फेवाताल भर्सेस् नैनीताल

Posted by: sudhir

नारयणि नदिदेखि पश्चिमको बिबिधता संगाल्दै नेपालको पश्चिम अन्तिम सिमा महाकालि नदी पार गरेपछि भारतको प्रमुख पर्यटकिय शहर नैनिताल आउंछ । बनबासा पार गरि हल्दावनी भन्ने ठाउँबाट शुरु हुने पहाडी सडकको सम्भार तथा संरक्षण देखेर नेपालका रुग्ण सदकहरुप्रति दुखः लागेर आउँछ । हाम्रा वीर सहीद बलभद्रको वीरताको ध्वनी प्रतिबिम्बित भइरहेको कुमाउँ, आल्मोडालाइ ताढैबत हेर्दै नैनिताल आइपुग्दा बेग्लै किसिम्को आनन्द आउँछ । फेवाताल भन्दा केहि सानो नैनिताल त्यहांको ब्यबस्थपन शैलीले मात्रै फेवाताल्लाइ पछाडी पार्न सफल भएको छ । नत्र अरु सबै कुराहरुमा फेवाताल र नैनितालबिच केहि फरक छैन । तर पोख्रेलिहरुले नैनितालनाट सिक्नुपर्ने कुरा धेरै छन ।

कुनैबेला पर्यतकहरुको घुइंचो रहने पोखराको लेकसाइड क्षेत्र अहिले सुनसान छ । त्यसबेला मध्यमस्तरका नेपलिलाइ लेकसाइडका होतल ब्यवसायीहरुको ब्यवहारका कारण लेकसाइडमा बसेर पोखरा घुम्नु ठुलो हाउगुजी थियो । तर तिनै होटल अहिले निम्न स्तरक नेपालीहरुलाइ पनि बिभिन्न प्याकेजहरु दिएर आकर्षणको प्रयास गरिरहेका छन । तर नैनितालमा जस्तो सुकै परिवर्तन भएपनि त्यहाँका व्यवसायीहरुले अहिले पोहखराका व्यवसायीहरुले जस्तो हविगत व्यहोर्नुपर्ने छैन । त्यहाँ आन्तरिक पर्यटनलाइ बढावा दिइएको छ । विशेष गरी दिल्लीका स्कुले केटाकेटी, ग्रिहिणी र व्यवसायिहरुले छुट्टी मनाउने पहिलो रोजाइमा नैनीताल नै पर्दोरहेछ । नैनीतालका व्यवसायीहरुबाट आन्तरिक पर्यटकहरुलाइ पनि पर्याप्त सत्कार दिइँदोरहेछ । त्यसैले होला त्यहाँ विदेशीहरु भन्दा स्वदेशी पर्यटक नै बढी मात्रामा देखिए । नैनीतालमा लाइन लागेर रिक्सा चढ्नुपर्ने र यात्रु बोकेर भ्याइनभ्याइ भएका भाडाका ट्याक्सीहरुको चहलपहल देख्दा पोखरामा यात्रु कुरेर बसेका तक्सीहरुको सम्झना आउँछ । लाग्छ हाम्रा विद्वान्हरुले आफ्नो सोच कितबमा उनतर्ने भन्दा कुनै काम गर्न नसकेको देखिंछ । मैले मेरो पालामा यति गरेँ भन्दा पनि अब के गर्न सक्छु भन्ने सोचको बिकास हुनु जरुरी छ । पोखराका होटल व्यवासायीहरुले पनि डेभिज फल्स्, महेन्द्र गुफा, शांति स्तुपा, सरांग्कोट, र अन्य मथिल्लो भेगका रमणीय स्थानलाइ पनि नैनीतालको जस्तो नैंनीताल भ्यू, माउंटेन भ्यू, लभर्स प्वाइंट, सुसाइड प्वाइंट, चाइना गेटको जस्तो नाम दिएर घुमाउने प्याकेज ल्याएको भए यहाँका भादाका ट्याक्सीहरुले पनि रम्रो कमाइ गर्दा हुन । साथसाथै त्यतातिरका सामाजिक, आर्थिक बिकासमा पनि महत्त्वपूर्ण भुमिका खेल्थ्यो होला । फेवातालको तालबाराही मन्दिरको सम्झना नैनीताल पारीको मन्दिरले मेटाउँछ तर फेवातालमा जस्तो देखिने माछापुछ्रे हिमाल्को सौन्दर्य खट्किरहंछ । जे जस्तो भए पनि पोखराको फेवातालको नैनीतालसंग कुनै तुलना छैन तर पोखरेलीहरु यति प्राक्रितिक सम्पदाको धनि भएतपनि व्यवसयिक बिकसमा शिथिलता आउनु ठूलो दुर्भग्य हो । यसको लागि बाह्य पर्यटकको भुमिका आफ्नै ठाउँमा भएपनि अब आंतरिक पर्यतंलाइ बढावा दिने बेल भएको छ । लेक्साइड गोराहरुको मात्र होइन, त्यहाँ पोखरा बहिरबाट गएका नेपालीहरुले पनि रमाउन पाउनु पर्दछ । आशा गरौँ पर्यतन व्यवसायको लामो अनुभव भएका पोखरेलीहरुमा चाँडै यो चेतना आउनेछ । नेपली संस्क्रितिमा भर्खरै देखिन थालेको परिवारसंग छुट्टि मनाउने संस्कारको बिकास हुन थालेको अवस्थामा यस्ता पर्यतकीय र रमणीय स्थानहरुले बिभिन्न प्याकेजहरु ल्याएर नैनीताल र दर्जिलिंगसम्म पुग्न नसकेका लाखौँ मध्यमवर्गीय नेपालीहरुको पर्यतकीय केन्द्रल्को रुपमा पोखराले उदहरणीय रुप लिनेछ ।

फेवाताल भर्सेस् नैनीताल was last modified: December 23rd, 2014 by sudhir
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *