गजल
By: Mabi Singh
February 04, 2007 | Join the discussion (0)
नामै लिन बिर्साउंदाको पीडा थाहा पाएं !
सभाबाटै हटाउंदाको पीडा थाहा पाएं !
तिम्रो बयान गर्न भएको जमघटमा
बिना निम्तो चियाउंदाको पीडा थाहा पाएं !
चूलीमा के एउटा पाईला चिप्लेथ्यो यस्सो !
भीरबाट लडाउंदाको पीडा थाहा पाएं !
घाउले छोपेको भाब रहित अनुहार,
नलठ्याई सिलाउंदाको पीडा थाहा पाएं !
परालको रासमा सियोको खोजी भएन
भीड भित्र हराउंदाको पीडा थाहा पाएं !
पशुत्वमा कमी आए पछि चित्कार सुनें
बल्ल मलाई रिझाउंदाको पीडा थाहा पाएं !
छातिबाट धूवां निस्केर मात्र सन्चो भयो,
ज्वालामुखी ...
लुकाउंदाको पीडा थाहा पाएं
TrackBack
TrackBack URL for this entry:
http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/391Technorati Tags:
Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!
