के भो!

Posted by: chupchap

चकमन्न टकटकाहट बीच
मझेरीमा टोलाउदो मेरो आँखा
मनको तिक्ततामा झनै पातीको स्वाद थप्दो
यो टन्टलापुर झरिको तप – तप!
के भो!

“बुझि नसक्नु
बाच्नुको परिदृश्य
टन्टलापुर झरि”

सोचाईमा दिन बित्यो,
रात झनै यता उता
ठेगाना खोज्दा तिम्रोनै
बित्छ सांझ बिहान,
के भो!

पानी चुहिने मझेरीमा – छताछुल्ल – मेरो सपना
नीदनै नआइ तिम्रो तस्वीर
किन आयो यो मासपटलमा
के भो!

जति बित्छ दिन, त्यति मेरो नीद
सुन्य र फेरि सुन्य
के भो!

के भो! was last modified: August 1st, 2009 by chupchap
 

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *