गजल 7

Posted by: Mabi Singh

यो पूरानो एउटा

मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ?
छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ?

म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो,
हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक !

संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै,
ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक !

आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै,
अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?

न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको,
बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध “शिरिष” बाहेक !

बष्टन
०७/०८/०५

गजल 7 was last modified: December 22nd, 2014 by Mabi Singh
 

Post Your Comments:

Your email address will not be published. Required fields are marked *