कहु वस्ताद, ठीकै बोलै छी न – 3

Posted by: Gunaraaj

सबके दिमाग ‘डलर’ ने ग्रस्त करलेलेछी -

हेलो विवेकजी ! के छ हालचाल – साच्ची तपाईको छोरा पढ्न जाँदैछन् रे हैन – मेरो छोराले हैरान पारिरहेको छ । कैले कता जाने ट्याक्कै भिसा पाइन्छ रे भन्छ कैले कता ! ए बाबा, यहीं पढ् न, विदेशबाट त यहाँ पढ्न आउँछन् भने तँ अन्यत्र जाने कुरा नगर भनेको, मान्दै मान्दैन । यहाँ आफ्नो आन्द्रा भुँडीको लेखाजोखा घर, जगा, बैंक ब्यालेन्स, आम्दानी, तेस्को श्रोत, मोटर, ट्रक आदि इत्यादि र अनि त्यो अनुसार कर तिरेको छ छैन – आदित्यादि सम्पूर्ण खुलासा गराउँदा पनि यहीं डल्लिएर बस्नु परेकोले कैयौंको हाल बेहाल भैरहेछ । लौ भिसा पाइन्छ भनेर दौडधुप, जेथा जमानी, कर बुझाउने सम्पत्ति र आयश्रोत नभए पनि एताउताबाट तानतुन पारेर कर बुझाएर लागिपर्दा पनि हिस्स पर्नुपरेको छ भन्ने सुन्नुपरिरहेछ । आफ्नो आम्दानीले पुग्ने यहीं जे जुन विषय पढेर आफ्नो खुबी देखा’न, अनि तेस्ता खुबी भएकालाई स्वतः आफ्नो देशमा गएर केही त सिकाइदिनुस् भनेर तिनै भिसा नदिने विदेशी नै घरैमा लम्पसार पर्न आउँछन् भन्छु तर यी अचेलका केटा भने तेसै पनि विज्ञापन हेरेकै भरमा दौडिरहेछन् ! म त दिक्क भैसकें । ऐलेसम्म भीसा निम्ति सयौं दर्खास्त र फाराम भरेर कैले कुन दूतावास कैले कुन दूतावासमा बुझाइसकियो भन्या ।

- हाँ हाँ आहाँके भाग दौड मैने भी बहुत दिनोंसे सुनरहलेछी । पर दर्शन कभि-नमिल्लै आहाँ के । खैर ओ वात छोड देद । मेरै वेटाको मैने कहूँ नभेजली, केवल स्टर्ण्र्डड किसिमके कलेज यहींके यिने गिनेवाला में दाखिल करलेली । बस अव तो येहे वरष मे ड्रि्रीस्तर हासिल करलैछी । मैने तो पहले हि १/२ यिनेगिने लगनशिल विद्यार्थिको उदाहरण दिखाअवा के फिर फढ्कार के, फिर बुझाके कलेज करादेल्की, बस अव तो ओहे समझगेलै कि वास्तवमें प्रतिभाशाली विद्यार्थी के लिए अपने देशके कालेज, विश्वविद्यालय से विषयगत हिसाव मे उच्च ड्रि्री हाँसिल करे सकैछी । अब आहाँ भी अपने वेटेको मेरे वेटासे भेट कराके वास्तविकता पर उतार दे सकैछी २/४ दिन घरपर आएगेलैछी, उन दोनों आपसमे वातउत करतैतो जरुर समझे जाइछी ।

- हो साँच्चै हो । भरे नभएर भोलि नै तपाईको घरमा लेर आउँछु । फेरि ऐले हेर्नुस न! के हो डिभिडी हो कि इडिभी भनेर लागेको छ । यो हल्लाले एकातिर केटा केटीहरूमा विदेश मोह हृवात्तै बढाएको छ त्यहाँ गएपछि त जस्तै स्वाँठ पनि पढैया, ड्रिग्रीवाला होइने र गएको भोलिपल्टदेखि डोकाका डोका डलर थुपार्न पाइने भ्रमपूर्ण वेवकुफिमा फसिरहेछन् हाम्रा युवा पुस्ता । जबकि त्यहाँ गएर निम्नस्तरको काममा ८/१० घण्टा जोतिइरहनु पर्ने, विदेशीले गरेको अपमान सहनुपर्ने, महंगीको मार खप्नुपर्ने घर परिवार देशबाट विमुख हुनुपर्नेतिर भने कुनै मतलबै छैन । विदेशीले आफूलाई जोत्न नारेको गोरु, गाडा तान्न नारिएको गोरुलाई गरे जस्तै व्यवहार गर्छन् भन्नेतर्फआँखा चिम्लेर उतैमात्र हाम्फाली रहेछन् । म ता यसो सम्झन्छु हामीले पढेको ‘नाककट्टा’ को कथा झैं पो लाग्दैछ हाम्रा जोश र जाँगर भएका युवाहरूको दशा त । यौटा नाक काटिएको वलाव मान्छेले ‘नाक काटे’ इश्वरको दर्शन पाइन्छ तेसैले मैले नाक काटेको भन्दै अरुको नाक कटाउँदै, अब नाक काटी त हालियो आफ्नो इज्जत बचाउन- ‘हो प्रत्यक्ष इश्वरको दर्शन पाएँ, कुरा पनि गर्न पाएँ’ भनेर हजारौं हजारको नाक कटाए झैं- विदेश गएपछि त ‘क्या मोज, डलरको खेती’ को भन्ने भूठो डंका पिटाएर परजीवी बनाउन लागिपरेका छन् मान्छेहरु ।

- वास्तवमे आहा ने सच्ची वात कहलेली । पर कि करे सकैछी ! हो… जो सत्यवात छी, उन सत्य वात उत दुसराको दिखा समझाकर, विदेशमें हमरे वेटों सवके दुःख हैरानी अपमान आदि सम्बन्धमें छपा समाचार एकत्रित कर, फिर विदेशों वैठे वेटों वेटीयों से सत्य तथ्य वात प्राप्त कर प्रचार प्रसार वात उत चलाएके पततैं येहे काम से कुछ तो देशका सेवा, कुछ तो समाजका सेवा, कुछ जवान युवा युवतीका भ्रमनिवारण हो सकैछी की ! पर आवहवा ऐसन जोर पकडले हो कि हमरे इस वातको बहुत कम लोग समझ जाइछी । सबका सब विद्वान प्राध्यापक, शिक्षक, उच्च पदस्थ लोग सवके दिमागमें ‘डलर’ ने ग्रस्त करलेले छी ! कहू वस्ताद ठीकै बोलै छी न !

कहु वस्ताद, ठीकै बोलै छी न – 3 was last modified: September 26th, 2007 by Gunaraaj
 

Blog Comments

  1. LAVA KAFLE

    ho ho tapaile bhannu bhaako saacho ho. Tesaile ma pani bideshine bicharko khilaf maa chhu. Hami nepali nepal mai basera ramro kaam garera paisa kamauna sakchhaun. Dollar kamaune udhyog dhanda yehi kholna sakchhaun, khali chhainchha Dimakh, naulo sochhai, ra unnat mastiska.
    Tapai mero Dai hunu bhayo, hamro surname mildo juldo rahechha, ra, sochai pani. Dollar ka sapana dekhne haru dherai nahak maa mariyeka chhan, deslaai lulo langado banayera apahich banayera aafu sundar sapana batulera hideka chhan. Dai, Nepal maa kaam garna laaj hune dhal/Phohor ..je pani bahira garchhan. Nepali ko baddappan prabirti le mareko chha nepal laai.

Post Your Comments:

Your email address will not be published. Required fields are marked *