गजल
By: Mabi Singh
December 17, 2006 | Join the discussion (0)
Times Viewed
फेरेको लुगा सच्चा कांचुली निस्कियो !
शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो !
दरबारमा आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !
हुनु भयो गाईजात्रा अलंकारको
ट्यूनीकबाट दुबै बाहुली निस्कियो !
कर्म काण्डको कारण कठै कहिन,
पगरिको टुप्पाबाट शुली निस्कियो !
हाँक धाक रवाफ सुन्दा सिंहै भनें
घाईते स्याल भन्दा मामुली निस्कियो !
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/293Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!