ब्लग ब्यस्तता, युनिकोड एजेन्डा र १५ घन्टे निद्रा

Posted by: subin

सुबिन श्रेष्ठ

सुबिन श्रेष्ठ

ब्लग अर्थात व्यक्तिगत विचार । online diaires । खुल्ला विचारशैली । त्यस्तै आफ्नो सोचको शब्द कलाकारिता पनि हो । आधुनिकता चुलिएको समकालीन शहर समाजमा साचार आबद्ध यो ब्लग नशा लहर व्यापक छ । ब्लग शैलीको आदानप्रदान विचार र सोच शैलीको प्रस्तुतीकरण पनि हो ।

यता वर्ड प्रेससँगको नजिकता यस्तो बढेको छ कि जतीबेला पनि आफ्नो ब्लगको सुधार र कस्तो डिजाईन गर्ने भनेर मनमा आइरहन्छ । ब्लगले मलाई मात्र होईन । लाखौ युवा-युवतीको मन जितेको छ । संसारभर करोडौ ब्लगमा दैनिकमात्र हजारौ संख्यामा नयाँ श्रृजनाहरु त्यहाँ राखिन्छ । त्यो भीडमा म पनि एक हुँ । अनि ब्यस्त नहुने कुरै भएन । पत्याउनु हुन्छ ? दिनभर यस्मा कस्तो बनाउने भनेर ब्यस्त रहन्छु । हुन त निकै पहिला, भयो होला २१ महिना जति । एक मित्र अबिनाशी पौडेलको हेल्प लिएर यो साईटमा प्रबेश गरेको थिए । तर त्यो बिर्सिए पनि । अचानक खै कसरी आफ्नो लेखको याद आयो अनि यो साईट म फेरी घुसे । केही पनि फेला परेन, कसरी परोस् ? नयाँ साचो थिएन मसँग । फेरी बनाए र भित्र पसे । अब नयाँ पो पाएँ । अनि चल्दै गएँ । एक न्युज पोस्ट गरे, हेरे । राम्रो लाग्यो । फेरी फेरी फेरी निकै पो गरे हो हफ्ता दिनमा । अहिले त आफुलाई खुशी लाग्छ कि जिस्किएर पनि केही त गरियो । अनी उही पुरानो मित्र याद आइरहेको छ । यो प्रयासमा नयाँ कसरी गर्ने भनेर माइ संसारले मेरो बाटो लाई सहज बनाएको मैले बिसनुहुन्न ।

यता अर्को समस्या जन्मियो । जसो गर्दा पनि मेसो नपाईने । प्रीती र अन्य फन्टहरु राखन् नमिल्ने । आफ्नो समाचार त प्रकाशित भएका थिए र तिनीहरु वेबसाईटबाट कपी गर्दे हाले तर मेरो लेखनका कति आर्टिकल र आफ्नै कुरा पनि त राख्नुनु छ । यो कसरी पोसिबल होला ? पहिलो प्रयास मैले खोजे युनिकोड लेखन कसरी गर्ने र मेरो नयाँ ब्लग कसरी राम्रो बनाउने चाहनामा । प्रबासी नेपालीका सागर श्रेष्ठलाई गुहारे । तर सकिएन आफ्नो प्रयास खेर गयो । शायद गलत मोड लिएछु । जिमेलमा गफ गर्दे बाटो देखाउनु भएको थियो । ठिकै छ सागरजी मेरो प्रीती फन्टका २ लेख युनिकोडमा गरिदिनुस् भनेर पठाएको छु । वहाँलाई पनि ब्यस्तता बढी भएर होला । जवाफ आएको छैन् ।

अब खोज यति गरे कि जसरी होस् मेरो ताजा समाचार, मेरो लेख र आफ्नै कुराहरु हाल्नु छ । यो बेला साहित्य संसारका एक मित्रको पनि याद आयो । वहाँसँग सहयोगको लागि भन्ने बिचारमा थिए । एक ताका चाहरेको मदन पुरस्करको साईटमा प्रबेश गरे । त्यहाँ अहिले युनिकोड डाउनलोड रहेनछ । फेरी बाटो छेकियो । खै गर्न सकिन्दैन यो । उहिले राजधानीमा रहँदा पनि निकै चर्चा सुनेको युनिकोड लेखन तर्फ खासै ध्यान गएको थिएन । तर पर्दा र चाहिदाँ भने खोदेर पनि नपाईने रहेछ । त्यही भएर बेलैमा सिकेको भएँ कति फाईदा हुन्थ्यो भनेर मनले नमिठो अनुभव पनि गर्यो । बरु सबैभन्दा राम्रो उपाय पहिलाको नै गर्ने । न्युज छपिन्छ त्यो कपी गर्न र यता ब्लगमा पेस्ट गर्न । वाह कस्तो राम्रो उपाय अब केही होला जस्तो छ यो मन राजी भयो ।

ब्लगको कुरा म एकोहोरिएर होला । समयको ध्यान नै भएन । बिहान सातबजे अफिसमा गएपछि एकै पटक ९ बजे तिर उतिर्नै पो बानी भयो । समय कसरी गयो थाहा नै भएन । निद्रा पनि के भयो भयो । सुत्यो खाली युनिकोड आइरहने । हफ्ता दिनको बिदा यहाँ शुक्रबार हुन्छ । त्यो दिन त मेरो योजना गजबको छ । बिहानै जाने र चिने जानेका मित्रहरुलाई लौ सहयोग चहियो भनेर युनिकोड लेखनको हेल्प माग्ने । बिहीवार पनि रातको १० बजेतिर कोठामा आएछु । मलाई पर्खिएर बसेका गुरुङदाजुले एक चुस्की को निम्तो गरे । मैले वहाँलाई नकारे । पटक पटक भने । सुबिनजी तलब आएको छ, सधैं कहाँ बसिन्छ र ? भन्दै कर गर्न थाले । लौ त चाणक्यले कही भनेका थिएँ । अरुको खुशीमा रम्नु पनि निम्तो दिनेको वास्तबिक आदर हो । वहाँ फेरी ४५ को हाराहारी को मान्छे । गएँ, बसे र ५ ब्यतिहरु सँगै बसियो र सुरु भएँ । बिबिध वहियात कुराहरु । आफुलाई यहाँ युनिकोड भन्दा केही याद छैन् ।

जे भएँ पनि पिउने पनि कला रहेछ । पिउनेलाई पिउनको लागि बाहना चहिन्दैन । पुरै पिएर नढल्नेहरु पनि छन् र २ पिएर ढल्नेहरु नि छन् । मेरो भने कुन चाँही पर्‍यो थाहा छैन्, सबै घुमेको नजारा पो पाएँ । एक माना पिएँ शीरमा, दुइ माना पिएँ थिरमा र तीन माना पिएँ भिरमा । मेचीयात्रामा रहेको बेला एकगाउँको बसाइँमा रहदाँ सुनेको यो अहिलेको माहौल शोभायमान भईरहेको थियो ।  कतिखेर गएर सुते र कस्तो रह्यो रात अनि युनिकोड मागको कुरा कहाँ रह्यो केही भेउ पाइँन । बिहान निद्रास्थलमा शीर छेउ पल्तिएको अपुरो लेखनको पर्सनल डायरी खुलै थियो र आज कसैको खुशी र आदर राखन अलिकती पिएँ भनेर लेखेदै कलम रोकेको रहेछु । अब त मरिकाते पनि पिउन्न । फेरी आफु पिउने लत म कहिले पनि नपरेको मान्छे । काठमाडौंबाट बिदेश उडछु भनेर गरेको अन्तिम तयारीमा डैडीसँग बसेर हल्का ड्रिन्क्स गरेको हो मैले । बिदेश आएपछि कहिले पनि यसमा डुब्न मन लागेन । डैडीले भनुभएको छ, तपाईं आएपछि एकपटक फेरि गेट टुगेदर हुने है । फेरि मेरो स्वदेश फर्किने समय पनि नजिक छ । बरु स्वदेश गएपछि एक पिउने बाचा गरेको छु पोखराको डैडी भिम बहादुर बाटाजु सँग ।

बिहान उठेपछी समय नियाले । एकदम दु:ख लाग्यो । जिन्दगीको पहिलो निद्रा म १५ घण्टा सुतेको थिएँ । कसैको खुशीमा पिएर आफ्नो समय नस्ट भएकोमा पछुतो लाग्यो । फेरी आजको योजना पनि निकै ढिला भयो, युनिकोड खोजीको पहल । मलाई फेरी धैरै सुत्नुपर्‍यो भने दु:ख लाग्छ किनभने जबदेखी मैले पढेको थिएँ । अहिले निदाएर समय नफाल । केही गर निदाउनको लागि भगवानले सबैलाई प्रसस्त समय दिएको छ, आनन्दले निदाउनको लागि । त्यो बेला तिमीलाई कसैले बिरोध गर्ने छैन्, मस्तले निदाउन पाउन्छौ । त्यो आत्मसात गर्देछु आजको मितीसम्म तर हिजोको दिन खेर गयो ।

सबैकाम छोडेर फेरी युनिकोड खोजको एजेन्डा लिएर कम्प्युटरमा बसे । पहिलो प्रयास सागर श्रेष्ठको सुखद जवाफको आशामा मेल हेरे । कुनै खबर छैन् । लौ भएन भनेर साहित्य संसारको मित्रलाई पत्र लेखन तयारी गरे । अब त्यो भन्दा पहिला युनिकोड सर्च गर्छु भन्दै गरे । बिकल्प आयो । युनिकोड नेपाली भेटियो । खोले युनिकोड नेपाली कनभरटर रहेछ । केही शब्द लेखे । आयो युनिकोडमा । अरे नामसम्म लेखे तर सबै कहाँ यसरी आउन्छ ? आफुलाई सोधे र गर्दे गएँ । लेख्दै गएँ । जब तीन, चार लेखे र हेरे । लौ लेखिन्छ कि कसो जस्तो भयो । लेख्दै पनि गएँ । सजिलोको लागि लेखी रहँदा बक्समुनि बिस्तारे हिडिरहेका शब्दहरुले मेरो साथ दिइरहेको थियो जो निर्जिब छन् । अब लेख्दै जाँदा निकै लेखेछु । जब मनका र हिजोको अनैक ब्याकुल लहरहरु उतारे । मन हल्का भयो । उठे देखी केही खाएको थिएन । भोक पनि लाग्यो । मेरो युनिकोड लेखन पनि फेला पर्‍यो । अनि अब लाग्दै थियो । हिजो जे भयो राम्रो भयो । हप्ता दिनको बेठेगान निद्रा हिजोको लतमा पुरा भयो । आज जे भयो त्यो पनि रामै भयो । आज आफ्नो एजेन्डा पनि पुरा भयो । पक्का रहेछ संसारम केही पनि असम्भव छैन् । प्रयास जरुरी रहेछ । अनि सफलताको स्वाद पनि मिठो हुने रहेछ । आजको यो प्राप्ती र प्रयासको पहिलो दर्सक म स्वयम बनीरहेको छु । अन्तिममा मेरो युनिकोड एजेन्डालाई सहजमार्ग दिने यो सफ्टवेरको निर्माण गर्ने दीपक खनालजीलाई मुरी मुरी साधुबाद दिन भुल्नु भनेको युनिकोड एजेन्डाले दिएको आत्मबिस्वास प्रति ठुलो घात हो ।

अस्तु

पहिलो प्रयासमा गरिएको युनिकोड लेखन प्रति मेरा मनका पाठकहरुले राम्रो प्रतिकि्रयाजनक भुमिका निभाएका छन् । अनि निकै लिन्सहरु पनि दिए । त्यसपछि केही सुधारेर फेरि पोस्ट गरेको छु । मित्रहरु आफै अनुमान गर्नुहोला । कहाँ कति गलत लेखेछु पहिला । मित्रहरुको सहयोग र साथबाट कहिल्यै बन्चित हुन नपरोस् ।
www.subin.wordpress.com

subin.photojournalist@gmail.com

ब्लग ब्यस्तता, युनिकोड एजेन्डा र १५ घन्टे निद्रा was last modified: February 5th, 2009 by subin

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *