Home About UsContact Us
...illuminating the fog that surrounds us
Archive :

Regd. Bloggers
(37)
(28)
(27)
(27)
(25)
(17)
(16)
(15)
(12)
(11)
(9)
(6)
(5)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
Be a Blogger
« यो अमेरिकामा - १ | Main | Fuelling the fire in Terai »

यो अमेरिकामा- भाग दुई


By: Mabi Singh

January 28, 2007 | Join the discussion (0)

यो अमेरिकामा- भाग २

कन्फरेन्सको शिलशिलामा चार दिन वासिङ्टन डि सि मा पश्चिमी खाना खांदा खांदा मलाई दाल भात खान निकै तलतल लागि रहेको थियो ! सांझको ब्याङ्क्वेट डिनर छाडेर कनेक्टिक आभेन्यू छिचोल्दै म डुपोण्ट सर्कल पुगेर चाईनीज, जापानीज, कोरीयन जहां भात भेट्छु त्यहि खान्छु भनेर खोज्दा खोज्दै एउटा ईन्डीएन रेष्टूरां भित्र छिरें !

भित्रको डेकोर देख्दा पाच छ बर्ष पहिले त्यहि ठाउंमा पूरानो साथी राज काम गर्ने याद आयो। राज वेटिङ् गर्थ्यो ! र मलाई राज त्यहि ठाउंमा अझै छ कि छैन भन्ने कौतुहलता जागेर आयो ...


...।नभन्दै राज एउटा मेनु बोकेर म तिर आए ।
“अहो राज के छ ?”
“अनि तिमी कताबाट नि ?”
“म यहा कन्फरेन्समा आएको, चार दिन भो भात खान नपाएको त्यसैले यता तिर छिरेको….सुनाउ न अरु के छ ?”
“त्यस्तै हो रेष्टुरेण्ट चलाउन निकै गा-हो हुंदो रहेछ….बिहान देखि राति सम्म खट्नु पर्दो रहेछ…पहिला अरुकोलागी काम गर्दा पो केहि मतलब हुन्थेन, अब आफ्नै भए पछि त रात दिन गर्नै प-यो नि…”
“ए तिमीले यो रेष्टुरेण्ट किनि सक्यौ ?” मैले सोधें !
“अं पहिलेको वोनर ले यहिबाट गर..ग्रीन कार्ड गरिदिन्छु भनेर यहि चार बर्ष दु:ख गरें । बचेको पैसा जति लयर लाई तिर्दै ठिक्क थियो तर अचेल राम्रै भै राखेको छ, दु:ख र टेण्सन चाहि निकै हुंदो रहेछ ।”
“त्यसो त सबै काममा स्ट्रेश र प्रेसर त भई हाल्छ नि । कस्तो चलि राख्या छ त? ” मैले सोधें ।
“ पहिले भन्दा त राम्रै छ । पहिलेको वोनरलाई गा-हो हुन थालेको थियो । मान्छेहरु रिटेन गर्न गा-हो..फेरि एकजनाले सिक कल गर्दिए पछि सबैलाई असर पर्ने…र गार्हो भएर बेच्न खोज्दै थिए । नबेच म चलाउछु भनें । उ त आजीत भैसकेकाले हुन्छ भने । बरु तैले किन र चलाउ तर पैसा एकैपल्ट दिनु पर्दैन, बिस्तारै तिर्दै जाउ भनेर कागज गरि दिए ! सबै पैसा तिरि सके पछि मात्र मैले यो रेष्ठूरांको नाम फेर्न पाउने शर्त छ ।“
“राम्रो भएछ त ।”
“म त आफूलाई भाग्यमानी नै ठान्छु ।” उनले भनें र एकछिन है भन्दै नँया आएका कस्टोमरहरु तिर लागे !
“हेरन आफैले पनि गर्नै प-यो, नभए त…के पिउछौ? ”
“बियर छ ? ”
“पूरा बारको लाईसेन्स छ । किङगफिसर पिउछौं ?”
“हुन्छ, ईण्डीयन बियर नै खाम् न त “ मैले भनें !
“ए श्याम, दुईटा किङगफिसर, चिकन टिक्का, पकौडा लिएर आउ त ।”
मेले उस्को स्वरमा एउटा म्यानेजर र वोनर भेटें ।
“राम्रो ठाउंमा रहेछ” मैले फेरि कुरा शुरु गरें !
“अं रिएल ईष्टेटमा लोकिशन्, लोकिशन् भने जस्तै रेष्टुरेण्ट पनि लोकिशन् मै भर पर्दो रहेछ ! सर्भिस दिन सक्नु पर्दो रहेछ चल्दो रहेछ ! भाई सेफ छ, र अरु सबै नेपाली नै राखेको छु ! आफूलाई परेको दु:ख सम्झेर सबैलाई मैले नै स्पोन्सर र lawyer fee तिरि दिएको छु !”
“ए राम्रो गरेछौ !”
“रेष्टुरेण्टको पनि झण्डै आधा जस्तो तिरि सकें । पहिले नहुंदा पनि चलेकै थियो, अहिले चार पांच दोब्बर ईनकम हुंदा पनि मोर्टगेज, गाडीको लोनले गर्दा क्याश चाहि निकै टाईट छ ।”
“ ए कहां किनेका छौ नि घर ?”
“मानाससमा…तीन हजार स्क्वायर फुट छ ।”
“बिहे ग-यौ त?”
“गरें एउटा छोरा छ ..दुई बर्षको”
“लौ तिमीलाई कति चीजको बधाई दिनु !” भन्दै थिएं तातो बास्मति चामलमा घिउको बास्ना र चिकन करि आई पुग्यो ।
“ल तिमी इन्ज्वाई गर..क्वालीटीमा कम्प्रोमाईज गर्दैनौ है हामी…. म यस्सो उता तिर हेर्छु ” भन्दै उनी लागे !
आखीरमा मैले बिल तिर्न खोज्दा मान्दै मानेनन् । तर मैले सम्झाएर भनें “हेर मेरो एक्सपेन्स सबै रिईम्बर्श हुन्छ, तिम्रो बिजिनेसमा यस्तो जेनेरोसिटि भयो भने डुब्ला फेरि.. बरु अर्को पल्ट आउंदा घरैमा आऐर खाउंला ! ”
निस्कदा निस्कदै मैले सोचें “मिहेनत, लगन लगायो र धैर्य भयो भने समय त लाग्छ तर
फल चांहि मिल्ने रहेछ यो अमेरिकामा ।”



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/379

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Post a comment






Recent Comments

Recent Posts
Visitors: