Home About UsContact Us
chirp! chirp!!

Archives


Regd. Bloggers
(55)
(38)
(33)
(32)
(32)
(24)
(22)
(18)
(18)
(15)
(13)
(12)
(8)
(8)
(8)
(7)
(7)
(6)
(6)
(6)
(6)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
()
()
Be a Blogger
« My Midnight Ordeal and the Road to Jumla | Main | Oh God, please help Nepal »

हाइ हिल जुत्ता र सौन्दर्य राजनीति


By: Dovan Rai

April 30, 2007 | Join the discussion (5)   Times Viewed

सुन्दर युवती हेर्न कसलाइ मन लाग्दैन र ?

सुन्दर पहिरन र शृङ्गारमा सजि“दै मिस नेपालजस्ता सौर्न्दर्य प्रतियोगितामा सामेल युवतीलाई म अभिरुचिस“ग नियाल्छु । प्रतियोगितामा म मात्र दर्शक हुनसक्छु, प्रतियोगी होइन । मेरा कुरा छोड्दिनुस्, हाम्रा चर्चित नायिका रेखा थापा र निरुता सिंह पनि भाग लिन चाहिने योग्यता -उचाइ ५ फिट ४ इन्च) पूरा गर्दैनन् । सायद नेपालका ५० प्रतिशतभन्दा बढी युवती यो मापदण्डभन्दा तल पर्छन् ।
सौर्न्दर्य सापेक्षिक कुरा हो । ठाउ“ अनि समुदायअनुसार यसको आफ्नै मापदण्ड अनि धारणा हुन्छ । ...


यस्ता प्रतियोगितामा पश्चिमी मापदण्डअनुसार ...नेपाली युवती ज्ाा“चिन्छ । अनि के यस पराया मापदण्डमा उनीहरू कमजोर भए भने नेपाली कुनै पश्चिमी युवतीभन्दा कम सुन्दर पुष्टि हुन्छ त - व्यक्तिगत रूपमा मलाई ढ्याङग्रे पश्चिमी युवतीभन्दा चिटिक्क परेकी एसियन युवती राम्री लाग्छे । अहिलेको मास मिडियाले स्थापित गरेको 'अग्ली, गोरी, दुब्ली' जस्ता सौर्न्दर्यको स्टेरियोटाइप विवादको विषय रह“दै आएको छ ।

एटलान्टिक सिटीका पर्यटन व्यवसायीले व्यापार पर््रबर्द्धननिम्ति सुरु गरेको यस्ता प्रतियोगिताको सुरुवातदेखि महिलावादीबाट चर्को विरोध हु“दैआएको छ । महिलालाई 'यौनजन्य वस्तुका रूपमा' प्रस्तुत गर्दै मनोरञ्जनको साधन बनाइन्छ, उपभोक्तावादको माध्यम बनाइन्छ भनेर आरोप लागेको छ । पूरा लुगा लगाएको दर्शकमाझ युवतीलाई विकनीमा डुलाएर 'पशु बजार' जस्तो बनाइन्छ भन्ने गरिन्छ । हाम्रै मिस नेपालमा पनि भु“डे व्यापारीले कलिला युवतीका गाला छामेर छाला निरीक्षण गरेको हर्ेदा अनि केश केलाएर टलक नियालेको देख्दा बजारमा घोर्ले खसी छानेझैं लाग्छ ।

सुन्दरी प्रतियोगिताको उद्देश्य मनोरञ्जन र व्यापार हुने गर्छ । ७० को दशकमा उठेका चर्को विरोधबाट बच्न यस्ता प्रतियोगिताले 'ब्युटी विथ परपोज' भनेर समाजसेवाको नारा जोड्न थालेका छन् । क्यामेरा अगाडि सुन्दर युवतीले एउटा बच्चा बोक्दैमा, एउटा वृद्धालाई अ“गालो मार्दैमा कस्तो समाजसेवा हुन्छ - सुन्दरी हुनुको यसमा के सम्बन्ध छ, म बुझ्न सक्दिन ।

गायन प्रतियोगिताको विजेताले महान गायक बन्ने लक्ष्य राख्छ, त्यस्तै मिस नेपाल जित्नेले महान कलाकार हुन्छु, चर्चित मोडेल हुन्छु, सफल भिजे हुन्छु भन्नलाई किन हिच्किचाउनुपर्‍यो - नारी सौर्न्दर्यलाई पतिको गहनाको रूपमा मात्र हर्ेर्ने परम्परागत सोच त्यागेर आफ्नो सौर्न्दर्यलाई आफ्नो नाम, सफलता अनि आम्दानीका लागि उपयोग गर्नु आफैंमा एउटा उपलब्धि हो । नारी सशक्तीकरणको एउटा खुड्किलो हो ।

राम्री बन्न आएका १८-१९ वर्षा युवतीलाई 'मिस नेपाल भएर समाजका लागि के गर्नुभो -' भन्ने अनावश्यक बोझ नलगाइयोस् ताकि उनीहरूले कुनै अनाथाश्रममा दिएको ५००० चन्दाको वर्ण्र्ााराष्ट्रिय समारोहमा गर्न नपरोस् ।

