मन का कुरा, प्रिये शेलो लाई,,,

Posted by: Mr Sensible

फाल्गुन ४, २०६५
काठमाडौं, नेपाल

प्यारी शेलो,
फाल्गुन महिना को पहिलो साता मा छौ हामी र अङ्रेजी महिना हेर्ने हो भने फेब्रुअरी को केही भाग अझै बाँकी छ। हिजो प्रणय दिवस को दिन (१४ फेब), मैले तिमी सँग दिन को धेरै समय बिताए, लगभग दुई तिहाइ। अविस्मरणिय पल हरु थिए ती। यस् दिन को सम्झना सधैं रही रहन्छ मेरो स्‍मृति पटल् मा। आउने हरेक बर्ष मा तिमी सँग बिताएका पल हरु सम्झने छु। खरानी भएर गये पछी पनि मेरो आत्मा मा तिमी रहनेछौ, त्यो दिन को याद ले मलाई सधैं काउकुती लाई रहेने छ। तिमी सँग बिताएका दिन हरु, जहाँ धेरै भोगाइ र नियती देखे मैले, कती अनौठा कुरा हरु को आभास पनि भयो मलाई, ति दिन हरु म कहिले पनि बिर्सिन्न। तर, आज कता कता सुन्न मा आयो, फेब्रुअरी महिना को अन्त तिर हाम्रो भेट्घाट अली कम् हुन्छ रे। के यो सत्य हो प्रिये? साह्रै नरमाइलो लागी रहेको छ। तिमी सँग धेरै समय मैले बितायी सके। तिमी बिना म कसरी बाँच्न सकुँला? किन र, तिमी जान्छौ? कि कुनै अर्को देश जादैछौ? तिम्रा अभिभावक हरु त भन्चन यो बर्खे झरी पछी तिमीलाई, सदा का लागी अन्माउछन् रे, हो र? कती सजिलै भन्छन है। तिमीलाई सोधेका त छैनन होला। के तिमीलाई साचीकै जान मन छ त? मलाई छोडेर? यो जीवन को कल्पना पनि गर्न सक्दिन म तिमी बिना।

प्यारी शेलो!! तिम्रो साथले मेरो जीवनलाई एक अलग पहिचान दिएको छ। मेरो सपनी मा तिम्रो म्रिदु मुस्कान देख्न थालेको छु मैले, के मध्यरात, के मिर्मिरे बिहानि को ४ बजे; म झल्यास्स बिउँझीने गर्छु। मूसुक्क हास्चू, र सोच्छु, कस्तो कहिले न मेटिने छाप छोडेकी छौ मेरो जीवन मा तिमीले। म गर्व गर्छु तिमीलाई पाएकोमा, र गर्ब छ मलाई, तिम्रो त्यो आगमन को पाइला हरु को पद्चाप् लाई मेरो जीवन को गुन्जन बनाउन।

तर हरेक दिन, जब तिमीले केही छिन् को लागी मलाई एक्लै छोडेर जान्छौ, म अनायास कराउने गर्छु। प्रिये, तिमीलाई थाहा छ, तिमीले गर्दा मेरो दिनचर्या धेरै नै ब्यबस्थित बनेको छ नि। तेही भएर म भन्छु तिमी बिद्रोह गर, र सधैं को लागी मेरो सामु बसी राख। म साथ दिने छु तिमीलाई। तिमी बिना को जीवन म कल्पना पनि गर्न सक्दिन, यो कुरा म दोहोराइ रहने छु।

