सकारात्मक्ता तिर…
ओईलाएको होला तर, फूल अझै फुल्न सक्छ
पीडा होला मनमा धेरै, शीतलता मिल्न सक्छ
रुँदा रुँदै आसुँले नै सागर भए होलान् आँखा
तर यही आसुँ पनि भोलि मोती बन्न सक्छ
आज कालो रात होला, भोलि बिहान झुल्न सक्छ
दुख्छ होला धेरै घाऊ, निको पनि हुन सक्छ
अघि बढ्ने बाटाभरी आज होलान् धेरै बाधा
तर भोलि यी बाधाले अवसर नयाँ दिन सक्छ
| Rate this Post: |
Print This Post
|





(2 votes, average: 4.5 out of 5)

March 17th, 2008 at 9:38 am
Thats Good
(Report comment)
March 18th, 2008 at 6:25 am
Anish dai .. really inspiring one (Short and sweet)
(Report comment)