सुन्दरी प्रतियोगिता पक्का पु“जीवादी कार्यक्रम हो । बजार व्यवसाय, उपभोक्तावाद यसका विशेषता हुन् । युरोप र अमेरिकामा यसको आकर्षा कम भएर गए पनि एसिया, अप्रिmका अनि ल्याटिन अमेरिकामा यसको चहलपहल बढेर आएको छ । आयोजकले आफ्नोे बजार अवसरअनुसार विजेता चुन्ने गरिन्छ भन्ने हल्ला सुनिन्छ । नवमार्क्सवादीले भन्ने गरेको पु“जीवादमा अन्तरनिहित असमान आदान-प्रदानअनुसार विश्व सुन्दरी ताजस“गै यसका आयोजकले भारतलाई राष्ट्रिय गौरव दिएका छन् भने यसको बदलामा भारतले आयोजकलाई सौर्न्दर्य प्रसाधनको विशाल बजार सुम्पेको छ । यस्ता प्रतियोगिताको माध्यमबाट सौर्न्दर्य साधनका बहुराष्ट्रिय संस्थाले बजार विस्तार गर्छन् । सतहमा हर्ेदा प्रतियोगी अनि विजेता युवती म्ाान, दाम र अरू अवसरले लाभान्वित भएको देखिए पनि गहिरिएर हर्ेदा यस्ता कार्यक्रमले गरिब अर्थतन्त्रमा अनावश्यक खर्चको भार थपेको हुन्छ । काठमाडौंमै छ्यास-छ्यास्ती प्रयोग हुने महङ्गा सौर्न्दर्य प्रसाधनले यही पुष्टि गर्छ । यिनै पु“जीवादी गुणका कारण मार्क्सवादीहरू यसको चर्को विरोधमा उत्रिएका छन् । यसको लोकप्रियता र व्यापकता यति बढेर गइसकेको छ कि चीनले पनि आफ्ना प्रतियोगी पठाउन -र प्रतियोगिताकै आयोजना गर्न) थालिसकेको छ । भिड्ने युवती राजी, आयोजक राजी, दर्शक राजी त क्या करेगा काजी ?

केटा ख्ोल्न मनपराउ“छन्, केटी शृङ्गार गर्न । त्यसैले लाग्छ कि केटाको फुटबल प्रतियोगिताजस्तै एउटा सहज कार्यक्रम हो सुन्दरी प्रतियोगिता । फुटबल खेल्दा तपाईं फर्ुर्तिलो र स्वस्थ हुनुहुन्छ भने सुन्दरताका लागि गरिने डाइटिङ अनि हाइ हिल जुत्ताले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । एकथरी विश्लेषकको भनाइअनुसार सबै प्राणीको सम्पर्ूण्ा क्रियाकलाप विपरीत लिङ्गीलाई आकर्षा गर्न हुन्छ । महिला ब्ालियो पुरुष चाहन्छन् भने पुरुष सुन्दर महिला । त्यसैले मेरुदण्डलाई आकर्ष कभर दिने हाइ हिल लगाउनु वास्तवमा जिनको हिसाबले फाइदाजनक छ । यही सिद्धान्तअनुसार अग्लो देखिन पुरुषलाई अग्लो जुत्ता लगाउन जरुरी छैन । आखिर अग्लो पुरुष महिलालाई पनि राम्रो लाग्छ ।

मान्छे प्राणीमात्र होइन, राजनीतिक प्राणी हो । महिलावादीको विश्लेषण छ कि सौर्न्दर्यको होड महिलालाई शक्ति -सत्ता) बाट बाहिरै अल्झाउने राजनीति हो ।

नारी सौर्न्दर्यलाई यति महत्त्व दिइन्छ कि विचार, बौद्धिकता, सक्षमता, आत्मविश्वास, सिर्जनशीलताजस्ता जीवनका अरू विविध पक्ष ओझेलमा पर्छन् । छाला चम्काउन, कपाल टल्काउनमा आधा समय बित्छ भने कपाल मिलाउनमा, आ“चल सम्हाल्नमा आधा ध्यान जान्छ । सौर्न्दर्य प्रसाधन अनि गहनामा आधा लगानी खर्च हुन्छ । यी सबै कारणले गर्दा महिलाको बौद्धिक अनि व्यक्तित्वको विकासमा बाधा आउ“छ भने काममा सक्षमता र सफलताको सम्भावना न्यून हुन्छ । अझ मास मिडियाले स्थापित गरेको खोटरहित सौर्न्दर्यको अप्राप्य छविले महिलालाई झन् दुःखी र असन्तुष्ट बनाउ“छ ।

