Home About UsContact Us
...illuminating the fog that surrounds us
Archive :

Regd. Bloggers
(37)
(28)
(27)
(27)
(25)
(17)
(16)
(15)
(12)
(11)
(9)
(6)
(5)
(5)
(5)
(5)
(5)
(5)
(4)
(4)
(4)
(4)
(4)
(4)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(3)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(2)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
(1)
()
Be a Blogger
« Hair | Main | यो अमेरिकामा- भाग दुई »

यो अमेरिकामा - १


By: Mabi Singh

January 27, 2007 | Join the discussion (4)

"ए तपाई नेपाली हो?" पछाडीबाट मेरो कांधमा हात हाल्दै एउटा आवाजले सोध्यो ! रेलमा सिधै कांध माथी हात हालेकोमा अनौठो लागेको थियो तर मैले “हो” भनें !

"ए बडा खुशी लाग्यो, मेरो नाम “राम” ! यो अमेरिकांमा पनि रेड, ग्रीन लाईनको रेलमा टन्न नेपाली भेटिदो रहेछ ! हिजो अस्ती नि भेटें ! नेपाली केटीहरु रहेछन् ! कस्तो फोहोर फोहोर कुरा गरेर बस्ने नि यो अमेरिकामा ! नेपाली केटाहरू त हेर्नै न लाग्दैन पो भन्छन् है यो अमेरिकामा ! म नि तिनीहरुका कुरा नबुझेझै गरेर सुनि रहें ! म तिर हेर्दै त्यो मोरो मदिसेले कस्तो ...


हेर्या पो भन्दा रहेछन् ! हैन अमेरीकांमा आउनु भा’को कति भो?"

"चार बर्ष जति भो !"

"ए यो अमेरीकांमा म आएको ठ्याक्कै एक बर्ष पुग्न आट्यो ! यो अमेरीकामा त दिन पनि कति छिट्टो बित्दो रहेछ ! यो अमेरीकामा आएको हिजै जस्तो लाग्छ ! अनि बसाई कता तिर नि ?"

"नेटिकमा बस्छु!"

"कता हो नेटिक भन्या ? सत्ते अमेरीका आए देखि कंहि गा’भए ! फेरी प्लेनमा चढ्दा आई डि चाहिने रहेछ ! यो अमेरिकामा गाडी नभई केही गर्न पाए त हो ! कति बिशाल रै’छ हो यो अमेरीका त ! अनि अमेरीकामा तपाईको हरियो पत्ता छ?"

"के हो हरियो पत्ता भनेको ?" मैले सोधें !

" अमेरीकाको ग्रीन कार्ड के ?"

" परमानेन्ट रेजीडेन्सी छ !"

"के के हो के के यो अमेरीकामा ! त्यसो भए तपाईको कागज भा’को कि नभा’को यो अमेरीकामा ?"

"लिगल हो ! अनि तपाईको नि ?"

"आफ त तेही हो ! आर्काको टुरीष्ट भिसामा आईयो फोटो फेरेर यो अमेरिकामा ! यी बसिया छ तैतिकै यो अमेरिकामा ! कुनै दिन समाइए फर्कन पर्ला यो अमेरीकाबाट !"

"अनि कंहा काम गर्दै हुन हुन्छ त ? कलेज तिर लागे त भिसा पाईन्छ नि"

"चार लाख तिरेर यो अमेरिकाको भिसा लिएर आ’को पैसा त पहिले उठाउनु प-यो नि पैला! यो अमेरिकामा का पाउन केही गाह्रो हुन्न रै’छ ! पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! धोती र नेपालीहरुले कम टिप्स दिंदा रहेछन् ! त्यै पनि त्यो *&^% साहुले लिई दिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ ! अहिले स्याण्डबिच पसलां ! गाडि जान्या भए पिजा डेलीभरी गर्न हुन्थ्यो। टन्न टिप्स पो हुन्छ भन्ने सुन्छु ! के को लाज काम गर्न यो अमेरीकामा हैन त, साथी ! अनि तपाई चाहि के गर्न हुन्छ नि यो अमेरीकामा?" सब-वेमा अंगालै मार्ला जस्तो गरेर उनले भने !

"म यूनिभर्सिटिमा काम गर्छु !"

