बुझाई
By: Bishwa Nath Aryal
March 27, 2007 | Join the discussion (1)
Times Viewed
बुझ्दैमा सब बुझ बोझ हुन गो
बुझेर बुझ्ने कति?
बुझ्ने के र कसोगरी बुझिलिने
बुझ्लान बुझाए जती?
कहाँबाट शुरु गरी कुन कुरा
कहाँ पुगी टुङिग्ने?
बुझेको जती नै यथार्थ कसरी
कसलाई बुझाईदिने?
बुझ्ने बुज्रुक् भै बुझेर बुजियो
अबुझ अबुझनै रह्यो
बुझेझै गरी बुझ पचाइ कसले
कस्को पो के लाभ गर्यो
बुझ्ने चाँही बुझ्यो गुन्यो अनि भुल्यो
आँफै महाँ मस्त भो
नबुझ्ने कति क्यै बुझे झै गरी
फाइँफुट्टी गर्दै रह्यो
बुझ्ने को पहिचान फरक नभएमा
बुझनाको के सार रह्यो?
बुझ्दैमा कही क्यै हुने नभएमा
बुझ्दै नबुझ्दा भयो
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/460Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
Comments
too difficult to decipher and if u understand this u will come to know what life is
By: kapil | March 27, 2007 04:23 AM