Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    तिमी उस्तै, उस्तै म

     

    लुकि-लुकि  घरि-घरि तिमीलाई नियाल्दा,

    चाल  नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा।

    बुझिकन नबुझे झै गर्ने तिमी उस्तै,

    पत्तै नदिई  तिम्रो लागि मर्ने उस्तै म।

    .

    आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु,

    मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु।

    जहाँ गए नि, यादमा सधैं आउने तिमी उस्तै,

    तिमी हिंड्ने प्रत्येक  मोडमा धाउने उस्तै म।

    .

    हरेक रात सपनिमा बारम्बार आयौ,

    तिमीले पनि शायद मेरो झझल्को पो पायौ।

    धैर्य गरी मेरै बाटो हेर्ने तिमी उस्तै,

    प्रकट हुन अनेक मौका कुर्ने उस्तै म।

    .

    बिर्सिएछु आँफैलाई, दिक्क लाग्छ अचेल,

    बिना तिमी जमाना नै, फिक्का लाग्छ अचेल।

    पत्तै नदीइ मन-मुटु चोर्ने तिमी उस्तै,

    मुटु खुल्लै  तिम्रो सामु छोड्ने उस्तै म।

     Rate this Post:
    (3 votes, average: 5 out of 5)
    Loading ... Loading ...

    Comments

    3 Responses to “तिमी उस्तै, उस्तै म”

    1. Basanta Says:

      रमाइलो रहेछ कविता! अन्त्य भने सबैभन्दा दामी लाग्यो;

      पत्तै नदीइ मन-मुटु चोर्ने तिमी उस्तै,
      मुटु खुल्लै तिम्रो सामु छोड्ने उस्तै म।

      वाह! वाह!!

      (Report comment)

    2. Deepak BistaNo Gravatar Says:

      Nice one Naba Bhai. Keep up with the good work.

      (Report comment)

    3. निश्चल Says:

      वाह वाह !!!!!
      एति मीठो कबिता लेख्ने तिमी उस्तै
      प्रशंसा नगरी बस्न नसक्ने, उस्तै म !!

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It