हरियाली

Posted by: Vishnu Kshettri

उत्कृष्ट चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग
विना गर्जन मेघको पनि बर्षदैन झरी
यसैको अभावमा कम हुन्छ हरियाली
त्यसैले कोही नाची देओस झम्कनछन परेली
सराहनिय हुनेछन ती छम छम अंग तरंगी
रंगीबिरंगी सरस प्रवेश हुनेछन मन भरी
अनी उमंगको यो भेलमा नाची दिनेछन अघी सरी
उत्कृष्ट चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग

आफ्नो बोझ आ-आफै बोकी लिउ
यो बोझ भोली कस्ले बोक्ने हो आज हुँदैन भेउ
थाहा हुँदैन कसैलाई जिन्दगी कसरी लाग्छ छेउ
बन्न नपरोस कसैलाई यो भब्य यात्रा को लेउ
सुन्दर, शान्त र विशाल हृदयको मालिक बनी रहु
सुगन्धित पवनको स्पर्शमा अनुबन्धित होस् यो जिउ
यस्तै यस्तै चाहनाको सबैलाई हुन्छ माग
नबुझाई जान्न सकिदैन कसैको भित्री भाग

हरियाली was last modified: September 30th, 2009 by Vishnu Kshettri
 

Blog Comments

  1. Prabhat Man Sainju

    नेपाल मा हुँदा कहिल्यै हेरेको थिएन मैले विष्णु दाई का पोस्ट हरु …तर अहिले विदेश तिर बरालिंदा चै दाई को आर्को व्यक्तित्व को पनि दर्शन भयो…कवि विष्णु जी को यो कविताले म भित्र रहेको कविलाई जगायो …धन्यबाद |

  2. nemesis

    Wonderful poem Vishnu dai…. Well i never knew you could write such a wonderful poem. I enjoyed the poem especially the second paragraph…. Never knew you were a poet Vishnu dai… Hoping to read some more poems in near future..

Post Your Comments:

Your email address will not be published. Required fields are marked *