रहर

Posted by: mid_night_sun

राजनीति
भाग लागि सके पछी केही शेस भए त
हामी पनि रहने थियौ नि हजुर देश भए त

कालो कोट लाएरै उपराष्ट्रपती बन्न पाउने भए
हामी पनि लड्ने थियौ नि हजुर केस भए त

राजनीति त गरिएन समाचार त पढिन्छ नि
हामी पनि खेल्ने थियौ नि हजुर चेस भए त

पत्रकारिता
उ कहाँ पुगिसक्यो त भने जही को तही
हामी पनि कुद्ने थियौ नि हजुर रेस भए त

समाचार बिक्दै छन पृष्‍ठ मात्र थरी-थरीका
हामी पनि गर्ने थियौ नि हजुर गेस भए त

खाना
खाना मिठो पाकेन होला पेट त भरियो नि
हामी पनि खाने थियौ नि हजुर मेस भए त

मन
घरी यता घरी उता यो मनको के भर
हामी पनि बाध्ने थियौ नि हजुर लेस भए त

दु:ख
किताब त अङ्रेजिमा हामी पनि पढिन्छ नि
हामी पनि लेख्ने थियौ नि हजुर बेस भए त

र अन्तमा ,
टाउकामा रौहरु अड्ने बेस भए त
हामी पनि कोर्ने थियौ नि हजुर केश भए त

रहर was last modified: July 23rd, 2008 by mid_night_sun
 

Blog Comments

  1. mystique_musings

    mid-night-sun
    फेरी पढे पछि मलाई अर्को लाइन सबै भन्दा मन पर्यो
    “भाग लागि सके पछी केही शेस भए त
    हामी पनि रहने थियौ नि हजुर देश भए त”
    पहिलो लाइन पुरानो कमेन्टलाई सच्याउन चाहन्छु तर त्यो पनि धेरै राम्रो छ। तर यसमा ठट्टा संग संगै मर्म पनि छ, भाग लाग्दै गरेको देशको दु:ख………धेरै राम्रो छ

  2. mystique_musings

    mid_night_sun!!!
    The poem is really a good satire to the current socio-political developments. The presentation is totally good विशैष गरेर ‘त’ भनेर अन्त गरेको मलाई सार्है मन पर्यो। यो लाईन चाहिं मेरो लागि सबै भन्दा उत्तम
    समाचार बिक्दै छन पृष्‍ठ मात्र थरी-थरीका
    हामी पनि गर्ने थियौ नि हजुर गेस भए त

Post Your Comments:

Your email address will not be published. Required fields are marked *