Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    मंगलबार: पहिलो लोकतांत्रिक आम हड्ताल

    लोकतंत्र स्थापनाको झण्डै छ महिनापछि उद्योग व्यवसायीहरुले मंगलबार देशव्यापी रुपमा आम हड्ताल आह्वान गरेका छन । बन्दले जनजीवनमा सामान्य असर पारे पनि राजनितिक पार्टीहरुले आयोजना गर्ने बन्दहरु भन्दा धेरै कम प्रभाव देखिएको छ । काठमान्डौमा निजी र सार्वजनिक सवारी साधनहरु केहि पातलो रुपमा चलिरहेका छन । भित्रि गल्लीहरुमा दोकानहरु पूर्ण रुपमा खुलेका छन भने प्रमुख बजार क्षेत्रहरुमा फाट्टफुट्ट रुपमा खुलेका छन ।

    मंगलबारको बन्द उद्योग वाणिज्य महासंघले आफ्ना पाँच बुँदे मागहरु पुरा गर्न दवाब दिने उद्देश्यले आह्वान गरेको हो । उसका मागहरुमा शान्ति सुरक्षाको ग्यारेन्टी, जबर्जस्ती चन्दा संकलनमा रोक, उद्योगी र ट्रेड युनियनबिचको विवादको अन्त्य आदि रहेका छन । तर विष्लेषकहरुले सरकारले खराब कर्जा उठाउन कडा कदमहरु चाल्न थालेपछि आत्तिएर उद्योगीहरुले बिरोधस्वरुप आजको बन्द आह्वान गरेको बतएका छन । यसअघि सोमबार मात्रै सरकार र व्यवसायीहरुबिच सहमति भएर बन्द फिर्ता लिने घोषणा गरेका व्यवसायीहरुले साँझ पुनः बन्द फिर्ता नभएको घोषणा गरेका थिए । सोमबार नै पुनरादेदन अदालत ललितपुरले आमहड्ताल आयोजना नगर्न व्यवसायीहरुको नाममा अन्तरीम आदेश जारी गरेको थियो ।
    यसैबिच बन्द आह्वान गर्दै हिँडेका व्यवसायीहरु र अवग्य़ा गर्ने ट्रक चालकहरुबिच पोखरामा मंगलबार बिहान झडप भएको खबर प्राप्त भएको छ । झडपमा आधा दर्जनभन्दा बढी व्यवसायीहरु र ट्रकका कमदारहरु पनि सामान्य घाइते भएको खबर छ ।

     Rate this Post:
    (No Ratings Yet)
    Loading ... Loading ...

    Comments

    One Response to “मंगलबार: पहिलो लोकतांत्रिक आम हड्ताल”

    1. Dila Datt PantNo Gravatar Says:

      Dear Eve Un Corres.
      There is not any question to be raised about the content of the news but the hedline is indeed misleading and ambiguous.
      Your headline could imply:
      1. The general strike itself was a sort of ‘Democratic’ from its effect point of view and from the Institutional Personality point of view;the convener-FNCCI.
      Comments: If it was meant so, what remains your answer to the undemocratic move the FNCCI took even after the court stayed an order to call the strike off? Are you aware that the Pokhareli people suffered for the two consecutive days of Bandha even after the day? And so should have been the cases elsewhere in Nepal.
      2.The other and seemingly intended meaning is that the strike was the first after the restoration of democracy in April. If it is so, i think the rephrasing could have done justice to the spirit of the news. Couldn’t it be said- Loktantra Pachhiko Pahilo Aam Hadtaal.
      However,my comments are not meant for discouraging you.If logical,please reply.

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It