पहिला म जती खेर मन लाग्यो लुगा मा आयरन लाउथे, जती खेर मन लाग्यो खाना बनाउथे, जती खेर मन लाग्यो टंकी मा पानी चडाउथे, मोबाईल चार्ज गर्थे, कम्प्युटर चलाऊथे, टि.भी हेर्थे। जे काम पनि मन लागे मात्र गर्थे। तर प्रिये, तिम्रो आगमन पछी मैले मेरा काम हरु (माथि ऊल्लेखित र अरु सबै काम हरु) निस्चित समय मा गर्न थालेको छु। म बडी नै उत्तरदायी भएको छु मेरो जीवन प्रति। यो मेरो जीवन को सम्बन्धमा ठुलो र अती आवश्यक पाटो रहेछ, जुन मैले तिमी आउनु भन्दा अघी न त बुझेको थिए, न त आफ्नो दैनिकी मा आत्मसाथ गरेको थिए। कस्तो तुछ् कुरा गरेको भन्लाउ तिमीले तर म ब्यक्त गर्न चाहन्छु तिमी प्रती को मेरो अगाढ प्रेम, यहाँ सम्म कि, तिम्रो आगमन अगाडि म सबै काम सकेर तिम्रो पर्खाइ मा बस्ने गर्छु। अन्धकार होला तिमी आउँदा भनी तिम्रो स्वागत को लागी इन्भर्टर चार्ज गरेर राक्छु। तिमीलाई गीत सुनाउन सकौ भनेर मोबाईल लाई चार्ज मा राखी, गीत हरु भरेर राख्छु। यहाँ सम्म गर्ने गर्छु कि ल्यापटप चार्ज गरी तेस्मा नयाँ नयाँ फिल्म हरु राखी बिजुली न भये ता पनि तिमीलाई देखाउने गर्छु। मोटर न चल्दा धारा मा पानी न होला भनेर, बाथ्रुम को टंकी मा पानी भर्न को लागी इनार बाट पानी तान्दा, तिम्रै लागी त हो मैले ढाड सड्काको, आशा छ बिर्सेंकी छैनउ।।

यो स्वार्थी दुनियाँ मा मैले आफ्नो लागी केही न गरी आफुलाई तिम्रो लागी समर्पित गरेको छु। तिमीलाई कहिले पनि दु:ख न होस्, आसुँ तिम्रो आँखा बाट कहिले न बगुन, मेरो हरदम यही प्रयास रहन्छ। अनी के कमी भयो र म पागल बाट, म अज्ञानी बाट, तिमी म सँग टाढिन लागेकी। न जाउ न प्रिये, म तिमी बिना बाँच्न न सकुँला अब।

मलाई थाहा छ तिमी आउछौ आज बेलुकी म सामु, धेरै बेर को लागि। तर तेती खेर तिम्रो अगाडि म यी कुरा हरु शायद ब्यक्त गर्न सक्छम हुने छैन। तेहि भएर यो पत्र लेख्दै छु। आशा छ तिमीले मेरो आसय बुझ्नेछौ, र सही निर्णय लिने छौ। अन्त मा, त्यो ८३,००० को गणित ले तिमीलाई निर्णय लिने बेला झुक्क्याउलान तिम्रा अभिभावक हरुले, त्यो सबै मिथ्या हो, तेस्लाई न पत्याउनु बिन्ती छ तिमीलाई।

तिम्रो जे निर्णय भये पनि मलाई सिरोधार्य छ। मेरो सप्रेको बानी लाई फेरी बिग्रन दिन्नौ भन्ने सोचाइ का साथ, कसैले कोरेको भावना का केही शब्द हरु तिमीलाई समर्पण गर्दै,,

“तिम्रा सम्झनाका तरङ्गहरु खहरे होइनन झरना हुन
जो निरन्तर छचल्किरहन्छ, अविरल अनवरत रुपमा
तिम्रा कल्पनाका लहरहरु खोला होइनन हिमनदी हुन
जुनसुकै मौसममा पनि निरन्तर बगिरहन्छन
नदेउ दुइदिने साथहरु, म तिम्रो काखमा अस्ताउन चाहन्छु
वर्षौपछिको हजारौं वर्षसम्म केवल तिमीमै हराउन चाहन्छु”

तिम्रो उही,,
————————-
Poem Courtesy: अविरल चाहना

मन का कुरा, प्रिये शेलो लाई,,, was last modified: September 11th, 2013 by Mr Sensible
TagsTags:

Blog Comments

  1. RandomVisitorofEU

    Mr Sensible your thinking ability and observational skills are exceptional. What we see today is that, there is no reduction to load shedding and you have presented it 12 days before…and the order in which you have presented the facts.. marvelous!! keep writing…
    btw Inflammable Tears is also a perfect one… (commenting for it here)

Post Your Comments:

Your email address will not be published. Required fields are marked *