Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    टाईसुटभित्र अल्झिएको दुःख

    गुड मर्निंग सर ! हाउ वाज योर ट्रिप ? भनेर सफा सुग्घर कपडामा सजिएकि हसिली फरासिली युवतीले सोध्दा होटलमा बस्न आउने बिदेशी वा स्वदेशी पाहुनाहरु आत्मीय भावनाको आभासका साथ खुशी हुन्छन । पाँच तारे होटलदेखि ताराबिहिन होटलहरु लगायत पर्यटकीय क्षेत्रका फास्ट फुडहरुले आफ्ना अतिथिहरु आकर्षित गर्नका लागि कर्मचारीहरुको यो बाह्य कलालाई निकै प्रश्रय दिएको पाइन्छ । भवनको सजावट र सफासुग्घर तथा टाईशुटमा जमेका कर्मचारीहरुको हाउभाउ देख्दा जो कसैलाई पनि उक्त स्थान आकर्षक लाग्न सक्छ । तर त्यहीँ काम गर्ने कर्मचारीहरुको वस्तविकताचाहिँ ज्यादै दुःखद हुन्छ । आन्तरिक आवश्यकताभन्दा पनि बाह्य देखावटका लागि व्यवस्थापनले वर्षको एकपटक दिने सर्ट पाइंट, टाई, जुत्ताले उनिहरुको वास्तविक आवश्यकता पुरा गर्न सकेको हुँदैन ।

    बाग्लुंगकि इन्दिरा शर्मा काठमान्डुको प्रतिष्ठित तारे होटलमा वेट्रेसको रुपमा काम गर्छिन । झलक्क हेर्दा तेइस चौबिस वर्षकि देखिने इन्दिरालाई स्वदेशी विदेशी परिकारको नामको साथै अतिथि सत्कारको पनि राम्रो ज्ञान रहेको छ । हिमाली संस्कृति झल्काउने शेर्पाहरुको पहिरन लगाएर पेशेवर वेटरकलाको शैलीबाट कफि र अन्य परिकार सर्भ गर्दै हिँडेकि इन्दिराको छातिभित्र आफ्नै चोट लुकेर रहेको छ । तर तीनको मुस्कानमा भने यस्तो छनक पनि पाइँदैन । बिहानदेखि यताउता गर्दागर्दै गलेको खुट्टाको दुःखाई पनि अतिथिको आतिथ्यमा बिर्सेकि छिन उनले । धनाढ्यहरुको संगतमा उनिहरुको फेशन र खर्च देख्दा आफ्नो वास्तविकता नै बिर्सनुपर्ने हुंछ । तर ड्युटी सकिएपछि

    मासिक चार हजारको तलब र एक छाक बिदेशी खाना सहितको जागिरे जीवन सकिएपछि भाडामा लिएको एक कोठामा पुग्दा देखिने वास्तविकता ज्यादै पीडादायी हुन्छ यस्ता कर्मचारीहरुको लागि । होटलबाट बाहिर निस्कँदा बित्तिकै एक पाउ तरकारी किनि आफ्नो किचन र बेडरुम एउटै कोठामा रहेको डेरामा पुगेर एउटा कुनामा रहेको कालो प्लाश्टिकबाट चामल निकालेर पकाउनु पर्दा वास्तविकताले उनिहरुलाई चिथोर्छ ।
    यस्ता होटलका साना कर्मचारी त पेलिए पेलिए, म्यानेजर सम्मका हरुले पनि आफैँ निर्णय लिन सक्दैनन । वित्तिय संघसंस्था र वायुसेवाहरुले राम्रै आवरणमा राम्रै तलव दिने भएतापनि त्यहाँका कर्मचारीहरु पनि श्रमशोषणबाट आजीत छन । उनिहरुलाई देख्दा म्याक्सिम गोर्किले आमा उपन्यासमा वयान गरेका मजदुरहरु जस्तो लाग्छ । राजधानीका आफुलाई ठुला र आकर्षक देखाउने व्यवसायिक संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुको श्रमशोषण नै गरिरहेका छन ।
    अपवादमा रहेको एक दुई होटलबाहेक प्रयः होटलका कर्मचारीहरुको समस्याहरु यस्तै रहेका छन । तर उनीहरुको अडटाइम डयुटी र ओभरटाइम्ले गर्दा महिनाको अंत्यमा भने केही मोटो रकम हात पार्न उनिहरु सफल भने हुंछन ।

    यहाँ निर एउता कुरा अर्को के पनि छ भने ठुला होटलमा काम गर्नेहरु रमाइलो र अरुले भन्दा केहि बढि जानेका छौँ भन्ने घमन्ड भने देखाइरहेका हुंछन । विदेशीहरुको उठबसमा बिदेश जान पाउने धाक पनि उनिहरुले देखाइरहेका हुंछन । तर आत्मसम्मानसाथ आफ्नै देशमा कमाएको सानो मानो पनि विदेशमा कमाएको भन्दा इज्जतदार हुंछ भन्ने कुरा उनिहरुले कहिले बुझ्ने होलान ?

     Rate this Post:
    (No Ratings Yet)
    Loading ... Loading ...

    Comments

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It