Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(19)
(18)
(15)
(13)
(12)
(9)
(8)
(8)
(7)
(7)
(7)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« Life in Nepal - 7-27-2007 | Main | Prashant once again shines in Indian Idol »

नेपाली सन्दर्भमा कोन्ट्रा समुह


By: Dipesh Gautam

July 31, 2007 | Join the discussion (0)   Times Viewed

करिव करिव नेपालको जति नै क्षेत्रफल भएको उत्तर अमेरीकि देश निकारागुवा, इतिहासमा लामो समय सम्म स्पेनको उपनिवेशमा रहेको, करिव ४२ वर्ष सम्म तानाशाही सोमोजा परिवारको शासनमा रहेको देश अनि हिँसा , साम्राज्यवादी हस्तक्षप र राजनैतिक अस्थिरताको चपेटामा परेको देश । निकारागुवाको बिगत ५०,६० वर्षको इतिहासलाई हेर्दा धेरै कुरा अहिलेको नेपाल सँग तुलनायोग्य छन् ।

सन १९२६, २७ ताका कन्जर्भेटिभ खेमाका सेना प्रमुख इमिलियानो च्यामोराओले सत्ता हत्त्याउने प्रयास गरेपछि लिबरल खेमाका नेता अगस्टो सेयेजर सान्डिनो को समुह ले त्यसको विरुद्धमा सङ्घर्ष गरेको थियो । सोहि समयमा च्यामोराओ विरुद्धको सङ्घर्षमा अनास्तासियो समोजा गार्सिया पनि लिबरल खेमामा सङ्गठित थिए । अन्तमा तत्कालिन समस्या समाधान गर्ने प्रयास स्वरुप अमेरिकाले आफ्नो एकजना कुटनितिज्ञ हेनरी लिविस स्टिमसन लाई खटाएको थियो । उनि त्यहाँ लिवरल खेमाका धेरै जस्तो असन्तुष्ट पक्षहरुलाई अमेरिकाको प्रत्यक्ष निगरानिमा चुनाव गराउने कुरामा सहमत गराउन सफल भएका थिए । तर अमेरिकि हस्तक्षपको विरोध गरिरहेको सान्डिनोको समुहले अमेरिको निगरानिमा भएको चुनावको विरोध गर्‍यो र भाग लिएन ।

यसरी त्यहाँको मुख्य राजनैतिक शक्तिको असहमति हुँदा हुँदै पनि अमेरिकाको प्रत्यक्ष निर्देशनमा चुनाव सम्पन्न गरेपछि सान्डिनो बाहेकका लिवरल घटकहरु सत्तामा आउन सफल भए । सन १९१२ देखि निकारागुआमा रहँदै आएको अमेरिकि जलसेनालाई फिर्ता बोलाएपछि अमेरिकि हस्तक्षप विरुद्ध गुरिल्ला युद्ध चलाईरहेका अगस्तो सान्डिनो ले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसैताका देखि तनासाह अनास्तासियो समोजा निकारागुआको नेसनल सेक्युरिटि गार्डको प्रमुखको रुपमा राजनितिमा उदाउन थालेका थिए ।

समोजा र बिद्रोहि नेता सान्डिनो विच चर्को द्वन्द्व चलेको थियो र अन्तमा १९३४ मा सोमोजाद्वारा नेतृत्व गरेको नेसनल सेक्युरिटि गार्डका मान्छेहरुले सान्डिनोको अपहरण पछि हत्या गरे । सन १९३६ मा लिवरल समुहका राष्ट्रपति जुआन वतिस्ता सरकारलाई अपदस्त गरेर अनास्तासिओ सोमोजा राष्ट्रपति बने ।

सन १९५६ मा अनास्तासिओ सोमोजाको हत्या पछि उनका छोरा लुइस सोमोजा देवेइले अनि फेरि अर्का छोरा अनास्तासिओ सोमोजा देवेइले हुँदै १९७९ सम्म करिव ४२ वर्ष सोमोजा परिवारको शासन कायम रह्यो ।

भ्रष्टाचार, नातावाद सोमोजा शासन कालका उपहार थिए । समोजाका नातेदार र आसेपासेहरुले अकुत सम्पत्ति जम्मा गरेका थिए । त्यसैबिच ७० को दशक सम्म आइपुग्दा सोमोजा शासनले निकै कडा विरोधको सामना गर्नु पर्‍यो । सान्डिनिस्टा लिवरेसन फ्रन्ट (सान्डिनिस्टा) र डेमोक्रेटिक लिवरेसन युनियन नाम गरेका दुई प्रभावशाली विरोधि पार्टिहरुले संयुक्त रुपमा सोमोजा सरकारका विरुद्धमा आन्दोलन छेडे र अन्तमा सोमोजा सरकार ढल्यो । त्यसपछि वामपन्थि सान्डिनिस्टा पार्टिको नेतृत्वमा सरकार गठन भयो ।

सान्डिनिस्टा सरकारले थुप्रै राजनैतिक र आर्थिक परिवर्तनहरु ल्यायो । आर्थिक श्रोत साधनलाई ब्यापक रुपमा राष्ट्रियकरण गर्‍यो । क्रान्तिकारी भुमिसुधार तथा शिक्षा र स्वस्थ्य जस्ता अति महत्वपूर्ण क्षेत्रमा गरेको सुधारका कारण त्यसताका किसान र मध्यम वर्गको ठूलो हिस्साले सान्डिनिस्ता सरकारलाई समर्थन गरेको थियो ।

सोभियत रुस र क्युवाको समर्थन भएको वामपन्थि समर्थक सान्डिनिस्टा सरकारलाई अमेरिकाले असहयोग गर्ने निति मात्र लिएन त्यसको विरुद्धमा प्रतिक्रान्तिकारी कोन्ट्रा समुहलाई CIA ले हतियार र तालिम नै दियो । सन १९८४ मा अमेरिकि कंग्रेसले कोन्ट्रालाई सैनिक सहयोग दिन बन्द गर्ने निर्णय गरेको थियो । तर यसलाई छल्न तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले इजरायल मार्फत इरानलाई हतियार वेचेर आएको पैसाले कोन्ट्रालाई सहयोग गरेको तथ्यहरु भेटिए जुन प्रसिद्ध "इरान कोन्ट्रा कान्ड" को रुपमा चिनिन्छ ।

कोन्ट्रा समुह विभिन्न सान्डानिस्टा विरोधि समुह मिलेर बनेको थियो । त्यसमा सोमोजा समर्थकहरु, र सान्डिनिस्टाबाट अलग भएका व्यक्तिहरुले नेतृत्व गरेका थिए । तिनीहरुले सान्डिनिस्टा सरकार गठन भएदेखिनै सरकारको हरेक निति र कृयाकलापको विरोध गर्ने र त्यसका विरुद्ध हिँसात्मक कारवाहिहरु सञ्चालन गर्ने गर्थे । विभिन्न जातीय नारा उचालेर अर्को समुहमाथि आक्रमण गर्थे ।

१९७९ देखि १९९० सम्ममा निकारागुआमा करिव ३०,००० मान्छे मारिएका थिए । एमनेष्टि इन्टरनेस्नल र अमेरिकि वाच जस्ता संस्थाको भनाई अनुसार कोन्ट्रा समुहले ब्यापक रुपमा मानव अधिकारको हनन् गरेको थियो । तिनीहरुले सर्वसाधरण नागरिकलाई हमाला गर्ने घरमा आगो लगाउने, बालि नस्ट गर्ने जस्ता कार्यहरु गरेका थिए । कयौँ ठाउँमा लुट र बलात्कारलाई हतियारको रुपमा प्रयोग गरेका थिए ।

एकजना सान्डिनिस्टा समर्थक मिलिसियाले एउटा बेलायति पत्रिकालाई दिएको अन्तर्वार्तामा यसो भनेका छन "रोसाको स्तन काटिएको थियो । उनको छाति चिरेर मुटु बाहिर निकालिएको थियो ।" त्यस्तै त्यसको प्रतिवादमा कोन्ट्रले एउटा पत्रमा यस्तो उल्लेख गरेको थियो "एउटा नाबालकले आफ्नै अगाडि आफ्नी आमाको बलात्कार गरेर स्तन काटिदिएको देख्यो । त्यसपछि त्यस केटा कोन्ट्रामा सङ्लग्न भयो । "

यी दुईवटा उदाहरणबाट पनि हामी अनुमान लगाउन सक्छौँ त्यसबखत कस्ता जघन्न्य अपराध भए होलान् भनेर ।

निकारागुआको विगत इतिहासलाई केलाउँदा कतिपय प्रसंग बर्तमान नेपालसँग मिल्दोजुल्दो पाइन्छ । गत वर्षको १९ दिने आन्दोलनको सफलतापछि देशमा नाटकीय ढङ्गले राजनैतिक परिवर्तन भयो । समग्र राज्यको ढाँचा र शासन शक्तिमा नै रुपान्तरण हुने दिशा तर्फ मुलु अगाडि बढ्न थालेको छ । तर त्यस सँग सँगै अनेक किसिमका चुनौति र अराजकता पनि दिन प्रतिदिन बढ्न थालेको छ । विषेश गरेर तराइ क्षेत्रमा देखिएका हिँसाले कतै निकारागुआको आर्को रुप नेपालमा देखिन लागेको त हैन भन्ने थुप्रै आशङ्काहरु जन्माएको छ । तराई क्षेत्रमा बिगत ६, ७ महिनामा भइका हिँसात्मक घटनाहरुमा देखिएका पासविकता, महिलाहमाथि बलात्कार पछि स्तन काट्ने काम जस्ता जघन्य अपराधहरु ले निकारागुआको सङ्केत गरेका छन् । यहाँ पनि अनेक नामधारि हिँसात्मक सङ्गठनहरु दिन दिनै जन्मने क्रम तिब्र छ । यी सम्पूर्ण कुराको पृष्ठभूमि र विगत १९ दिने जनआन्दोलनको उत्थान देखि अहिले सम्म अमेरिकि राजदुतको चलखेल, उनका गैह्र कुटनैतिक अभिव्यक्तिहरु आदिको विश्लेषणले कतै यी हिँसात्मक संगठनहरु नेपालमा जन्मिएका कोन्ट्राहरु त हैनन् भन्ने सहज आशङ्का जन्मिन पुगेको छ ।



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/590

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.