सम्यक दृस्टी

Posted by: Lekhnath

सबै अन्धाहरुको देश  थियो।  अन्धाहरु सबैजना हिलोको पोखरीमा बस्ने।  जन्मदै सबै जना अन्धा अनि उनिहरु कुन ठाउमा छन् उनीहरुलाई त्यति हेक्का हुन्दैन, सबै हिलोमै जन्मने अनि हिलोमै हुर्कने अनि हिलोमै मर्ने ।  उनीहरुलाई त्यो हिलोको पोखरी नै सम्पूर्ण संसार हो। एउटा अन्धो बच्चा जन्मन्छ। हिलोको तातोमा  हुर्कन्छ।  हिलोको तातो र उर्बर बाताबरणमा रमाउछ।हिलो चिसो हुँदा रुन्छ अनि हिलो न्यानो हुँदा रमाउछ।  उमेर बढ्दै गए अनुसार त्यो हिलोको गहिराई बढ्दै जान्छ अनि हिलोको चापले थिचिएर मर्छ ।  यहि नै उनीहरुको  जीवन हुन्छ। एक पटक ठुलो भाग्यमानी दिन साबित भयो। त्यो पोखरीमा जन्मिएको बच्चा मा जान्ने  यो इच्छा भयो :  “आखिर हामिहरुको अन्तको  कारण के हो?” उसले खोज सुरु गर्यो।  धेरै कोशिस गरे पछि उसले आफ्नो आखा खोल्न सफल भयो।  अनि उसले आफ्नो वरिपरी भएको हिलो देख्यो।  अनि थाहा पायो। जुन मनोरम हिलोमा उ हुर्कने बढ्ने गर्थ्यो। जुन हिलोको तातोले उसलाई न्यानो पर्दान गर्दथ्यो, जुन हिलो चिसो हुँदा उ रुने गर्थ्यो त्यहि हिलोले थिचेर सबैको अन्त्य हुँदो रहेछ। त्यो निर्मम हिलोले कसैलाई पनि छोड्ने रहेनछ। उ हिलो बाट बाहिर निस्कन कोशिश गर्न थाल्यो। उ जति कोशिश गर्छ हिलोमा त्यति फस्ने रहेछ।  उसलाई आपद पर्यो।  उसले केहि बेर विचार गरेर हेर्यो।  अब कसरि निस्कने हिलो मा माथि निस्कने कोशिश गर्यो भने झन् दलदल मा तल पुगिने।  उसले एउटा हतियार बनायो। अनि आफ्नो शरिरमा भएको र आफ्नो ओरिपरिको हिलोलाईनै सहारा बनाएर  आफु माथि निस्कने उपाय निकाल्यो। जिबनको  धेरै समय खर्चेर उ आफ्नो शरिरको आधा भाग बाहिर निकाल्न सफल भयो।  जब अलिक माथि आयो अनि उसले वरिपरी हेर्यो।  उसले देख्यो उसको परिवार सबै जना अझै अन्धा नै छन्।  उसको वरिपरी भएकाहरुलाई हेर्यो। सबै उस्तै: आफ्नै कालको दलदलमा रमाई रहेका, त्यसैको लागि झगडा गर्ने, त्यसैको आसक्ति मै जीवन सकिने। मरे पछि कता जान्छ त ? एउटा पोखरी मा मरेको अन्धा  फेरि त्यहि वा अन्य पोखरी मा फेरि अन्धा  नै भएर जन्मने रहेछ। आफ्नो पुरानो जीवन पुरै बिर्सेर नया जीवन जस्तो तर उसको अन्धोपन उस्ताको उस्तै।  त्यो पोखरी को तातो मा रमाउछ अनि त्यहि पोखरी को हिलोले मर्छ।  मर्ने बेला उसको वरिपरी बसेर आफन्त हरु आसुको सागर बनाउछन।  अनि यो प्रक्रिया अनबरत रुपमा चालिने रहेको छ।  उ देक्छ यी दुखि हरुको पनि आखा भैदिएको भए ? उनीहरुले आफु रमाई रहेको यो हीलो नै उनीहरुको दुखको कारण हो भन्ने थाहा पाउने थिए।  अनि त म उनीहरुलाई यो हतियार चलाउन सिकाएर बचाउने थिए।  तर आखा कसरि आउंछ?

उसले आफ्नो आखा कसरि आएको सम्झ्यो अनि अरुलाई सम्झाउने विचार गर्यो। तर अर्काको आखा  खोल्न सजिलो थिएन।  त्यसमाथि हिलोको असक्तिको  बाधा त छदै थियो। हिलो मा धेरै रमायो वा दब्यो भने उ आफ्नै आखा गुमाउने अनि उ पनि अरु सरह हिलोमा रमाउने अन्धा हुने भयाबह पनि थियो। हिलो बाट बाहिर जानलाई निकै कोशिश गर्यो भने उ एक्लो सफल हुन सक्ने थियो।  त्यसपछि उसलाई जन्मन र मर्न पर्ने थीएन।  हिलोको त्यो निर्मम दलदल बाट सधैको लागि मुक्त हुने थियो।  तर उसले अरुलाई आखा उब्जाउन सक्ने थिएन। यो दुइ बाटो: “आफै तुरुन्त दलदल बाट निस्कने कि जन्मौ जन्म यहि हिलोमा अरुको सहायक भएर दुख भोग्ने अनि उनीहरुको गुरु भएर आफु पनि मुक्त हुने अनु उनीहरुलाई पनि मुक्त हुन सिकाउने। ” उसले एक निकै कठिन निर्णय लियो। म अरुको पनि आखा  उब्झाउन सहायक बन्ने छु।  अरुलाई हिलो बाट निस्कने कुसल औजार पनि बनाउन सिकाउने छु।  अनि सबैको साथ् म पनि बाहिर आउने छु।  यो महान यात्रामा उसको आफ्नो आखा सकुसल रहनु अनिबार्य थियो।  अन्यथा उ पनि अरु सरह हुने थियो र उ हुनु को अर्थ नै हुने थिएन।  उसले फेरि विचार गर्यो अब अरुको आखा कसरि उत्पन हुन्छ त ? उसले देख्यो उनीहरुको आखा आउन उनीहरुले नै मेहनत गर्नु पर्ने।  उसले बनाएको औजारले उनीहरुलाई नहुने।  उनीहरुले नै आफै औजार बनाउनु पर्ने।  अनि आखा खोल्ने बेला उनीहरु हिलोको दलदल बाट अलिकति माथि उठ्नु पर्ने।  तर कोहि पनि हिलो छोड्न नमान्ने। उसले देख्यो उसले अरुलाई हिलो बाट निकाल्ने काममा उसलाई अनन्त जीवन हिलोमै बाच्नु पर्ने भयो।  हरेक जीवनमा उसलाई हिलोको दलदलमा पूर्ण रुपमा नभसिएको अबस्थामा।  उसका आखा कुनै जीवनमा कुनै समयमा पनि नागुम्नु पर्ने।  यदि कहिलै उसले आखा गुमेको अवस्थामा उसलाई हिलोमा मर्नु परेको अबस्थामा उसले आखा हुन्छ भन्ने होस् नै गुमाउने भएकोले अरु जस्तै अन्धा  नै हुने रहेछ।  यस्तो अवस्थामा उसले सम्पूर्ण माया मोह त्याग गर्नु पर्ने भयो अन्यथा उ कुनै पनि जीवनमा कुनै पनि समयमा बिचलित हुन सक्थ्यो अनि उसको सम्पूर्ण उधेश्य चौपट हुन्थ्यो।  उसले संकल्प लियो।  मैले सबैलाई यो हिलो बाट बाहिर निकाल्न सहयोग गर्ने छु अनि मात्र म बाहिर निस्कने छु।  म एक्लै बाहिर निस्कदीन।
यो संकल्प मा निकै धेरै खतरा र धेर बाधा थियो।  उसको पहिलो जीवनमा नै उसले देख्छ।  उसको माता  पिता बिलौना गरिराखेका “मेरो छोरा हिलो बाट बाहिर छ। अब उ हिलोबिना कसरि बाँचेको छ ? उसको सरिर पुरै जर्जरित भै सक्यो।  तल तान उसलाई।” सबै आफन्त संग हारगुहार माग्न लागे ” मेरो छोरालाई बचाइदिनु पर्यो लौन आपद पर्यो ” सबै जना मिलेर उसलाई हिलोमा पुरै डुब्ने गरि तान्न लागे।  झन्नै उसको आखा  नै गुमेको।  उ आफ्नो परिवारलाइ छोडेर माथि आओस त उसको माता पिताको मुटु नै फुट्ने पो होकी? उसको आफन्त हरुको त्यो हाल देखेर उसले आफुलाई नियाल्यो अनि मन दृढ  बनाएर संकल्प लियो : ” म कुनै पनि हालतमा कुनै पनि जीवनमा कसैको भावनात्मक आवेगमा बग्ने छैन।  कुनै पनि हालतमा मैले यो दलदलमा फसेर आफ्नो आखा गुमाउने छैन।  अन्यथा म हुनुको कुनै अर्थ छैन। मेरो शरिरको एउटा एउटा अंग लाइ टुक्रा टुक्रा बनाएर काटिनु  परे पनि म बिचलित हुने छैन।  मेरो संकल्प त्यो अन्तिम जीवन सम्मको लागि जतिञ्जेल मैले सबैलाई यो हिलोबाट पार लगाउने उपाय निकाल्ने छैन। ” उसलाइ अब कुनै पनि भावनात्मक लडाई जित्न गार्हो भएन।  उ कहिलै कुनै जीवनमा बिचलित भएन।  कुनै जीवनमा उ हिलोमा अलिक गहिराई मा पुगे पनि आफ्नो आखा नै गुमाएर अरु हरु सरि अन्धो भएन।  यहि थियो सम्यक दृस्टीको त्यो महान सुरुवात जसले सम्यक सम्बुद्धलाइ जन्माउने छ।

सम्यक दृस्टी was last modified: November 17th, 2014 by Lekhnath
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *