मनहरीमा बार्‍ह औलो रोगी भेटिए

Posted by: Ramkumar

मकवानपुरको मनहरीमा सोमबार थप दुई जना औलो रोगी भेटिएका छन । सोमबारको रक्तपरीक्षणबाट मनहरी गाबिस वडा नम्बर तीनको रमंटार तल्लो बस्तीकी एक अधबैंसे महिला र उनकी एक छोरीमा औलो रोग देखिएको मनहरी प्राथमिक स्वस्थ्य केन्द्रले जनाएको छ । यससंगै मनहरीमा गत साउनदेखि औलो भेटिनेको सँख्या बार्‍ह पुगेको छ ।

औलोले महामारीको रुप लिनसक्ने आशँका गर्दै मङलबार मनहरीमा सामुहिक रक्त सँकलन पनि गरियो । सोही गबिसका रमंटार, बिजौना, शिविर लगायतका स्थानमा पचासभन्दा बढी शंकास्पद व्यक्तिहरुको रक्त सँकलन गरिएको छ ।

मनहरीमा बार्‍ह औलो रोगी भेटिए was last modified: November 7th, 2006 by Ramkumar
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *