Home About UsContact Us
...illuminating the fog that surrounds us
Archive :

Regd. Bloggers
(38)
(28)
(28)
(27)
(25)
(17)
(16)
(15)
(12)
(11)
(9)
(6)
(5)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
Be a Blogger
« Jagati to Kakrobari to Sanga Hike | Main | The Victory »

संघर्षकी प्रतिमूर्ति मन कार्की


By: EverestUncensored Correspondent

February 08, 2007 | Join the discussion (0)

संघर्ष जीवनको अर्को नाम हो । सबैले आफ्नो जीवनमा संघर्ष गरेका हुन्छन् । यस्तै एक संघर्षशील नारी र संघर्षकी प्रतिमूर्ति मन कार्कीको जन्म वि.सं. २०३२मा भक्तपुरको चाँगु गा.वि.स.मा भएको हो । सानो छँदा गायिका बन्ने लक्ष्य लिएकी मन हाल आएर कानूनव्यवसायी भएकी छन् । बाबुको प्रेरणाबाट अधिवक्ता भएको बताउने मन बाबुलाई आदर्शको प्रतिमूर्ति मान्दछिन् । हाल उनी भक्तपुरको एउटा ल र्फममा काम गर्दै आएकी छन् ।


महिलालाई कुनै पनि पेशामा लाग्न कठिनाइ छ । उनले पनि थुप्रै बाधा अड्चन भोग्नु पर्यो । थोरै महिलाले मात्र ...पढ्न पाउने समाजमा कानून विषय लिएर पढ्नु निकै ठूलो कुरा थियो । घरदेखि निकै टाढा क्याम्पस भएकाले विहान ४ बजे उठेर पढ्न जानुपर्ने त्यो पनि सल्लाघारीसम्म हिडेर । यस्तै क्याम्पस जाने क्रममा धेरै चोटी बाघसँग जम्का भेट भएको कुरा उनलाई सम्झदा पनि डर लागेर आउँछ । पढाइको साथसाथै अनुभव पनि यस पेशालाई चाहिने भएकाले उनले दुई वर्षसम्म अरुको र्फममा काम गरिन् । यसको दौरान उनले काम गरे पनि पैसा नापउने, कडा परिश्रम गर्नुपर्ने र पुरुष कानूनव्यवसायीबाट यौन शोषणको प्रयास हुने तीतो अनुभव बताइन् । यस पेशामा लागेपछि समयको ख्याल नहुने र राती राती घर र्फकनु पर्ने बाध्यताले गर्दा समाजबाट विभिन्न लाञ्छना लाग्न पुग्ने कुरा पनि उनी सुनाउँदछिन् । कति पटक गाउँमा आप\mनो कुरा काटेको सुन्दा पनि उनी त्यसलाई वास्ता नगरी पछि केही गरेर देखाउने दृढ विश्वास लिएर आप\mनो कर्तव्यपथमा लागी रहिन् । उनी यस पेशामा लाग्न घरपरिवारको अत्यन्तै सहयोग चाहिने कुरा बताउँछिन् । न्याय दिलाउने यस पेशाामा उनले अंश मुद्दाबाट प्रवेश गरेकी हुन् । यस मुद्दामा उनले सासूको नाममा बकसपत्र भएको सम्पत्ति खोतलखातल गरी बाजेले छोरा खराब भएकोले बुहारीको नाममा गराएको तथ्य पत्ता लाइन् । यसरी त्यो पैतृक सम्पत्ति भएकाले बुहारीलाई दिलाउन सफल भएकी थिइन् ।

नेपाल बार एशोशिएसनको सदस्यसमेत रहेकी मन अहिलेको अन्तरिम संविधानलाई राम्रो रहेको तर नारीलाई पहिलाको जस्तै कुण्ठित पारेको धारणा व्यक्त गर्दछिन् । जसरी रथको दुवै पाङ्ग्रा बराबर नभइकन ग्ड्न सक्तैन त्यसरी नै देश चल्नको लागि पनि महिलालाई ३३% नभई ५०% सहभागी गराउनु पर्ने विचार व्यक्त गर्दछिन् । अन्त्यमा महिला वर्गलाई संघर्ष सँग नडराइकन अगाडि बढ्न आह्वान गर्दै उनी अब लोग्नेले पाल्छ भन्ने मानसिकताबाट मक्त भई आप\mनो खुट्टामा उभिन सबै महिलालाई आह्वान गर्दछिन् ।

(The profiles in this series appear by the students of Mass Communication and Journalism at Madan Bhandari Memorial College Ratopul, Gaushala prepared as class room project. With a view to provide platform to the young writers and promote their writing skills, Everest Uncensored posts some of the exemplary profiles here.)
This Profile is prepared by Bhawana KC.



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/399

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Post a comment






Recent Comments

Recent Posts
Visitors: