Hiking from Bimalnagar to Siddha Cave
Hiking Route: Bandipur – Siddha Cave
Date: July 18/19, 2009 Saturday/Sunday
Duration: 2 days
Distance: 4 km (Bimalnagar to Siddha cave)
Hike Coordinator: Bahadur Singh Baniya
Participants: Babins Shrestha, Bahadur Baniya, Binod Gyawali, Jeevan Basnet, Milan Shrestha, Pradhyumna Kumar shrestha, Raghu Rajbhandari, Rajendra Banjade, Santosh Pradhan, Ujjwal Dhamala(Alumni)
Photos: Santosh Pradhan, Milan Shrestha, Rajendra Banjade
Caption: Babins Shrestha, Jeevan Basnet
Report By: Santosh Pradhan
Geolocation: located at 27.56 N, 84.25 E and an elevation of 1030m on a mountain saddle (Mahabharat range) approximately 700m above the Marsyangdi River Valley, 143 km to the west of Kathmandu and 80 km to the east of Pokhara
शुरु गरौं यो hikingका हुन नसकेका co-ordinator श्री पवन पोख्रेलबाट । हप्तौ अघिदेखिको प्लान – दुई दिनको लागि बन्दीपुर जाने अनि मोज गर्ने केटा हो !!! सब गर्योf उसले रुट मिलायो, फोटो खोज्यो, mail पठायो, कसलाई लाने कसलाई कसरी फकाउने लिस्ट बनायो । जाने बेलामा चै tetanus को सुइ लगाएर थला पर्योो । अब How do you ‘really’ want something somebody please ask Mr. Coelho. लिस्टमा अरु पनि फेरबदल भए, आउने नआउने ठेगान नभएकाहरू झोला बोकेर आए, आउछु भन्नेहरू हराए; कलंकीमा एक जना चढेपछि जम्मा जम्मी ११ जना यात्री भए, ड्राइभर सिटमा बसेका रामदाइ समेत । सर्वविभागिय चै भएन, अब घुम्न जाने कुरामा पनि के समानुपातिक खोजि भो र । सिङ भएको बहादुरले पवनको ठाउ लिने भयो, बन्दीपुर नगई सिधै पोखरा हानिने प्रस्ताव पनि आयो तर तेस्तो भएन । नौबिसेमा चिया नास्ता गर्ने बेला एउटा Greenline बसले उछिन्यो, त्यो कुरा हाम्ले फोनबाट थाहा पायौं । चना चिउरा, मासु चिया, कोक, फ्यान्टा – बिल नं १, रु ७२०, नाम सन्तोष भएकोले हिसाब किताब मेरो जिम्मा ।
अर्को स्टप विमलनगर, सिद्ध गुफा भएको ठाउँ, त्यो बेलासम्म रामदाइ सर्वसम्मतिबाट co-ordinator नियुक्त भै सक्नु भएको थियो । गुफा पुग्न अलि उकालो लाग्न पर्ने रैछ, मध्य घाममा उकालो चढ्न पर्ने भो । बुढो भइएछ भन्ने थाहा भो । फटाफट हिड्नेहरू अघि लागे हामी चै पछि पछि पसिनाले नुहाउदै चढ्दै । Heart beat १२०/१४० पुग्यो होला । बाटोमा एउटा खैरे भेटियो, मभन्दा अघि हिड्ने जीवनलाई नमस्ते गर्योद, पछि हिड्ने बबिन्सलाई नि गर्योन मलाई चै गरेन, मोरोले पाँच मिनेट छ भन्थ्यो । तेस्ता ५ मिनेट त छाया पर्याो ठाउँमा कति बसियो कति । गुफाबाट शीतल हावा आउने रैछ, माथि पुगे पछि थाहा भो Corollary 1 Fan भित्र पनि गुफा हुन पर्छ ।
दुई पाउ, चार पाउमा चिप्लदै, लड्दै गुफाभित्र पुगियो । लड्नेहरूमा Lord of the rings 4 का डाइरेक्टर साब नि हुनुहुन्थ्यो । हामीमध्ये तेस्तो फोटोग्राफर भनाउदो कोही थिएन, त्यो त फोटो हेरेर नि थाहा भैहाल्छ, अफिस क्यामको flash नि बिग्रेको थ्यो, कहिले काही मात्र चल्ने ।
गुफा पछि बन्दीपुर – सफा निलो आकाशमा कतै कतै बादलका स साना टुक्रा, यतातिर धुलो नि नउड्ने रैछ, गाडीको ac बन्द गर्नै परेन । बबिन्स बाटोमा खसेका तारा गन्न खोज्दै थियो, रघुले दिएन । ‘मुटु यति कमलो नभइ ढुङ्गाको गोला भैदिए …’ यो गीतलाई बज्नबाट न kHzमा गीत फेर्ने बबिन्स रोक्यो, न 10 kHzमा गीत चेन्ज गर्ने रघुले नै ।
बन्दीपुरलाई बन्दीपुर किन भन्दा रैछन चै थाहा भएन, भक्तपुर जस्तो लाग्यो मलाई चै । नेवार र तामाङ(?) बस्तीमा ढुङ्गा छापेको भुइँ, पुराना शैलीको घरहरू, पर्यटन प्रवर्धन गर्ने व्यवसायीहरू । रामदाइलाई कता कताको फोटो खिच्ने सब थाहा छ, फोटो सोटो खिचियो । आफ्नै देशमा घुम्दा सबले टुलुटुलु हेर्दियो भने सारै अप्ठेरो हुन्छ तर त्यहाँकालाई बानी परिसकेको जस्तो छ, तेस्तो खासै क्यै भएन । अब पोखरा, पछिल्लो हप्ता जस्तो क्यै unexpected चै थिएन यो, बन्दीपुर पुग्नु नै चै unexpected थ्यो कि बरु ।
७ बजेतिर पुगियो होला, पोखराको लेकसाइड ठमेल जस्तो लाग्छ मलाई, यसो अगाडि गएर दाहिनेतिर लाग्यो भने घरै पुगिने जस्तो, त्यहाँ चै तेस्तो गर्दा फेवाताल पुगियो डुङ्गाहरू राख्ने ठाउँमा । We tried beeing busy, जुसहरू खाइयो – Pineapple juice, Pineapple juice with milk, with lime, fermented juices served with Live music – Pink Floyd, metallica, eagles and of course Summer of 69. पाँच जनालाई तेति भए पछि खाना खान परेन अरु ६ जनालाई चै भातै नभै नहुने, पहिल्यै अडर गरेको ठाममा गइयो – पण्डित, गणतान्त्रिक, लोकतान्त्रिक सबै खाले खाना थियो, कुन कुन चै खाइयो थाहा भएन तर टन्न खाइयो । केटाहरूले Beer walk देखाए, अनि सुत्नो गए । २ बजेसम्म त गफगाफै चल्दै थ्यो तेसपछि अरु चै निदाए, जहाँ पनि जतिखेर पनि निदाउने एक जना चै निदाउनै सकेन । घरबाहिर खाटमा सुत्न् पर्योन कि यस्तै हुन्छ मलाई निद्रै लाग्दैन, अनि त के साइडमा सुत्नेिको घुराइँ सुन्दै लमतन्न । भोलिपल्ट पोखरा आएपछि नगरी नहुने/नगई नहुने ठाउँहरू मध्ये केही भ्याइयो । अरू ठाउँहरू नि भ्याउने मन थियो होला तर चाँडो घर फर्कन पर्नेहरू हावी भए । १४३० मा जाममा परे पछि ये घुम्न पो पर्ने रैछ जस्तो भयो । खैरेनीका एक जनालाई गाडीले किचेको रैछ, बाइक दुई टुक्रा भाको थ्यो रे, बाटो चै ९ बजेदेखि जाम, कैले खुल्ने ठेगान छैन । बेलाबेलामा मेरो हावा खुस्कन्छ भनेर केही केही थाहा छ त्यो दिन अरू ८-९ जनालाई थाहा भयो । मलाई कुर्दा कुर्दा बेगनासतिर जाने योजनामा तुषारापात भएछ, पोखरातिर फर्कन नि दिएनछन् तेसपछि । सबलाई छटपटी, यता उता ओहर दोहर गरियो, काठमाडौंको न्यू रोडको मान्छेलाई पोखराको न्यू रोडमा पुर्यानइयो फोनै फोनबाट । ४ घण्टापछि जाम खुल्छ, वार्ता सफल भयो होला, पीडितले र बन्द गराउनेले क्षतिपूर्ति बाढे होलान् सरकारी ढुकुटीबाट, थानिय व्यापारीले अलि अलि नाफा कमाए होलान्, शहीदहरूको लिस्टमा एउटा नामै पो थपियो कि, सब थोकको भाउ बढिरा बेला शहीदको भए पनि भाउ त घट्यो ।
आकाशमा कुनै चित्रकारले कूचि चलाएछन् क्यारे बादलहरू देखा पर्न थाले, बाक्लिदै गयो अनि घनघोर पानी पर्योए । छिटै घर पुग्न खोज्दा गाडीबाट काइँकुइँ आवाज आउन थाल्यो र गति अलि सुस्त पार्दै, बिरालोले बाटो काटेको ठाउँमा रोक्दै, रामदाइलाई उघ्न नदिदै १२ बजेतिर २ दिने कथित hiking सकिनै आट्यो । भोलिपल्ट बिहानै ड्युटी हुँदा हुँदै १ बजेसम्म घर घर पुर्याीइदिने रामदाइलाई धेरै धेरै धन्यवाद ।
[piclens-lite-link]
Please click on the image to see its large version.
[piclens-lite-link]
- Featured, Hiking
- |
- View 4,433 Views
- |
- 11 Comments


July 28th, 2009 at 7:44 pm
hiking gako re hiking gareko photo ta yeutai chaina ta
July 29th, 2009 at 9:43 am
Well written report.. “शहीदहरूको लिस्टमा एउटा नामै पो थपियो कि, सब थोकको भाउ बढिरा बेला शहीदको भए पनि भाउ त घट्यो”……
And Pic 32,43….Nice and well composed shots.
July 29th, 2009 at 11:16 am
yasto pani hiking huncha…
sabai afnai team ko lai matra channe..
products ko d2explorer matra chan..
yasta jaghanya aparadhik gati bidhi lai roknu parcha..
natra d2 ko hiking dubnecha..
yasto khale hiking ma mero ghor apatti cha.. ra ma ghor bhartsana gardachu..
July 30th, 2009 at 3:29 pm
गरे गर नगरे नगर, यस्तो हाइकिंग चल्दै जान्छ|
July 30th, 2009 at 4:04 pm
28 Guess who said this liked the d2 slogan
July 30th, 2009 at 4:05 pm
my best hiking …………….
July 30th, 2009 at 4:08 pm
gufa chahi dar laagdo thiyo yaar ..
July 30th, 2009 at 4:09 pm
BEST REPORT ……, gajab chha santosh bro. Keep it up.
July 31st, 2009 at 9:34 am
Report ta daami raicha, but Hiking ma ‘Hike’ garya photo chahi khai ta?
July 31st, 2009 at 4:35 pm
FYI: Pic no #4,#9,#10,#25,#30…seems to be hiking pics Jane…
November 21st, 2011 at 6:52 pm
None…