गजल
By: Mabi Singh
July 26, 2006 | Join the discussion (0)
Times Viewed
पछि लाग्दा भाग्ने छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने छाया जस्तो चाला !
बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला !
गढी बस्यौ मन भित्र यति सारो
सोच्ना साथै जाग्ने छाया जस्तो चाला !
आर्का माथी भर पर्दै कति बाँचु ?
जिजी-बिषा माग्ने छाया जस्तो चाला !
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/64Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!