प्याज
ओहो कहाँबाट प्याजको कुरो आयो भन्नुहोला। भैरब अर्यालले आलुको बारेमा लेखे उनी चर्चित भए। म पनि चर्चित भाईहल्छु कि। हुन त प्याजको बारेमा लेख्ने म नै पहिलो कहाँ हुँ र? शंकर लामिछनेले Abstractचिन्तन प्याज लेखे उनले पनि मदन पुरस्कार पाए। यसो हेर्दा लाग्छ म मा पनि चर्चा पाउने भूतपो चलेको हो कि।
भैरब अर्यालले जब आलु लेखे तेतिखेरका बाहुनहरु लसुन र प्याज खाँदैनथे उनले जताजतै आलु खाए, तेसैले आलुको बारेमा लेखे होलान। यहाँ बाहुन शब्द कुनै जाती बिशेष भएर लेखिएको होइन है, फेरी यसको प्रतिकृयामा पनि टायर बल्ला नि। अहिले हाम्रो परीकारमा आलु होला नहोला, तर लसुन र प्याज चै अवस्य हुन्छ नै। भनेपछी मैले खानेकुराको बारेमा लेख्नु मेरो पनि धर्म हो नि।
प्याज आँफैमा तरकारी त होइन, यसलाई तरकारीको स्वाद राम्रो बनाउन प्रयोग गरिन्छ। तेसो त प्याजको तरकारी पनि त खाइन्छ नि आलुसँग मिसाएर। अचेल त हरियो प्याज पनि त पाईन्छ नि तरकारीको रुपमा त। अझ मासुमा त प्याज नहालिकन स्वाद नै आउन्न भन्छन खानाको पारखीहरु। अर्को कुरा यसलाई सलादको रुपमा काचै पनि खान सकिन्छ। तपाईं burgerर sandwich खानुहुन्छ भने तेसमा पनि प्याज त राखेकै हुन्छ काचै। मासु नखानेहरुले खाने vegetable momo र पकौडा त प्याज बिना बन्ने कुरो नै भएन। खाली खानाको मात्र कुरा गर्छ आज recipeदिन लाग्यो भन्ठान्नु भयो कि क्या हो, त्यस्तो केही होइन, यो त प्याज महिमा पो हो त।
सुन्दा अचम्म लाग्न सक्छ, प्याजले तपाईंको सम्पन्नताको पनि प्रतिनिधित्व गर्छ। गरीबले खाने खानामा कहाँ प्याज, लसुन, गोल्भेडा, त्यहा त एक चिजनै काफी हो नि एक छाकको गुजरानलाई। कुनै समय नेपालमा प्याजको हाहाकार भयो। हुनेखानेले मात्र प्याज खाने भए। एउटा सन्दर्भ नै बन्यो त्यो बेला। जसको घरबाट प्याजको बासना आउन्छ उ नै धनी। हुन पनि त तेतिखेर प्याजको भाउ ९० देखी १०० रु किलो सम्म पुगेको थियो। तर यो सन्दर्भ सधैं नै साचो चै भएन। काठमान्डौमा प्याजको ठुलो माग छ। हरियो प्याज त हाम्रै ठिमीको बजारले धान्छ होला तर सुकेको प्याज हाम्रो तराइ र भारत बाट आउन्छ। तेसो त प्याज तेस्रो देशबाट पनि आयात नगरिएको होइन, तर सस्तो भए पनि नेपालीहरु स्वादका चै पारखी हुन है। मन नै पराएनन धेरैले।
बुवाले पहिले विद्यार्थी हुँदाको काठमान्डौको कुरा गर्नुहुन्छ कहिलेकही। तेतीबेला तरकारी एकदम कम पाइने रे किन्न। कि घरतिर बाटै लिएर आयो होइन भने त प्याज भन्नु हुन्थियो। बिहान प्याज-आलु रे अनी बेलुका के त भनेको आलु-प्याज रे। रमाईलो छैन त किस्सा।
माथि Abstract चिन्तन प्याजको कुरा गर्दैथिए। धेरैले त पढेकै होलान। Abstract चिन्तन रे, आफुलाई त Abstract आएपछी के हो के हो। Art हुन्छ नि तेस्तै। आफुलाई त ति अमुर्त कला भन्या त नजाने बच्चाले रङ छ्यपेको जस्तो लाग्छ। हुन त कला बुझ्नेको right brain चल्छ रे धेरै, आफ्नो चल्दैन होला भन्यो बस। आफुलाई त बस फोटोमा विश्वाश लाग्छ। ती शंकर लामिछानेलाई पनि के भूत चलेछ कुन्नी, प्याजमा abstract चिन्तन गरे। तर यो सामान्य चिन्तन मात्रै हो यहाँ प्रस्तुत, abstract उनकै जिम्मामा।
हुन पनि मान्छेको जीवन र प्याजको उस्तै कथा छ नि । हजारौ पत्रै-पत्र र बेग्लै पहिचान। एउटा पत्र मर्दै जान्छ,अरु पत्रहरु देखिदै जान्छन। अनन्त गहिराइ र गन्ध पनि। हो त मानिसको जीवन पनि त तेस्तै हो, बाल्य अवस्था, जवानी र बुढेशकाल, जीवनका पत्रहरु त हुन। कुनै समय सुन्दर देखिने ती पत्रहरु फेरी अर्को समयमा पत्रजस्तै चाउरी हाल्छन। हो यो जीवन हो प्याजका पत्रजस्तै चिर स्थाइ छैन।प्याजहरु राम्रो बातावरणमा बिग्रिनन्न हामी जस्तै र राम्रो बातावरणमा त टुसा पनि उम्रन्छ नि। हो त हामीमा पनि बृदि हुने क्षमता त छ नि, तर प्रयास त हुन पर्यो नि होइन।
तर एउटा कुरा चाँही म समान पाउन्न। तिमी प्याजलाई काट्दै जान्छौ, तिम्रो आँखा रसाउन थाल्छ, रसाउछ मात्रै किन बग्छ नै आशु। हजारौको सन्ख्यामा मानिसहरु काटिदैछन, मारिदैछन ; खोइ त आशुहरु?
| Rate this Post: |
Print This Post
|






(7 votes, average: 3.71 out of 5)
August 3rd, 2008 at 7:32 pm
धेरै दिन पछि अलि फरक किसिमको लेख पढ्न पाइयो, राम्रो लाग्यो। मलाई पनि प्याज मन पर्छ, तर प्याज भन्दा बढि आलु नै खाइन्छ। प्याज जे मा पनि मीठो।
(Report comment)
August 3rd, 2008 at 10:54 pm
khAi testo tA kei thA bhAyenA AAfulAi tA jAundice lAgeko chhA!! lAsun pyAj kei khAnu hudAinA!! so AAlu bjindAbAd!!!
(Report comment)
August 3rd, 2008 at 10:55 pm
प्याज khanu parchha nindra lagchha
(Report comment)
August 4th, 2008 at 1:02 am
Jaundicema lasun pyaaj khana hunna ra, khoi jaundice ta aaphai thik hunchha ni hoina ra, maasu ra raksi chai khana hunna kyare.
(Report comment)
August 4th, 2008 at 11:45 pm
khAi Ayurvedic okhAti khAdA nAkhAnu bhAnnchhAn!!
(Report comment)
August 23rd, 2008 at 11:04 am
The last part “तर एउटा कुरा चाँही म समान पाउन्न। तिमी प्याजलाई काट्दै जान्छौ, तिम्रो आँखा रसाउन थाल्छ, रसाउछ मात्रै किन बग्छ नै आशु। हजारौको सन्ख्यामा मानिसहरु काटिदैछन, मारिदैछन ; खोइ त आशुहरु?” is very touchy.
five from my side.
(Report comment)