमा लज्जास्पद मत ल्याउनुपरेको पीडा समन गर्न जेसुकै तर्क दिइए पनि हाम्रो कूटनीतिक संयन्त्रको घोर असक्षमताको उपज यो परिणाम हो । यस्तो परिणाम सुन्नुपर्ने भएपछि बरु उम्मेदवारी नै फिर्ता गर्नु बुद्धिमानी हुन्थ्यो ।

यही अवधिमा नेपालमा रहेका भूटानी शरणार्थीमध्ये ६० हजारलाई अमेरिकामा लैजाने इच्छा अमेरिकीबाट आएको छ । यो खवरले कतिपय लोभी नेपालीलाई पनि भूटानी शरणार्थी बनुँ भन्ने लागेको छ । तर यो अमेरिकी इच्छाले नेपाली तथा भूटानी नागरिकको स्वाभिमानमाथि घोर प्रहार गरेको छ । यहाँको शान्ति प्रक्रियामा अवरुद्ध पार्न अन्टसन्ट बोल्ने अमेरिका यदि भूटानी शरणार्थी र नेपालप्रति सद्भाव राख्छ भने किन ती शरणार्थीलाई उनकै स्वदेशमा फिर्ता गराउन लाग्दैन? ती शरणार्थीलाई अमेरिकामै नोकर बनाउन लाने हो भने उनकै देशमा फिर्ता गरी त्यहींबाट लगोस् न !

कूटनीतिक सर्न्दर्भमै भारतले आफ्नो परराष्ट्र सम्बन्धको १० वर्ष रणनीतिमा राम्रो सम्बन्ध राख्नुपर्ने राष्ट्रहरूको सूची बनाउँदा नेपाललाई आठौं नम्बरमा राखेको खबर आयो । एक नम्बरमा अमेरिका हुँदै छैठौंमा चीन, सातौंमा बंगलादेश, आठौंमा नेपाल, नवौंमा पाकिस्तान, दशौंमा श्रीलंका हुँदै ६८ औंमा भूटानलाई राखेको छ । तत्काल यस्तो सुन्दा कतिपय नेपालीको नाक फुलेको छ । तर हेक्का राखियोस्- हामी भारतीय प्रभावमा नतमस्तक हुँदै जाने हो भने दश वर्षछि अस्सी नम्बरमा नेेपाललाई राख्नेछ भारतले । किनभने अहिलेको भूटान जसको स्वाधिनत, साधन-स्रोत भारतीय नियन्त्रणमा छ, ऊसँगको सम्बन्धमा किन प्राथमिकता दिनुपर्यो र ? त्यस्तै अवस्था हाम्रो नहोस्, नेतृत्वले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको ख्याल राखिरहोस् ।

झण्डै भारतले यतिखेरै नफसाएको ! दशैंका बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाल-भारतबीच तेस्रो देशका नागरिकको समेत सुपर्ुद गर्न मिल्ने सुपर्ुदगी सन्धि गर्न नयाँदिल्ली जाँदै हुनुहुन्थ्यो । तर माओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद भन्नर्ैपर्छ किनभने उहाँको दवावमा त्यो सन्धि हुन पाएन । अब अहिले पाकिस्तानले पनि त्यस्तै सन्धि नेपालसँग गर्न पाउनुपर्ने माग उठाएको छ । खवरदार नेताहरू ! नेपाललाई भारत-पाकिस्तानको रणक्षेत्र बन्न देउला ! यस्ता सुपर्ुदगी सन्धि नगर ।

अब अर्को चर्चित विषय- जनआन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले राजालाई प्रश्न पठायो, राजाबाट उत्तर आएन ! कुरो बुझदा, राजालाई भनिएछ- विद्यमान संविधान बमोजिम राष्ट्राध्यक्षले प्रधानमन्त्रीलाई मनोनयन गरिन्छ भनेपछि राष्ट्राध्यक्षले बयान दिन मिल्दैन । बरु ती प्रश्नको जवाफ अन्तर्रर्ााट्रय सञ्चार माध्यममार्फ दिनु उपयुक्त हुनेछ ।

वर्तमान राजाले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका प्रश्नको जवाफ आयोग र राष्ट्रिय सञ्चार माध्यममार्फ नदिइ अन्तर्रर्ााट्रय प्रेसमार्फ दिँदा राम्रो हुन्छ भन्ने सल्लाहकारहरूको सुझाव रहेको सुन्दा स्तम्भकारलाई यसपटकको तिहारमा विशिष्ट तहको कौडा-खालको दृश्य सम्झन मन लागेको छ । विशिष्ट श्रीमानले तिया दाउमा दर्ुइ हात कौडा हानेर श्रीमतीलाई कौडा दिन्छन् । आफू सोफामा बसेर मस्तसँग चुरोट र मदिरा पान गर्छन् । राति साढे दर्ुइ बजे र्फकन्छन् । एककी श्रीमतीले पञ्जा दाउमा लगातार पाँच हात मार्छिन् । तर पनि त्यहाँ कसैले 'मार्रर्ााभन्दै कराउन पाउँदैन । उनका अगाडि जुवाको खालमा समेत कोही बोल्न-कराउन नपाउने संस्कार नियम रे ! यस्तो मर्ुदा-जुवाको के अर्थ - के खेल-रमाइलो?

हाम्रो अबको राजनीतिक खेल यस्तो 'मर्ुदा-जुवा' नहोस् । अनि एमाले महासचिव माधवकुमार 'नेपालले नेताहरूले इच्छाशक्ति देखाउनुपर्यो' भन्दै आफैंलाई व्यङ्ग्य गर्ने प्रवृत्ति पनि हट्नुपर्यो ।



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/184

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

Good write-up!!! very well summarizes current affairs of Nepal. Would love to see some original writing from the columnist instead of something already posted somewhere else. Original blog - please!

Yestai Ho


Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.