Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    मदिरा-प्रेम(?)

    सुनसान रात त। चकमन्न छ। लाग्छ सबैजना निदाइसके। मलाई किन निद्रा लाग्दैन? म laptop अगाडि एक्लै बसिरहेको छु। तिनै पुरानो फोटोहरु सँग स्‍मृतिको कुनै क्षणमा छु म। फ्रीजबाट red-label झिक्छु। एक मन त लाग्छ यो वोतल एकै चोटिमा पिदिउ। Ice झिक्छु फेरी। त्यो पेगमा ice खस्दा यस्तो आवाज आउछ मानौ त्यो रातको सन्नाटालाई चिर्न खोज्दैछ। आज दिन चिसो पनि त छ, शुरुमा बहाना खोज्छ यो मन पनि। पिउनु त यसै पनि छदैछ।
    आज गीत पनि जग्जित सिंहको बज्दैछ। थाहा छैन आज के भइरहेकोछ,म प्राय यस्तो गीत कमै सुन्छु। हुनत म englishमा Pink Floyd देखी लिएर नेपालीमा बद्री पङगेनिको लोक गीत सम्म सुन्छु। शायद पिउदै भएर पनि हो कि गजलको मूडमा छु आज। पहिलो पेग एकैचोटिमा रितिन्छ। घाटिबाट हुँदै सारा शरीरले उर्जा पएको महसुस हुन्छ। चिसो रातको अब कुनै असर छैन म मा।
    फोटो slide showमा छोडिदिन्छु। आहा यो फेवा तालको फोटो। तिमी र म डुंगामा छौ र छ शितल बतास । तिमीले केश खुल्ला छोडेकी छौ। हावाको हल्का झोकाले उड्न खोज्दै गरेका ति तिम्रा केशहरु मेरो क्यामरामा कैद भएछन। म कवि भएको भए कती कविताहरु लेख्थे होला तिम्रो बयानमा। तर अफसोस म कवि होइन। अरु साथीहरु अर्को डुंगामा गैसके। मेरो लागि मेरो ताल-बाराही तिमी नै हौ भने म डुंगा खियाउदै किन त्यहासम्म जाउ। न तिमी केही बोलेकी छौ, न म केही बोलेको छु। हाम्रो मौनतामा घरी घरी पानीको कल्कलले संगीत भरेजस्तो लाग्छ।

    ओहो यो पेग पनि त रितिसकेछ मैले त पत्तै पाइन। फेरी थपिन्छ रात त आफ्नै हो नि। फोटो अगाडि बढ्दै छ।

    “सुनन म त अष्ट्रेलिया जाने भए।” अचानक कसरी भयो म छक्क पर्छु। म जागिरको कामको सिल्सिलामा बाहिर थिए। हाम्रो दुई महिना देखी भेटघाट भाको छैन। तर कसरी यती छिट्टै। हाम्रो त अमेरिका जाने त्यो पनि सँगै भन्ने सल्लाह थियो। Toefl पनि त सँगै दिएका हौ हामीले। म बुझ्न सक्दिन। म भेट्न चाहन्छु तिमीलाई। तिमी हतारमा छौ। फोन राख्छौ एकैछिनमा। बेलुका कोठामा फर्कन्छु। gmail check गर्छु, तिम्रो mail। म excited हुन्छु। लामो mailछ म सबै सम्झिन्न,भनौ सम्झनै चाहन्न। तिम्रो बिहे हुँदै रहेछ खुशी लाग्यो। केटो australia को PR पएको, झनै खुशी लाग्यो। अन्तिमका केही हरफ कानमा गुन्जन्छ। If possible I want my photos back ,we will remain gud frens forever। म एक तमाशले फोटो हेर्दैछु। ए glass त फेरी रितिएछ।

    अर्को folder हेर्छु, नाम छ र U n me together in life। यो चाँही तिमी र म दक्षिनकाली घुम्न जादाको। हामी दुबैको हातमा माला छ। यो फोटो हेर्दा जहिले कल्पना गर्थे, यस्तै गरी फेरी एकदिन हामी मन्दिर जान्छौ, सबको अगाडि म तिम्रो सिउदो रङगाउछु। यो folder मा एउटा औंला shift र अर्को deleteमा छ। laptop सोध्छ, are you sure ? म भन्न चाहन्छु no। तर के गर्ने उस्को mail छ जे आयो। म पनि रिसाएर reply गर्न चाहन्छु, तर मेरा औंलाहरु मेरो साथ दिन्नन। सोच्छु साचो प्रेम त्याग दिन्छ, बदलामा केही लिदैन। कसको भनाइ हो कुन्नी म बिर्सन्छु। म कुर्सी बाट प्रयास गर्छु। मलाई लागेछ कि क्या हो? होइन। उनी त्यो फोटोबाट हात अघी बढाउछिन, उनको हातमा ग्लास छ, त्यो मेरो हातमा राखी उनी फेरी तेही हराउछिन।

    मैले बहाना पाउछु, तिम्रो हातबाट त म बिश पनि पिउन तयार छु भने यो त के हो र?किन किन यो पेग निकै नशालु लाग्छ; यस्को एक एक बुदमा म उसको ओठलाई चुमेसरी महसुस गर्दछु। म अब बोतलबाट सुरु गर्छु। आहा यो आनन्द, मैले पैले किन महसुस गरिन। शायद यस्तैलाई हो कि क्या हो ओशोले समाधी भनेर परीभासित गरेको?

    अब त बोतल पनि रितियो। फोटो पनि त सिदियो नि बोतल जस्तै खाली मेरो फोटोको collection पनि। म उठ्न खोज्छु। तिमी त्यो बोतल बाट चियाउदै हात समौन आइपुग्छौ। म तिमीमा हराउन चाहन्छु। ओहो मेरो desktop को background त अझै तिमी नै छौ। म हटाउन खोज्छु,सक्तिन। लाग्छ म नशामै छु कि क्या हो? तिम्रो त्यो हसाइ जस्मा मेरो जिन्दगीका सब दु:ख छोडेर मग्न हुन्छु, त्यो अब रहने छैन। साहारा छ त केबल यस्कै। म छुट्याउन सकिरहेको छैन, यो तिम्रो प्रेम हो कि मेरो मदिरा-प्रेम हो।

    पृष्‍ठभुमिमा गीत बज्दै छ।”होशवालोको खबर क्या बेहोशी क्या चिज हे,इश्क किजिये फिर समझिये जिन्दगी क्या चिज हे…..”

     Rate this Post:
    (3 votes, average: 3.67 out of 5)
    Loading ... Loading ...

    Comments

    One Response to “मदिरा-प्रेम(?)”

    1. SuperPost Says:

      Well Written, thanks. Nice handi work and use of nepali language/script.

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It