गज़ल

Posted by: Mabi Singh

भरे नियत बिगारि कठोर हुन सक्छु !
तर अहिले बिश्वस्त जोर हुन सक्छु !

पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरी फोहोर हुन सक्छु !

फलामै भैसकें या आकारको उग्र आशा,
पोलिदा अझ हर्षले बिभोर हुन सक्छु !

लुकीछिपी गर्दाको मीठो अनुभब छ ,
मौका दिने बित्तिकै चोर हुन सक्छु !

हांक र हिसाबहरुका हेक्का हूंदा हुंदै
कहिले धेर कहिले थोर हुन सक्छु !

गज़ल was last modified: December 22nd, 2014 by Mabi Singh
 

Blog Comments

  1. dovan

    तिमिले देख्ने विश्नुको मुकुन्डोभित्र
    वास्तवमा एउटा नामूद मुर्तीचोर हुन सक्छ ।

    अग्ला पर्खालभित्रको गुलाबि महल पनि
    षड्यंत्रको कलङ्कित कालो ख़ोर हुन सक्छ ।

    दबिएका झिना आशा अनि निराशा
    परिवर्तनका बेजोड स्वर हुन सक्छ ।

    विद्रोहका सानातीना खहरे पनि
    एकक्रित हुदा साच्चै घनघोर हुन सक्छ ।

Post Your Comments:

Your email address will not be published. Required fields are marked *