समाजको पाखण्ड प्रस्ट छ । एकातिर नारी सौर्न्दर्यलाई यति महत्त्व दिइन्छ कि यो अनिवार्यता बन्छ । अर्कोतिर महिला खालि शृङगाँर, गहना अनि लुगाजस्ता झीनामसिना कुरामा अल्मलिन्छन् भनेर अवमूल्यन गरिन्छ । म्ाहिलाको जीवनमा सौर्न्दर्यको पक्षलाई अनावश्यक जोड दिनाले उनका अरू पक्ष कमजोर हुन पुग्छन् । सबै महिलाले बुझ्नुपर्ने के छ भने सबै कुरालाई छोडेर सुन्दर हुने होडमा मात्र लाग्दा महिला सुन्दर वस्तु हुन सक्छे, तर सिर्जनशीलकर्ता हुन सक्दिन । सतही आकर्षा र क्षणिक चर्चाको केन्द्रमा रहे पनि वास्तविक शक्तिको राजनीतिक अनि सत्ताको इतिहासबाट जहिल्यै बाहिर हुनर्ुपर्छ ।

मानिस सौर्न्दर्यमा रमाउ“छ । आफू बस्ने आवास अनि प्रयोग गर्ने हरेक वस्तुलाई सुन्दर बनाउन चाहन्छ । सौर्न्दर्य उपयोगको उद्देश्य हुन्छ । फक्रेको फूल, मायालाग्दो बालक अनि भर्भराउ“दो यौवनको आफ्नै 'र्सभाइभल' महत्त्व हुन्छ । प्राणीजगतमा तिखो सिङ, फर्ुर्के पुच्छर, बुट्टे प्वा“खको आकर्षाको खेल देखिन्छ । कुखुरा, जरायो, मयूर, सिंहजस्ता प्रायः प्राणीहरूमा आकर्षाको होडमा भालेहरू बढी उत्सुक र आतुर देखिन्छन् । थोरै डिम्ब अनि धेरै शुक्रकिटको असमान संख्याको खेल हो भन्छन् विज्ञ । मानवमा ठीक उल्टो यस सौर्न्दर्यको दायित्व महिलामा एकतर्फी छ । 'जतिले पनि नपुग्ने' आधुनिकतावादको मानसिकतामा यो दायित्व असन्तुलित भार भएको छ । अझ बहुराष्ट्रिय कम्पनीको खेल र मास मिडियाको चुरीफुरीले सौर्न्दर्यको होड एउटा बढ्दो 'अबसेसन' भएको छ । सौर्न्दर्यबाट विपरीत लिङ्ग आकर्षा गर्न खोज्नु प्राकृतिक भए पनि कृत्रिमताको भार र महिलामाथिको एकतर्फी मार मानवनिर्मित राजनीति हो । यही आधुनिक समाजका निकै लोकप्रिय तर विवादास्पद उपज हुन्, सौन्दय प्रतियोगिता र हाइ हिल जुत्ता ।

वैचारिक रूपमा हर्ेर्ने हो भने यो सा“च्चै महिलालाई दमन गर्ने माध्यम हो । हाइ हिल लगाउ“दा निकै असजिलो हुन्छ, प्रत्येक पाइलामा होश पुर्‍याउनुपर्दा ध्यान विकेन्द्रीकृत हुन्छ । खुट्टा अनि ढाडको समस्या आउ“छ । सौर्न्दर्यका नाममा यो महिलामाथि हुने आधुनिक हिंसा हो । अर्काथरी महिलावादी यसलाई भिन्नै तरिकाले व्याख्या गर्छन् । पुरुषबाट परिभाषित नैतिकता नाघेर आफ्नो शरीर अनि सौर्न्दर्यलाई आफ्नो हितका लागि प्रयोग गर्नुपर्छ, हाइ हिल लगाएर तपाईं आफूलाई बढी सुन्दर, आकर्ष अनि प्रभावशाली महसुस गर्नुहुन्छ भने मज्जाले लगाउनर्ुपर्छ भन्छन् । वैचारिक विवाद जति भए पनि यसको विस्तार अनि लोकप्रियता फैल“दो छ । यो यति सहज अनि व्यापक भएको छ, विरोध आफैंमा निरीह र निर्रथक लाग्छ ।

मेरो दराजमा पनि एक जोर हाइ हिल्स छ | मेरो मनमा यस्ता दुबिधा आउनेगर्छ प्रत्येक चोटि म यसलाई पहिरिंछु |

Published in The kantipur Daily on 28 April 2007. http://www.kantipuronline.com/kolnepalinews.php?nid=107978


TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/500

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

kool stuff


inferiority complex?


सामान्य जस्तो देखिने तर जटिल बिषयबस्तु माथिको वैचारिक भिन्नताका आधारहरुलाई सुक्ष्मसँग केलाएर सरल भाषामा जानकारी दिइएको उत्कृष्ठ बोउदिक लेख।


Where Write woman no Beauty Politics? You, Ambika and Dovan, must be horribly awful misshaped in psycology, as I not know your real Face. When Women win you have jealousy, so women cannot go up. Damn with high heel or soleless shoes or NAKED FEET, whatever a woman in any shape form is beautiful, and had to be admired for. nariharule saundaryako raajniti garunuhunna bhanera timiharuko shashtra maa lekheko rahechha?


good work


Post a comment






Announcement
We will soon be migrating from Movable Type platform to WordPress platform. Expect NEW look, features, and food for thought. Your hits are appreciated.
gallery.jpg
Recent Comments

Recent Posts
This page has been visited free hit counter times since 5th September 2006.