बिलौना

Posted by: santosh

प्रेमी
न सक्छौ तिमि मुटुबाट मलाई निकाल्न
न सक्छौ त्यो मुटु झिकेर नै फाल्न
न सक्छौ तिमि मेरो माया सम्हालेर पाल्न
न सक्छौ तिमि आफ्नो जीवनसाथी नै बदल्न

प्रेमीका:
निकाल्न खोज्दा पोखिएर कसैले देख्छन कि भन्ने डर
मुटु नै कसरि झिक्नु र, शरिर नै अर्द्ध होला भन्ने डर
पालेर राख्न खोज्दा घर नै जलेर जाला भन्ने डर
बदल्न त कहाँ सक्छु र यहाँ ममता टुट्ला भन्ने डर

प्रेमी:
मैले त सिकिसकेँ आँसु पिएर बाँच्न
पीडा सबै लुकाएर सक्छु अब त हाँस्न
दिन त सजिलै कट्छ गार्‍हो छ रात काट्न
बिपनामा त अर्कैकि भयौ सपनिमा आउ है भेट्न

प्रेमीका:
तिमिसँग आँखा जुद्धा बदनाम हुने डर छ
कसरी सुकाउनु यी आँखा खाली आँसुकै घर छ
रातको त के कुरा खाली तिम्रै सपनामानै टर्छ
बिहानी निशा देख्ने बित्तिकै एक्कासी आँसु झर्छ

प्रेमी र प्रेमीका:
चोखो प्रेम गर्ने सबैलाई हाम्रो समाजमा तिरस्कार नै तिरस्कार छ
ज जस्ले हाम्रो तनमा विजय गरे तिनिहरुलाई कोटीकोटी नमस्कार छ ॥

बिलौना was last modified: December 23rd, 2014 by santosh
 

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *