शुक्रबार आउने भावनाहरु

Posted by: Kapil Raj Pandey

मरेतुल्य जीवन आँखा छोपिदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती

सुन्यताको कोलाहल्मा बौलायेको जिन्दगी
कर्णप्रीय तिम्रो श्वोर सुनाइदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती
अस्तित्वको खोजाइमा बिलाएको जिन्दगी
घरको तिम्रो बाटो आज देखाइदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती

 

निर्दोसिताको फैसलामा अड्किएको जिन्दगी
मुक्ती पाउछु मेरै दोष भनिदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती

कल्पनाको संसारमा थन्किएको जिन्दगी
रोपी मुटु आफ्नो नाम झिकिदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती

यादहरुको असरमा पिल्सिएको जिन्दगी
आफ्नै हातले हाँसी बिष पिलाईदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती
मरेतुल्य जीवन आँखा छोपिदेउन बिन्ती

 

  

शुक्रबार आउने भावनाहरु was last modified: April 3rd, 2009 by Kapil Raj Pandey
 

Blog Comments

  1. suyesh

    Aja feri sukrabar ho bhani nasamjhaideu na binti
    La la chitra dai, balai bhayena euta aarko bottle beer thapi deu na binti :D

  2. Hunewala

    Hajur ko ek ek pal mero lagi chha kimti
    yestai sarbajanik rup ma pida napokha na binti
    aba bhana kaile aauchau timi ma kaha liyara janti
    dherai sukrabar ko rat tadpiyako chu mido pidako assma
    aba dherai sukrabar raksi matra lai nadeu na binti
    aau ani laijau chito sukbar merai nasha piya na binti

  3. Vish

    भिडको कोलाहलमा पनि हराएको छ जिन्दगी
    कसैले खोजिदेओस् भन्ने आश छ यो मनभरी
    रक्सी त तरल भिज्नु सम्मको न हो झरी
    बरु कोमल बाहुलिको स्पर्शले ब्युताओस् सधैभरी

    कटाक्ष नयनले पनि छिद्र बनाएको छ जिन्दगी
    कसैले भरिदेओस् भन्ने चाहना छ मन भरी
    कपिलको कविता कुमारी पानामा कोरिए जस्तै गरि
    रजनी गन्धाको शुवास पोखिरहोस् वरिपरी

  4. mann ka bhaawana

    बोक्न नसकिने भारले थिचिएको जिन्दगी
    आकाशबाट खसेर बज्रिदेऊ न बिन्ती

  5. Dhilung Kirat

    Kadaa Kapil kadaa..

    यस्तै भावनाहरु पोख्दैरहनु मेरो पानि बिन्ती अनगिन्ती ।

  6. sangharsha

    “सुन्यताको कोलाहल्मा बौलायेको जिन्दगी
    कर्णप्रीय तिम्रो श्वोर सुनाइदेउन बिन्ती”

    “यादहरुको असरमा पिल्सिएको जिन्दगी
    आफ्नै हातले हाँसी बिष पिलाईदेउन बिन्ती”

    कडा अत्ति कडा!
    दुई-चारवटा अरू कविता लेख्दै गर बिन्ती!!

  7. bishwa

    daami yar…

    “सुन्यताको कोलाहल्मा बौलायेको जिन्दगी
    कर्णप्रीय तिम्रो श्वोर सुनाइदेउन बिन्ती” -

    a life maddened by the clamors of silence,
    begging for your soothing voice – “talk to me PLEASE!”

    Cheers man! You gotta write some more.

Post Your Comments:

Your email address will not be published. Required fields are marked *