Category Listing for RSS
  • Capture RSS
  • Featured RSS
  • Fiction RSS
  • Humor RSS
  • Life in Nepal RSS
  • Memoir RSS
  • News RSS
  • Opinion RSS
  • Photo Blog RSS
  • Poetry RSS
  • Politics RSS
  • Sports RSS
  • Technology RSS
  • All Categories
  • Close Window

    मेरी अनलाइन साथी

    - Sadhana Sharma
    म आज निकै निरास छु । हिजो बेलुकापनि आस्था अनलाइन भएकी थिइन। “मेरै कुराले रिसाएर होला नि मैले किन त्यसो भने हुँला!” यस्तै कुराहारुले आज मेरो मनमा खैलाबैला मच्चिएकोछ। “पुकार! के भो यार तलाई आज सन्चो छैन कि कसो?” निशान्तले धेरै पटक सोधिसक्यो, तर पनि हाँसिरहनु, बोलिरहनु पर्ने म आज निरास अनि चुपचाप छु।
    आस्था मेरी अनलाइन साथी हो, उ अर्कै कलेजमा पढ्छे । आजसम्म मैले र आस्थाले एकअर्कालाई देखेकाछैनौं । एक वर्षजस्तो अगाडी मेरो र आस्थाको चिनजान भएको थियो । आस्थालाई भेट्नु अघि मलाई …

    “कुनैपनि मान्छेसंग …अलिअलि च्याट गर्दैमा साथीको दर्जा कसरी दिन सकिन्छ होला” जस्तो लाग्थ्यो । कतिपय ठाउँमा त यस्ता इन्टरनेट च्याटिङका विभत्स रुपहरु पनि देखिएकाछन् । त्यसैलेपनि म यसलाई त्यति विश्वास गर्दिनथिएँ । मेरा कतिपय साथीहरुका त अनलाइन प्रेमी प्रेमीकापनि छन्, यस्ता सम्बन्ध त अझैपनि मलाई फेसनको एउटा रुपमात्र लाग्छन् । यस्ता जमाना अनुसार अलि पुराना सोचाइहरु भएको भएपनि मैले आस्थासँग इमानदारी पूर्वक मित्रता गरें । “थाह छ ! मेरो दिमागमा तिम्रो एउटा तस्वीर बनिसकेको छ, म चित्रकार भएकोभए त्यो तस्वीर बनाएर पठाउँथें तर के गर्नु म पोट्रेट बनाउँन जान्दिन ” एकदिन मैले यसो भन्दा फुरुङ्ग परेकी थिई आस्था अनि उसको दिमागमा पनि मेरो छवि भएको कुरा बताएकी थिई ।
    म आस्थासँग निकै खुलेर कुरा गर्न सक्छु । देशको परिस्थितिका विषयमा, सिनेमा र हिरोहिरोइनका विषयमा, पढाइका विषयमा, साहित्यका विषयमा, अनि आफ्नै विषयमा पनि मैले ऊसँग धेरै कुरा गरेको छु। एकवर्षको अन्तरालमा हामी बिच निकै गहिरो मित्रता गाँसिएकोछ, मैले आजसम्म उसँग कुनैपनि कुरा लुकाएको छैन । अनि शायद उसलेपनि इमानदारी पुर्वक हाम्रो मित्रतालाई अगाडि बढाएकी छे । कहिलेकाहीँ मलाई लाग्थ्यो ” म कसरी आस्थालाई यति विश्वास गर्न सक्छु र ! उसले भनेका सम्पूर्ण कुराहरु झुठा हुनसक्छन्, मेरो चोखो मित्रता, मेरा पवित्र भावनाहरु कतै भद्दा मजाक बनिरहेका हुनसक्छन् । ” यस्ता कुराहरुले मलाई कहिलेकाहीँ तनावपनि दिने गर्थे तर उसँग अनलाइन च्याट गर्न थालिसकेपछि भने म उसलाई पुरा विश्वास गर्थें । आस्था कसैको काल्पनिक नाम नै किन नहोस्, जसको छवि मैले आफ्नो दिमागमा राखेकोछु, उसैलाई म आस्था मान्छु , मेरी अनलाइन साथी आस्था ।
    अस्ति उसले मेरा सामु अनौठो प्रस्ताव राखी । ” पुकार ! हामी भेटौं न एकदिन, आइ रियल्ली वान्ट टु मिट यु भन न कहाँ भेट्ने ?” म छक्क परें । अहिले सोच्दा त त्यति छक्क पर्नुपर्ने कारण केही थिएन । साथी मानेको मान्छेलाई एकपटक हेर्ने इच्छा लागेको होला उसलाई । तर त्यतिखेर मैले यी कुरा सोच्दै सोचिन । मेरो एकोहोरोपन नै त होला यो, म आस्थाको छविलाई नै साथी मान्थें । मेरो कल्पना मा जस्ती आस्था बसेकि छे, म उसैलाई साँच्चैकी आस्था मान्छु र मानिरहन चाहन्छु । यसो सोच्दा त यो मेरो पागलपन नै लाग्छ तर साँच्चै मैले आस्थालाई हेर्ने, उ कस्ती छे, जान्ने इच्छा कहिल्यै राखिन । ऊ पनि त मेरो छवि उसको दिमागमा भएको कुरा गर्थी, म उसको कल्पनाको पुकार भन्दा बिल्कुलै पृथक हुन सक्छु । यही कुराले हाम्रो मित्रता, हाम्रो सम्बन्ध टाढिंदै अनि चिसिंदै जानसक्छ । आस्थाको प्रस्तावपछि यहि सोचेको थिएँ मैले । आफूले सोचेका यिनै कुराहरुलाई बेलिबिस्तार लगाउँदै मैले उसलाई भनेको थिएँ ” आस्था साथीको रुपमा म तिमीलाई गुमाउन चाहन्न त्यसैले आइ एम भेरी सरी टु से, बट आइ क्यान नट मिट यु” । मेरा कुराहरु सधैं सकारात्मक लिने आस्थाले मलाई बुझ्न सकिन । ” ओके ओके! आइ गट इट, तिमी हाम्रो सम्बन्धमा इमानदार रहेनछौ, त्यसैले त भेट गर्न डराउँछौ” ऊ निकै रिसाएकी जस्तो लाग्यो मलाई । सम्झाउन खोज्दैमात्र के थिएँ, आस्था मसँग रिसाएर अफलाइन भई ।
    अब त उसको रीस अलि शान्त भयो होला भनेर म हिजोपनि अनलाइन भएँ तर ऊ आइन । अनि मैले उसलाई एउटा लामो इमेल पठाएँ, आफ्नो मन भरिका सारा भावना त्यो इमेलमा छताछुल्ल पारिदिएको थिएँ मैले ।
    “आज आस्था अनलाइन आउली कि नआउली ! मेरो इमेल त उसले पक्कै पढी होला, के सोची होला उसले फेरि” यिनै कुराले मेरो मथिंगलमा खलबली मच्चाउँदैछन् आज । आजपनि आस्थाले मलाई बुझिन भने म उसलाई भेट्छु नै बरु तर उसलाई गुमाउन सक्दिन भन्ने निर्णय गरें मैले । आफ्नो एकोहोरोपनका लागि त्यो चोखो मित्रतालाई बलि चढाउन चाहन्न म ।
    कलेजमा एउटा बोझिलो दिन बिताएर घर फर्केपछि डराउँदै इन्टरनेट कनेक्ट गरें मैले। आस्था अनलाइन भएको कुरापनि थाह पाएँ तर किन किन उसँग कुरागर्न शुरुगर्नै डरलाग्यो मलाई । ” हाई पुकार तिम्रो इमेल पढें मैले, आइ एम सरी ल मेरो रुड बिहेबियरको लागि !” आस्थाले आफैं कुरा सुरु गरी । उसले मेरो इमेललाई सकारात्मक नै लिइछ, मेरा सारा तनावहरु उसका हरेक वाक्यसँगै घट्दै घट्दै गइरहे । ” तिमी चाहँदैनौ भने म भेट्ने कर गर्दिन, यु आर सो इमेसनल माइ फ्रेन्ड, म तिम्रो भावनामा ठेस पुर् याउन चाहन्न, हामी सँधै अनमाइन साथी भएर नै एकअर्काको सुखदु:खमा साथ दिनेछौं है त! अब त खुशी छौ तिमी ? ” उसले यसो भनेपछि त मेरो हर्षको सीमा रहेन । ” छु आस्था छु, म धेरै खुशी छु, धन्यवाद छ तिमिलाई मलाई बुझिदिएकोमा अनि यति राम्रो मित्रताको उपहार दिएकोमा, थ्याङ्क्स अ लट फर गिभिङ मी सच अ ब्युटिफुल रिलेसनसिप” यसरी आफ्नी साथी सामु आफनो खुशी जताएँ मैले ।
    साँच्चै अब म ज्यादै खुशी छु । अघिसम्म बोझिले भएको मेरो मन, चङ्गा बनेर आकाशमा उड्दै छ जस्तो लाग्छ अहिले । म जे गर्छु भावनामा डुबेर गर्छु, यो कुरालाई कति राम्ररी बुझेकी छ उसले । मेरो भावुकतामा अनि मेरो एकोहोरोपनमा पनि राम्रो मित्र बनेर साथ दिएकि छ उसले । मलाई गर्व छ आज उ प्रति मेरी अनलाइन साथी, आस्थाप्रति ।

     Rate this Post:
    (4 votes, average: 5 out of 5)
    Loading ... Loading ...

    Comments

    15 Responses to “मेरी अनलाइन साथी”

    1. 3P Says:

      !Good!

      (Report comment)

    2. amrit gautamNo Gravatar Says:

      what a story it is!!!! i liked it so much….this story really shows that the cyberfriend can be true friend..if anyone read this story, it can change his idea about the cyberfriend.
      this story resembles me too..so i like it so much.it may also resemble to the writer .i wish the writer that for whom this story is written, the relationship between the writer and cyberfriend go till the end of the life.lots of best wishes…….
      amrit

      (Report comment)

    3. Rudra Pandey Says:

      Sadhana -Beutifully done! Good job, please keep blogging!

      Rudra

      (Report comment)

    4. SadhanaNo Gravatar Says:

      Thanks a lot for encouraging me. :)

      (Report comment)

    5. Nischal DahalNo Gravatar Says:

      Beautiful story!!! We love the image of person in our mind rather than the person….. what a message……… This applies to everywhere hoina?

      (Report comment)

    6. TejasweeNo Gravatar Says:

      Beautifully expressed!!!keep it up.

      (Report comment)

    7. dovanNo Gravatar Says:

      Sadhana is a good announcer too. I had been in one of her programs.

      (Report comment)

    8. RajNo Gravatar Says:

      Did you know there is actually a word for this?

      Elationship! - http://www.computerhope.com/jargon/e/elations.htm

      Keep writing.

      (Report comment)

    9. BishalNo Gravatar Says:

      Hey, it is a good one, but I want to suggest you to write something motivating and inspiring, having some political touch that can bring about awareness among us about the recent condition of our country….

      (Report comment)

    10. sadhnaFanNo Gravatar Says:

      Terrific!! Good Sadhna, well done!! bravo in Presentation and Display of invisible characters into utmost reality.Cmo’n keep it up and Fill the GAP. What Happened Next? Could pukar really get Aaastha in person? Please chat more and add. Mystery cannot be tolerated in romantic disposition of the beauty of chat. You read the link on Relation in Chat = ELATION..get on girl. You Nepali typing skill is good. But International Blog sites prefer the same in English language. Hopefully you will have more readers. We in practical life have forgotten to read and write Nepali language for last 15 years or more and still, you have beautifully exploited the nepali words into Chat Scenery depicting ElationSHIP that takes two E- related chatter friends to a single destination flowing over Information SuperHighway.

      (Report comment)

    11. itwouldbe betterNo Gravatar Says:

      itwouldbe better if your blog Administrator could show Writer Name say By: Sadhana Sharma in Nepali font as well. It would be a technical challenge for Nepali Articles as Writer Name in English and Article in Nepali Does not suit.

      (Report comment)

    12. LikeItNo Gravatar Says:

      i also feel that elations are better than relations in many cases. Good story.

      (Report comment)

    13. रुद्र मणि शर्मा Ruda Mani SharmaNo Gravatar Says:

      धेरै खुशी लाग्यो पढ़ेर। नेपालीमा ब्लग पढ़्न पाउनु पनि सौभाग्यको कुरा हो ।

      (Report comment)

    14. Good Says:

      Is this a true story Sadhana? If not then I must say your power of imagination is applaudable. Well done… :smile:

      (Report comment)

    15. Rajat Says:

      As I am new to this site, I had not read this story before in this site. But I have already read it in sajha.com. The story is very good Sadhana. I think you can write the later version of this story as well. I really like your style of writing these sorts of post modern stories. Keep writing.

      (Report comment)

    Leave a Reply



    *
    Click on the picture to hear an audio file of the word.
    Click to hear an audio file of the anti-spam word

    This site is using Gravatar and OpenAvatar based on

    By submitting a comment here you grant this site a perpetual license to reproduce your words and name/web site in attribution.

         
    Close
    E-mail It