“आज भोली……………………………”
By: Santosh Koirala
आज भोली प्यारा लाग्छन काला काला रातहरु
आसुँ पुछ्ने कस्ले लाग्यो मायालु ति हातहरु !!
आकाश छुने मेरो चाह, त्यो उनिले नै टुटाइ दीइन
त्यती गाठो परेको माया, त्यो पनि छुटाइ दीइन
उनको मुटुको मेरो चित्र, त्यो पनि मेटाइ दीइन
अङलोमा बेरी बेरी, यसरी मलाई झुक्काईदीइन
तेसैले,
भुली दिया तिनको यौवन अनी ति नशालु आँखाका मातहरु
जलाई दिया तिनको तस्बिर अनी प्रेमपत्रका खातहरु !!
जती बुजे पनि बुजी नसक्नु यि अप्रितम जातहरु
कसरी भुलु उनी सँग बिताएका ति मिठा साथहरु
के हेर्नु ति अर्काको सिन्दुरले सजिएका माथ हरु
हरियो नै भएन संसार, सबै तिर सुकेका पातहरु
तेसैले,
अब त विश्वास नै लाग्दैन माया प्रेमका बातहरु
पटक पटक कती खप्नु, दैबका यि लातहरु !!
अब त कसरी सम्हाल्नु, काप्न थाले यि निर्य हातहरु
कती सहु यि बर्षादी पिडा, अनी उनिले दियका घातहरु
तेसैले,
नयाँ पलाउने आशमा, जलाई दिय ति सुकेका पातहरु
जलाई दिय तिनको तस्बिर अनी प्रेम पत्रका खातहरु !!
आज भोली प्यारा लाग्छन काला काला रातहरु
आसुँ पुछने कस्ले लग्यो मायालु ति हातहरु !!
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/549Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
Comments
After reading the poem, i somehow gather that it must have been hard for the poet to write such difficult lines. Nonetheless, a great गजल!
By: आज भोली | June 20, 2007 06:29 AM
wa wa kya dard hai man gaye
By: kapil | June 20, 2007 07:16 AM
दोहरी बनाइ गाउँन पनि मिल्छ एस्लाई?
By: Lekhak | June 21, 2007 04:33 AM