यो अमेरिकामा- भाग दुई

Posted by: Mabi Singh

यो अमेरिकामा- भाग २

कन्फरेन्सको शिलशिलामा चार दिन वासिङ्टन डि सि मा पश्चिमी खाना खांदा खांदा मलाई दाल भात खान निकै तलतल लागि रहेको थियो ! सांझको ब्याङ्क्वेट डिनर छाडेर कनेक्टिक आभेन्यू छिचोल्दै म डुपोण्ट सर्कल पुगेर चाईनीज, जापानीज, कोरीयन जहां भात भेट्छु त्यहि खान्छु भनेर खोज्दा खोज्दै एउटा ईन्डीएन रेष्टूरां भित्र छिरें !

भित्रको डेकोर देख्दा पाच छ बर्ष पहिले त्यहि ठाउंमा पूरानो साथी राज काम गर्ने याद आयो। राज वेटिङ् गर्थ्यो ! र मलाई राज त्यहि ठाउंमा अझै छ कि छैन भन्ने कौतुहलता जागेर आयो …

…।नभन्दै राज एउटा मेनु बोकेर म तिर आए ।
“अहो राज के छ ?”
“अनि तिमी कताबाट नि ?”
“म यहा कन्फरेन्समा आएको, चार दिन भो भात खान नपाएको त्यसैले यता तिर छिरेको….सुनाउ न अरु के छ ?”
“त्यस्तै हो रेष्टुरेण्ट चलाउन निकै गा-हो हुंदो रहेछ….बिहान देखि राति सम्म खट्नु पर्दो रहेछ…पहिला अरुकोलागी काम गर्दा पो केहि मतलब हुन्थेन, अब आफ्नै भए पछि त रात दिन गर्नै प-यो नि…”
“ए तिमीले यो रेष्टुरेण्ट किनि सक्यौ ?” मैले सोधें !
“अं पहिलेको वोनर ले यहिबाट गर..ग्रीन कार्ड गरिदिन्छु भनेर यहि चार बर्ष दु:ख गरें । बचेको पैसा जति लयर लाई तिर्दै ठिक्क थियो तर अचेल राम्रै भै राखेको छ, दु:ख र टेण्सन चाहि निकै हुंदो रहेछ ।”
“त्यसो त सबै काममा स्ट्रेश र प्रेसर त भई हाल्छ नि । कस्तो चलि राख्या छ त? ” मैले सोधें ।
“ पहिले भन्दा त राम्रै छ । पहिलेको वोनरलाई गा-हो हुन थालेको थियो । मान्छेहरु रिटेन गर्न गा-हो..फेरि एकजनाले सिक कल गर्दिए पछि सबैलाई असर पर्ने…र गार्हो भएर बेच्न खोज्दै थिए । नबेच म चलाउछु भनें । उ त आजीत भैसकेकाले हुन्छ भने । बरु तैले किन र चलाउ तर पैसा एकैपल्ट दिनु पर्दैन, बिस्तारै तिर्दै जाउ भनेर कागज गरि दिए ! सबै पैसा तिरि सके पछि मात्र मैले यो रेष्ठूरांको नाम फेर्न पाउने शर्त छ ।“
“राम्रो भएछ त ।”
“म त आफूलाई भाग्यमानी नै ठान्छु ।” उनले भनें र एकछिन है भन्दै नँया आएका कस्टोमरहरु तिर लागे !
“हेरन आफैले पनि गर्नै प-यो, नभए त…के पिउछौ? ”
“बियर छ ? ”
“पूरा बारको लाईसेन्स छ । किङगफिसर पिउछौं ?”
“हुन्छ, ईण्डीयन बियर नै खाम् न त “ मैले भनें !
“ए श्याम, दुईटा किङगफिसर, चिकन टिक्का, पकौडा लिएर आउ त ।”
मेले उस्को स्वरमा एउटा म्यानेजर र वोनर भेटें ।
“राम्रो ठाउंमा रहेछ” मैले फेरि कुरा शुरु गरें !
“अं रिएल ईष्टेटमा लोकिशन्, लोकिशन् भने जस्तै रेष्टुरेण्ट पनि लोकिशन् मै भर पर्दो रहेछ ! सर्भिस दिन सक्नु पर्दो रहेछ चल्दो रहेछ ! भाई सेफ छ, र अरु सबै नेपाली नै राखेको छु ! आफूलाई परेको दु:ख सम्झेर सबैलाई मैले नै स्पोन्सर र lawyer fee तिरि दिएको छु !”
“ए राम्रो गरेछौ !”
“रेष्टुरेण्टको पनि झण्डै आधा जस्तो तिरि सकें । पहिले नहुंदा पनि चलेकै थियो, अहिले चार पांच दोब्बर ईनकम हुंदा पनि मोर्टगेज, गाडीको लोनले गर्दा क्याश चाहि निकै टाईट छ ।”
“ ए कहां किनेका छौ नि घर ?”
“मानाससमा…तीन हजार स्क्वायर फुट छ ।”
“बिहे ग-यौ त?”
“गरें एउटा छोरा छ ..दुई बर्षको”
“लौ तिमीलाई कति चीजको बधाई दिनु !” भन्दै थिएं तातो बास्मति चामलमा घिउको बास्ना र चिकन करि आई पुग्यो ।
“ल तिमी इन्ज्वाई गर..क्वालीटीमा कम्प्रोमाईज गर्दैनौ है हामी…. म यस्सो उता तिर हेर्छु ” भन्दै उनी लागे !
आखीरमा मैले बिल तिर्न खोज्दा मान्दै मानेनन् । तर मैले सम्झाएर भनें “हेर मेरो एक्सपेन्स सबै रिईम्बर्श हुन्छ, तिम्रो बिजिनेसमा यस्तो जेनेरोसिटि भयो भने डुब्ला फेरि.. बरु अर्को पल्ट आउंदा घरैमा आऐर खाउंला ! ”
निस्कदा निस्कदै मैले सोचें “मिहेनत, लगन लगायो र धैर्य भयो भने समय त लाग्छ तर
फल चांहि मिल्ने रहेछ यो अमेरिकामा ।”

यो अमेरिकामा- भाग दुई was last modified: September 17th, 2007 by Mabi Singh
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *