गजल
By: Mabi Singh
December 18, 2006 | Join the discussion (0)
Times Viewed
नयाँ ऋतुमा फेरि फुल्यो पूरानो गुलाफ
बेयाम रहेँ म रेशममा रङ्गेको गुलाफ !
खस्ने डरले समतल खोजेर हिडियो,
ठाडो भीरमाथि फुल्दिए रातो गुलाफ !
मलाई पनि नरम हुन करै लाग्यो
पत्थर फुटाली फुल्यो कमलो गुलाफ !
पत्र-पत्र होइन सुखका तह-तह भन्थे
धुजा देख्यो दोषी दृष्टिले सिङ्गो गुलाफ !
तिम्रो इच्छा अघि तकर्हरु केही न केही
कालो नीलो हुन बाध्य सेतो मेरो गुलाफ !
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/295Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!