"बसेर गर्ने का कि उठेर? दई थरीका काम हुंदो रै’छ यो अमेरिकामा !"
"कहिले बसेर कहिले उठेर !"

"बसेर गर्ने बेला त हरियो कमाउनु निकै हुन्छ होला नि यो अमेरीकामा ! कति कमाउनु हुन्छ?"

"अलि अलि। ट्याक्स पछि भाडा तिर्न र अरू खर्च गर्दा पुग्छ ! फेरी यूनिभर्सिटीमा र रिसर्चमा बाहिर कम्पनि जस्तो पैसा पनि हुंदैन नि ! त्यहि चालीस पचास हजार बच्ने त हो नी !"

"ए टयाक्स पनि लाग्छ यो अमेरीकामा ? तपाई भन्दा त मैले बढ्ता पो कमाउदो रहेछु !
आफू त क्यासै बाहेक केही गरिन्न, आफू त अमेरीकामा सात सात जना साथी मिलेर बस्या छौ दुई सय लाग्छ महिनाको ! फेरी आफ्नो त ब्रेकफाष्टै स्याण्डविच, लन्चै स्याण्डविच, डिनरै स्याण्डविच यो अमेरीकामा ! डेरामा कोही साथीहरू भात पकाएर खान्छन् बिजुली बालेर ! आफू भने बिन सित्तीमा बिजुलीको पैसा मात्र तिर्न पर्छ ! आफूले त यो अमेरीकामा आधा धण्टा बत्ति बाल्या भए त के ! बिहानै उठ्यो.....काममा गयो... सुरङ्गै सरङ्ग राती फर्केर आयो सुरङ्गै सुरङ्गै... यो अमेरीका भनेकै सुरङ जस्तो लाग्न थाल्या छ ! बरू तपाईलाई नि भोक लाग्या होला, स्याण्डविच खानु हुन्छ ? चिकेन नि छ, रोष्टेड बिफ नि छ ! यो अमेरीका बसे पछि बिफ पनि दिन पर्यो नि ! बाहून हिन्दू भनेर कहा साध्य ? झोला म तिर फर्काउदै भन्यो !"

"हैन म मासु खान्न !"

"यो अमेरीकामा पनि थुप्रो मान्छेले नास नखादो रै’छ ! भेजीटेरियान नि छ, मशरूम गोट चिज वाला। भोली ब्रेकफाष्टलाई भने र ल्या’को, बिहान बिहान के मासु खान भनेर ! आफू त खांदा खांदा हैरान। पेट त पानी मात्र पिए पनि बढ्ने रे’छ यो अमेरीकामा !"

"मेरो साउथ स्टेशन आई पुग्यो लागें है " भनेर जानै के लागेथें "लानुस् लानुस्" भनेर मेरो हातमा एक पोका स्याण्डविच थम्याई दिए यो अमेरीकामा !



TrackBack

TrackBack URL for this entry:

http://www.everestuncensored.org/cgi-bin/mt-tb.cgi/378

Technorati Tags:

Add to Del.icio.us | Digg it | Add to Slashdot | Add to Y!

Comments

Great! I enjoyed reading it. Please write more and make it a series. You are poetic and flow is very smmoth and natural.

Rudra


हैन कस्ता कस्ता पनी अमेरीकामागा भंथे तेस्तो पो गरेर जान्दा रैछन! मेरी बास्सई!!!

अच्म्माको पो रईछ त यो अमेरीकामा पनी मेरी बास्सई!!!


Hi Mabi - you are offending a lot of hard working Nepali in Boston area. So what, if they work for Indian Restaurant and Sandwich shops? At least, they do. Let us appreciate that and accept the reality. We should learn to salute those we work instead of making fun of their life style.

I am sure you intent is nto that. Many of us know that you are a good person. I just wanted to make note, in case.


Well. Typical Nepali in Boston. I hear your concern.

This is based on real encounter and the character may have representated some segment of population and I am not trying to make fun of their nature of work. But trying to portray a scenario of "real life" is US and not denying the facts.

He himself revealed that no work is small or big. He does not mind what he is doing to survive and save some money.

And going through such hard times are necessary to become successful in later life.

I myself went through some low paying jobs despite my professional degree and I am proud that I did it.


Post a comment






Recent Comments

Recent Posts
Visitors: