गजल
By: Mabi Singh
April 06, 2006 | Join the discussion (0)
Times Viewed
तापे तापुन् बल्ने खोडमा सबैजाना ।
पोले पोलुन् ताप्ने होडमा सबैजाना ।
बलियो सांठगांठ छ सजिलै नटुटेका
देखे देखुन् बिछोड, यो जोडमा सबैजना ।
सिधा हिडेरै गन्तब्य पुग्छु कसैगरि
कुरे कुरुन् भाड्न मोडमा सबैजाना ।
चिन्तन मननमा उज्यालो भबिष्य छ
दुखे दुखुन् बर्तमानको तोडमा सबैजाना ।
न किन्न सक्छन् न त लिलामै हुन्छु
बोले बोलुन् मूल्य करोडमा सबैजाना ।
तिन्का आखै आधा, म जे भरेको देख्छु
हांसे हांसुन् मेरो निचोडमा सबैजना ।
-मबि सिह
बष्टन
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/10Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!