Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    संसारलाई नीहालेर हेर्दा

    शीर्सक: संसारलाई नीहालेर हेर्दा
    पात्रहरु: धर्म भक्तमाथेमा, दस्रथ चन्द, गंगालाल श्रेस्ठ, सुक्रराज सास्त्रि

    सांझपखको करीब 5 बजेको छ। चैत्रको महीना हल्का हल्का हावा चलीरहेको छ। गर्मीले गर्दाहोला सांझपख चहल पहल नै हुने गर्छ माईली दीदीको चीया पसलमा। चारजना युबकहरु पनी लम्कीदै कुरा कानी गर्दै तेही चीया पसलमा आईपुगे अनी एउटाले एसो पसल तीर फर्केर दीदीलाई ईसारागर्दै भन्यो

    धर्म : दीदी 4 वटा चीया

    फेरी बिस्तरै साथीहरु पटीनै फर्केर

    धर्म : ए सांची गंगा त कालो हो क्यार हैन। गंगा : हो ब्रो… सुक्रराज : म चाई लेमोन खान्छु
    फेरी दीदी तिरनै फर्कदै
    धर्म : दीदी 2 वटा दुध, 1 वटा ब्लयाक र अर्को चाई लेमोन है …
    अर्ड्रर गरेर बेन्चीमा गफ गर्दै चीया पर्खदै छन्। म चाई नजीकै चीया खादै साथीको पर्खाईमा थीए। सायद यो उनीहरुको एउटा दीन चरीयानै बनीसकेको छ।

    दस्रथ : खै यार… हीजो तियो ए.ए.आई.बी.सी. मा वायो छोडन गरको बोलाय त हुनुसम्म हुन्थीयो। 3-4 बर्सको एक्स्पीरीअंन्स खोजेको छ। के हो के ….?
    गंगा : तेहीत कामनै नपाईकन एक्स्पीरीएन्स कताबाट हुनछ त? यो कम्पनीहरुले पनी के गर्ने देशकै स्थीती खत्तम छ। जसले जे गरे पनी हुनछ यहा। नेपालको कानुन दैवले जानुन्। सोच्दै गयो भनेत औडाहा हुनछ।

    पुर्ब तीर वाट एउटा कलेज पढने केटी मोबाईलमा कुरा गर्दै माईली दीदीको पसलवाट पास भईन्। चीया खाईरहेका सबैको मुनटो उनी तीरै फर्कीयो।

    गंगा : अनी अब कहीले बोलायको छ नी?

    उ अज़ै पनी तेतै फर्कीएको छ। ध्यान मग्न भयर हेरीरहेको छ। खै के सोचमा छ केटो कुनी?

    गंगा : ओई… दस्रथ…

    एक्कासी गंगाको आवाज सुनेर फरक्क पहीलाकै स्थीतीमा टाउको फर्काउदै।

    दस्रथ : केरे?

    गंगा : अब ए.ए.आई.बी.सी.ले कहीले बोलाउछ त भने को नी?
    धर्म : खै कती बेरलगायको यार चीया लीएर आउन पनी…? अब के बोलाउला नी? दस्रथ तीम्रो कुनै ज्याक छ? नत्रत भित्र भित्रैवाट आ-आफ्नै मानछे रखीहाल्छ होला नी…उनीहरु ले पनी त क्म्पनी चलाउनै पर्यो नी… हा… हा.. हा… नेपाल त हो…!!!

    दस्रथ : छैन यार…आफ्नो चीनेको मान्छे भयको भय अहीले येस्तो दीन आउथीयो र!!!

    उ पनी त तेतै फर्कीएको थीयो बीस्तारै पहीलाकै स्थीतीमा टाउको फर्काउदै भन् छ।

    सुक्रराज : मोज छ है!!! तेसलाई पनी… बाउले टन्न्न कमाए कै छ!!! के भयोर जे गरी हीनेपनी भयो नी? मैले थाहापाय देखी बाउ भंसारमा छ। यार गजब छ गजब हरी अंकलकै कुरालाई लीएर मेरो घरमा पनी बाउ र आमाको बबाल हुन्छ बेला बेलामा… बबाल। रमाईलै छ नी जीन्दगी हैन… के गर्नु आफ्नु बाउ परे सीदान्तबादी…. अनी आमालाई घर चलाउदाको सास्थी…

    कुरा गर्दा गर्दै बीचरो खुब भाभुक भयो तर उस्को कुरा र त्यो भाभुक पनको सायदै साथीहरु कसैलाले बीचार गरे… महीले सबैलाई नीहालेर हेरे… अनी पाए सबै आ-आफ्ना भाव्नामा हराएका थीय र सबै एकै चोटी स्थब्द पनी भय।

    …. मेरो पनी सुन्यमा पुगे छु ….

    बीस्थारै अनी फेरी गफ्को प्रक्रिया सुरु भयो।

    धर्म : तेस्तैले त हो नी देश बीगर्नी… घुसखायो मोज्गर्यो… अनि स्वास्नी छोरछोरीले आराम त ली हाल्छन्नी? बीचरा उनी हरु को पनी के दोसछर… दुख भने को के हो थाहा नै छैन।

    बीचमा मुसुक्क हस्कदै भंन्छन्

    धर्म : यार टन्न पैसा हुनेको छोरछोरीलाई त आज मोबाईल नया मोडलको आयो रे भने पछे टेंन्सन हुंन्छहोला है!!!
    सबैले एकै शोवरमा …..

    सबै: हा हा हा हो हो तेस्तै हो ला है …

    दस्रथ : यार सांची म हीजो पशुपती गयको थीय़ है। सांझमा एसो 4 दोका खोले पछी आरती हुंन्छ दर्सन सर्सन गरुम्नत भनेर। फुल सुल पनी कीनी 50 रु थीयो बीहान आमा संग मागेको । अब जागीर छैन … हा…हा…हा… 5 रुपैया भेटी राखी अनि भ्ट्टलाई दीयकोत हात्ले एसो पंछाईदीयो अनि भुईमा खस्यो…. मेरो संगै एउटा माडे थीयो … तेस्कोचाई लीएर अझ चन्दन सन्दन दीयर क्या र्याक लाग्यो भनी …अनी रीस पनी उठयो… साला… जागिर नभय पछीत मन्दीरपनी नगय हुनी भयछ।

    सुंतली : दाई चीया…

    सबैले चीया हात हातमा समाते अनी एउटा छई चुरोट कीनेर सल्काउन गयो। अर्को चाई संगैको टेबुल तान्दै चीया राख्यो अनी सबै तेही टबुलमा जम्मा भए।

    सुक्रराज : पशुपतीको बजेट राम्रो संगमीलायो भने त हाम्रो देशकै बजेट चल्च भंछन्नी है?

    धर्म : तेस्तै त हो नी यार… सबै साउथ ईंडीएनहरु राखेको छ। नेपालमा खररा गुरुहरु नै छईनंत भनेको?

    गंगालाल : खै मैले सुनेकोत पैला पैलाको भ्ट्टहरुको त 2-3 वटा 5स्टार होटल छरे ईन्डीयामा

    दस्रथ : होला होला… सबै पेट ताक्ने त हो नी?

    करीब करीब सबैको चीया पनी सकीसकेको छ तर अजैमेरो साथी भने आईपुगेको छैन। म चाई उनीहरुकै कुरामा मग्न छु। अब घामलाई पनी बिसथारै बीस्थारै जुंन्ले थीच्न थालीसकेको छ। साथ छोड अनी आ-आफ्नु गंतब्य तीर लाग भन्ने संकेत पाएरनै होला साएद।

    धर्म : ए 7 बजी सके छ जाम्यार बुडीले मार्छे ।

    सुक्रराज : हे मुला… बस न बस के भोत 7 बजे र अनी बुडीपनी त आफ्नै हो नी कीन डराएको?

    तेतीसुने पछी जुर्मुरीएर उठीसके को केटो फरी बस्यो। हाथमा बधेको समय हेर्न चाही छोदेको छैन।

    दस्रथ : के नै गर्नु छ र घर गयर पनी? रात भरी मलाई त नीन्द्रा पनी लाग्दैन। खै एउटा जागीर पाय पनी कस्तो हुने थीयो।

    धर्म : येस्तई छ यार सबैको कहानी!!! जागीर न पाय सम्म जागीर कसरी पाउला भने टेनसन… जागीर पायो आमालाई छोरोको बीहे गर्ने हतारो… बीहे गर्यो फरी कमाई नपुग्ने… अनी आफ्नै छोरछोरीको स्कुलको फीस अनि के के हो के के यार… बेहाल छ यार बेहाल …।

    सुक्रराज : सारा संसार पैसामै अडीएको छ यार। पैसा छ भनी आफंतले पनी ओहो बाबु बस बस खाना खाएरजा भंछन् अनी मासु सासु पकाएर खोवाउछन् पैसा छैन अनि जागीर छैन भनी चाई चीया खान पनी सोध्दैनन्। संसार अपरम्पार छ।

    यती भन्दै सबै आ-आफ्नो चीया पचायर गंतब्य तीर लाग्न थाले

    धर्म : ल… ल.. लागुम् यार अब त ढीला नै भयो!!! के गर्नी जती कुरा गरे पनी कुराकै दु:ख हुंछ येस्थै हो जेन्दगी

    दस्रथ : ल ल वाई

    गंगालाल : वाई

    सुक्रराज : वाई यार अब फरी भोली यहीत हो ला नी? हैन

    धर्म : दीदी पैसा लीनोस

    एकै छीन म पनी सोचमा परी र आफ्नो सबै टेंसनको लिस्ट केलाउन थाले। साथी ले पनी नीकै कुराय पछी बल्ल बल्ल आयो.. अनी म पनी आफ्नो घर तीर लागे।

     Rate this Post:
    (No Ratings Yet)
    Loading ... Loading ...

    Comments

    3 Responses to “संसारलाई नीहालेर हेर्दा”

    1. mirrorNo Gravatar Says:

      I would appreciate the effort to bring the tongue (jharro nepali bhasha) on the paper.

      (Report comment)

    2. VishNo Gravatar Says:

      Whether i shall be in shape or not, you are trying for good though, world is a big place and big place is made of many things and others thing emerge from being in place. That’s why someone has said once: “Chaos is inherent in all compounded things. Strive on with diligence.”

      (Report comment)

    3. nabarajNo Gravatar Says:

      dami chha binaya jee… keep it up

      nabaraj

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It