दोहा दुर्घटनामा तीन नेपालीको मृत्यु

Posted by: EverestUncensored Correspondent

दोहामा मंगलबार विहान भएको एक बस दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा श्री शान्तीचोक शिवमन्दिर झापछौर ३ गुल्मी निवासी यामबहादुर हमाल, कटुन्जे हसारे धादिङ्ग निवासी सोमबहादुर गुरुङ्ग तथा बाग्लुंगका थापप्रसाद सापकोटा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै नेपाल कतार डट कमले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जनाको पनि मृत्यु भएको छ । ५० जना भन्दा बढी घाईते मध्ये एक जना नेपाली सहित दुई जना बाहेक अन्यलाई उपचार पछि घर फर्काईसकेको बताईएको छ । घाईते हुने नेपालीको विवरण प्राप्त भएको छैन ।

बस मिडम्याक कन्ट्राक्टीङ्ग कम्पनीका कामदारहरु लिएर गईरहेको बेला ट्रेलर ट्रकले ठक्कर दिंदा सल्वा रोडमा दुर्घटना भएको थियो ।

दोहा दुर्घटनामा तीन नेपालीको मृत्यु was last modified: August 27th, 2007 by EverestUncensored Correspondent
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *