Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    बिदेशको बसाइ, नेपाली मन र भात

              अष्ट्रेलिया आएको सुरुका दिनहरु सम्झन लाएकका छन्। साँघुरो अनी चारवटा दुई तले खाटहरु भएको कोठामा बसाइ थियो। तुलनात्मक रुपमा सस्तो भएपछि अलि अलि अप्ठयाराहरु त सहनै पर्‍यो। शुटकेसबाट आफुलाई चाहिने सामान झिक्ने ठाउँसम्म थिएन। शहर शहर भौँतरिने शोख भएका यात्रिहरुलाई लक्षित गरेर बनाइएका होस्टलजस्ता यस्ता सस्ता आवासहरुलाई Backpackers भनिदो रहेछ। हामी नेपालबाट चारजना आएका थियौ। कोठामा एउटा स्कटिस केटो पहिलेदेखि नै बस्दो रहेछ। जे होस् हामी चारजना भएपछि त कोठामा हाम्रो नै राज चल्ने भैहाल्यो। बिचरा बत्ती ननिभाइ निन्द्रा लाग्दो रहेनछ क्यार, राती अबेरसम्म बत्ती ननिभाउदा हाम्रो अनुहार टुलुटुलु हेरिरहन्थ्यो। केही नलागेपछि निकै रात बितेपछि बत्ती निभाउन अनुरोध गर्थ्यो।

              नयाँ ठाउँ, नचिनेका मान्छे, नौलो बातावरण, शुरुमा हामीलाई गाह्रो पर्‍यो। नेपालमा जस्तो होटेलमा खानलाई यहाँ महँगो पर्ने। फेरी नेपालबाट सिमित पैसा मात्र लिएर आएका हामीजस्ता विद्यार्थीले होटेलमा खान सक्ने कुरै आएन।  Backpackers मा भान्छा एउटा मात्र थियो। सबै आगन्तुकले एउटै भान्छामा पालो पालो गरेर खाना बनाउनु पर्ने भएकाले, भान्छा बिहान बेलुकी ब्यस्त हुन्थ्यो। पालो कुरेर बस्नु पर्ने हुन्थ्यो। सुरु सुरुका दिनहरुमा चाउचाउ उमालेर बिहान बेलुकिको खाना टारियो। चाँडो पाक्ने, सस्तो अनि पकाउन कुनै सिप नचहिने चाउचाउ सुरुमा त वरदान साबित नै  भयो तर कती दिन? आफुलाई त चाउचाउ मन नपर्ने अनि हरेक दिन भात नभई नहुने भएकोले भातको नियाँस्रो लाग्न थाल्यो। त्यस्पछि पनि खानामा अझै केही दिन सुधार आएन मात्रा प्रगति उसिनेको अन्डा र मैले ल्याएको दाल्मोठ चिउरा अनी पसलबाट ल्याएको सस्तो खाले चिप्स सम्म मात्र पुग्यो।

              मलाई त चार दिन खाना खान नपाएको चार महिना खाना नखाएको जस्तो हुन थाल्यो। फेरी ज्यानमा कुनै तागत नै नभएको अनुभव गर्न थाले। त्यहाँ माथि कोठा र काम खोज्ने टेन्सनले गर्दा झनै कमजोरी ल्याउने भयो। दिउसोभरी म र आकाश एकतिर र सन्तोष र प्रभात एकतिर गएर कोठा खोज्ने निधो भयो। पत्रिकामा दिएको नयाँ घरको ठेगानामा पुग्न फेरी त्यतिकै मुस्किल। कुन बस चढेर जानुपर्ने हो अनी कुन स्टप झर्नु पर्ने हो भन्ने पत्ता लगाउन पनि गाह्रो। घर पत्ता लगाउन गाह्रो पर्ने हुनाले हामी धेरै जसो घर हेर्ने ठाउमा  ढिला पुग्थ्यौँ। हामी पुग्दा घरको एजेन्ट फर्किसकेको  हुन्थ्यो। एक हप्ता कोठा खोज्दा पनि कोठाको केही टुङ्गो लागेन।

               एक दिन आकाश र म  दिनहु जस्तो कोठा खोज्ने  असफल  नित्य काम सकेर  Backpackers  फर्किसकेका थियौ। तर सन्तोष र प्रभात राती अबेरसम्म फर्केनन्। राती १०-११ बजेसम्म पनि उनिहरु नफर्कदा हामिलाई पिर पर्न थालिसकेको थियो। पछि उनिहरु आएपछि थाहा पायौँ उनिहरु त निकै पहिले देखी नै अडिलेड आएर रेस्टुराँ ब्यवसाय गरेर बस्नुभएका दिपक बिष्ट दाईकहाँ गएर आएका रहेछन। अरु धेरै नेपालीहरु पनि भेट भएछ अनि कोठा खोज्न सहयोग गर्ने आश्वासन पनि पाएछन। कुरा त खुशीकै रहेछ, राम्रै काम गरेछन साथीहरुले। उनिहरु खुशी हुँदै सुनाउदै गए हामीले त त्यहाँ टन्न दाल भात तरकारी मासु पनि खायौ। यो कुराले चाँही मलाई मनमा कता कता डाहा उत्पन्न भयो। हत्तेरिका आफु पनि जान पाएको भए भनेर। घरमा ममिले पकाएको दाल भात तरकारीको द्रिष्य दिमागमा फनफनि घुम्न थाल्यो।

              कोठा खोज्ने काममा कुनै प्रगति नभएपछि मैले पहिला अडिलेडमा नै बसेर आफ्नो अध्ययन सकी नेपाल फर्केको र फेरी अडिलेड आउन प्रयासरत मेरो एक जना साथीलाई फोन गरेर यहाँ अरु को को नेपाली छन् भनी पत्ता लगाउन खोजे। त्यसको एक दुई दिनमा नै मलाई प्रमोद अर्याल दाइले फोन गर्नु भयो। साथीले हामीलाई सहयोग गर्न  भनी वहाँलाई ईमेल गरिदिएछ। त्यतिखेर म र आकाश घर खोज्ने काममा नै ब्यस्त थियौ। वहाँ हामीलाई कोठा खोज्दै गरेको ठाउमा नै भेट्न आउनुभयो र वहाँको घर लानुभयो। आफ्ना समस्याहरु वहाँलाई बताउन पाउदा निकै राहत महसुस गर्‍यौ हामीले। केही बेरको गफगाफ पछि खाना तयार भयो। हामीले भात नखाएको एक हप्ता भन्दा बढी भईसकेको थियो। अगाडि दाल भात तरकारी राखिदा म हराएकी प्रेमिकासँग मिलन हुँदा जस्तै दङदास थिए। खाना खाने कार्य सुरु भयो तर बिदेशमा आएपछि त हातले मुछेर खाना खानु राम्रो नहोला भनेर चम्चाले खाना खान थाले। तर हातले दाल भात तरकारी मुछेर खाँदाको मजा चम्चाले खाँदामा कहाँ? दाईले एकछिनपछि खाना खान सुरु गर्नु भयो। दाल भात तरकारी प्लेटमा राखेर मजाले हातैले मुछेर खान थाल्नुभयो। हत्तेरिका दाईले सुरु गरेको देखेको भए म र  भात को बिचमा पनि त्यो चम्चा कदापी आउने थिएन। के गर्नु खान सुरु गरेपछि बिचमा चम्चा फालेर हात हाल्न पनि नमिल्ने। जे होश त्यो दिन निकै रमाइलो भयो। वहाँलाई भेटेपछी हामीलाई निकै सजिलो महशुस भयो। दाई र भाउजुले हामीलाई हामीहरु बसेकै ठाउमा पुर्‍याइदिनुभयो।

              त्यसको एक दुई दिनमै दिपक बिष्ट दाईबाट हामीलाई पनि खाना खान  निम्तो भयो। त्यसो त अडिलेडमा अरु पनि नेपाली रेस्टुरेन्टहरु नभएका हैनन तर आजकल पनि  हरेक नयाँ नेपालीलाई बोलाएर पारिवारिक बातावरणमा नेपाली खान पस्कने उदारता देखाउनमा भने दिपक दाई नै सिपालु हुनुहुन्छ। वहाँकोमा खाना खाएपछि हामीलाई पनि हाम्रो  Backpackers को भान्छामा खाना पकाएर खाने जोश चल्यो। चामल  तरकारी र आवश्यक मसला किनेर ल्यायौ। अष्ट्रेलिया आएको लगभग १२-१५ दिनपछि  हाम्रो  Backpackers को  भान्छामा पनि खाना पाक्यो। हामीले सुरुदेखी नै खाना बनाएर खान सक्थ्यौ। तर आफ्नो स्थाई ठेगाना नहुन्जेल खाना पकाउने झन्झट बेहोर्न चाहेनौ। त्यो भिडम्भाड भान्छामा खान  बनाउन सजिलो पनि त थिएन। फेरी खाना बनाउन चहिने चामल, नुन , तेल, बेसार, मसला , प्याज, आलु , तरकारी आदिको ब्यवस्था पनि त गर्नु पर्‍यो।

              पछि स्थाई घर पाएपछि हामीले नयाँ घरमा मिलेर पालो गरेर खाना बनाएर खान थाल्यौ। म , आकाश र सन्तोष खाना पकाउने अनी किनमेल गर्नेतर्फ थियौ भने भाडा माझ्ने जिम्मेवारि प्रभातले सम्हालेको थियो। तर यो कुराले पछी सम्म निरन्तरता पाएन। गठबन्धन सरकार केही दिनमा नै ढल्यो। कहिले खाना आधा काँचो आधा पाकेको हुने, कहिले गिलो हुने अनी कहिले डढ्ने भयो भन्दै आकाशले आफु खाना नै नखाने घोषणा गर्‍यो। अर्को दिन अष्ट्रेलियामा आएपछी त यहाँकै रहन  सहन सिक्नुपर्छ, यहिको जस्तो कर्न फ्लेक्स, पाउरोटी , पास्ता, नुडलस आदी पो खान सिक्नुपर्छ, भात त नेपालमा नै खाईहालियो नि भन्ने तर्क दिदै प्रभात पनि भान्छाबाट पन्छियो। त्यसपछी आफुलाई पनि भात नै खानुपर्छ भन्ने नभएको र अरु कुराहरु खाएर पनि चल्ने बताउदै सन्तोष पनि खाना नखाने भयो। यसरी सबै साथीहरुले मलाई भात खाने मामलामा एक्लै छोडिदिए। तर म त बर्षौदेखिको भातको पूजारी त्यसै भात खान कहाँ छोड्थे र?

              खाना एक्लै पकाउन धेरै समय लाग्ने। भाडा माझ्ने काम पनि एक्लै गर्नु पर्ने। फेरी खान नखाने साथीहरुलाई तरकरी आदी किन्मेल गर्न सहयोग माग्ने कुरा पनि आएन। पहिला चारजनाले मिलिजुली काम बाँड्फाँड गरे जस्तो सहज भएन। तरकारी मसला  आदी किन्न नेपालमा  नजिकको पसलमा गएजस्तो सजिलो नहुने, बसै चढेर टाढा जानु पर्ने आदी कुराले साह्रै झन्झट भयो। तर पनि विचलित नभैइ सबै काम एक्लै गर्न थाले। एक्लै किन्ने, एक्लै पकाउने, एक्लै खाने, अनी एक्लै भाडा माझ्ने। त्यसो त बाहुनको छोरो त थिए नै, मेरो हजुबुवाले पनि पाउनु नभएको ‘स्व्यं पाक्य ब्राम्हण’ बन्ने अबसर अष्ट्रेलिया आएर नै पाए। केही दिनपछि  प्रभातले मसँग साझेदारी गर्ने प्रस्ताव राख्यो। त्यसपछी भाँडा माझ्ने काममा चाँही अली राहत मिल्यो। धेरै दिनसम्मा प्रभातको र मेरो साझेदारी चलेपछी सन्तोषले पनि हामीसँग मिसिने ईच्छा देखायो। अली पछि आकाश पनि भान्छा फर्कियो। यसरी बाटो बिराएर भातसँग नाता तोडेर गएका साथीहरुलाई फर्कन करै लाग्यो। आखिर भातको नै बिजय भयो।

              अझै पनि म त भातको अनन्य प्रशंसक, भक्त र पूजारी हुँ। कहिलेकाही साथीहरु मलाई ‘भाते’ भन्न पनि चुक्दैनन। हुन पनि मैले एक दिनमै चारचोटि सम्म भात खाएको छु। तर जसले जे सुकै भनोस आफु त मिलेसम्मा टन्न भात खाइन्छ। जय भात।

              अँ साँच्ची तपाईंलाई चाँही भात कतिको मन पर्छ नि?  

     Rate this Post:
    (5 votes, average: 4 out of 5)
    Loading ... Loading ...

    Comments

    4 Responses to “बिदेशको बसाइ, नेपाली मन र भात”

    1. Nischal Says:

      babbaaaaaaaaaaaaaaaaal man parcha!!!!!!!!!! aasti 4 din bhat nakhako fifth day sabai din ko satta ekai din 4 thal bhat khaiyo!!!! Jaya bhat!!!!!!!1

      (Report comment)

    2. Deepak BistaNo Gravatar Says:

      Dear Nabaraj Bhai,

      After reading this article I just had to say something. It is quite touching.

      For me, I can get away without bhat for weeks. I seemed to eat anything really except beef dishes and knowingly anyway. In fact I like to explore different cuisines from around the world and Adelaide is the best place to explore such cuisines. I hope you will give it a shot in your next write up.

      (Report comment)

    3. mILAN Says:

      The title of this article should be ‘Bhaat Puran’ (भात पुराण). :wink:

      (Report comment)

    4. sanat Says:

      jaya vatte nabaraj…..
      yo lekh dhekhera mera aakha lolaye… ani haso le aansu pani jharyo.. you are a real lekhak.. i suggest you to send this article to kastipur koseli..aba vaat pakauchu ani khanchu…
      thankyou so much

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It